• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महिला हिंसा बढेपछि कुरुप बन्न खोपिन्थ्यो \'ट्याटु\'

64x64
नेपाल लाइभ बिहीबार, चैत ७, २०७५  १२:००
1140x725

जनकपुर- महिलाहरुप्रति हिंसा बढ्दै गएपछि मध्यकालमा त्यसबाट सौन्दर्य बढाउने खालका नभई कुरुप बनाउने शृंगारका रुपमा प्रचलित थियो, गोदना। अहिले त्यही गोदना आधुनिकतासँगै ट्याटुको रुपमा प्रयोग भइरहेको छ। ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रका युवायुवती समेत ट्याटुमा लोभिन थालेका छन्। 

गोदनामा छालामा छिद्र जस्तो पारेर नीर वा कोइला हालेको पानीमा डुबाइएको सियोले खोपेर शरीरमा विभिन्न चित्र, नाम र बुट्टा बनाउने गरिन्छ।

गोदनाको प्रसंगमा मिथिलामा अनेक अवधारणाहरु पाइन्छ। कामुक राजाबाट बच्नका लागि गोदनाको सुरुवात भएको इतिहास छ। तत्कालीन राजाहरुबाट आफ्ना छोरी, बुहारीलाई बचाउन यस परम्पराको सुरुवात गरिएको संस्कृतिविद् लालबाबु झा बताउँछन्। 

मिथिलामा गोदनाको परम्परा
गोदना मिथिला जस्तो निर्धन क्षेत्रमा नारीको लागि सस्तो र सर्वसुलभ शृंगारको साधानको रुपमा रहेको पाइन्छ। गोदना बनाउने बेलामा निकै पीडा हुने गर्छ। दुखाइको पीडा कम गराउन आकर्षक लोकगीतहरु पनि गाउने चलन पनि छ। मिथिलामा गोदनाका क्रममा यस्ता गीत गाइन्छ–

‘गोरी कहाँ गोदौला तोहुँ गोदना
बहियाँ गोदौलो, छयियो गोदौलो
पियाके पलङ्ग पर रोदना
गोरी कहाँ गोदौला तोहँ गोदना।’

अर्थात्, प्रियकहाँ गोदना बनायौं, यता प्रेमीलाई कष्ट भएको छ।

गोदनाको बेला सिर्जित पीडालाई कम गराउन मुख्य गीतको ध्येय हुने भएकाले यस्ता गीतले गोदनाको असह्य पीडालाई प्रेमीको मिठो सम्झनामा लिन गर्न गरेको यो गीतले पनि स्पष्ट पार्छ–

‘जान, वइसि रे गेलइ चन्दन बिरिछिया रे जान
घरसँ बाहर भेली सुन्दरीपुतहुवा रे जान
जान, हमहुँ सासु गोदना गोदवए रे जान
बाँहिया गोदनके पुतहुँ सोनेके कङ्गनमा रे जान
जान, छतिया गोदनके तोहरो ललनमा रे जान।।’

Ncell 2
Ncell 2

गोदना स्मृतिका लागि पनि गरिने परम्परा रहेको छ। आफ्नो प्रिय व्यक्तिको रुपमा गोदना गर्ने परम्परा पनि देखिन्छ। त्यस्तै, धार्मिक व्यक्तिहरुले समेत आफना पुजनीय देवताहरु राम, कृष्णा, हनुमान्,दुर्गाका आकार तथा भक्तिपद गोदनाद्वारा अंगमा अंकित  गराएको पाइन्छ।

गोदना अंगमा गरिने भएकाले यसलाई अंगलेखन पनि भनिन्छ। हुन त यसको प्रारम्भका सन्दर्भमा निश्चित तथ्य अहिलेसम्म फेला नपरे पनि यो एउटा कला भएकाले कलाको विकाससँगै यो विस्तारित भएको र कलान्तरमा यसलाई केही समूहद्वारा व्यावसायिक रुपमा अङ्गीकार गरेको अनुमान गरिन्छ।

आधुनिक सुविधा सम्पन्न युगमा यो कष्टकर परम्पराबाट कतिपय समुदाय विमुख भएको पनि पाइन्छ। तथापि आदिवासी क्षेत्रमा अहिले पनि जीवित देखिन्छ।

कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तहको महत्वपूर्ण हात हुन्छ। जसले सम्पूर्ण जीवनशैलीलाई एउटा निश्चित धारतिर डोर्‍याइरहेको यथार्थलाई पनि गोदनाको अवधारणाबाट बुझन सकिने कुरा यस गीतले प्रस्ट पार्छ–

‘गोर देहमे गोदना
कारी देहमे गहना’

अर्थात्, गोरो जिउ वा कालो जिउमा गोदनाले मानवद्वारा निर्मित मानवीय स्वभावको दिग्दर्शनको बोध गराउँछ।

यसका अतिरिक्त मिथिलामा गोदनाको पृष्ठभूमिमा एउटा अर्को भनाइ पनि प्रचलित छ। डोम जातिका युवतीहरु मुगल सम्राटहरु (मुश्लिम) तथा अन्य शोषक सामन्तहरुको सिकार हुनुपर्थ्यो। तिनीहरुबाट बच्न डोमहरुले सुँगुर पालन गर्ने र गोदना बनाउने कामको थालनी गरेको भनिन्छ। सुँगुर पालेका कारण मुश्लिमहरुले घृणा गर्ने र गोदनाको कारण कुरुप देखिने हुँदा तिनीहरुप्रति आकर्षण नहुने डोमहरुको सोच बन्यो। पछि गएर गोदना शृंगारको रुपमा विकसित भयो।

गोदनाका प्रसंगमा मिथिलामा एउटा यस्तो अवधारणा पनि छ कि यो एउटा पवित्र गहना हो ‘जुन मृत्युपश्चात् सबै आभुषण मृत्यु भुवनमा रहे पनि गोदनासँगै जान्छ।’

'जसको शरीरमा गोदना हुन्छ, त्यो स्त्री पतिको अत्यन्त प्रिय हुन्छ र स्त्रीले पतिबाट अधिक प्रेम पाउँछिन् भन्ने अवधारणासमेत छ,' संस्कृतिविद् लालबाबु झा भन्छन्। स्त्रीहरुले मिथिलामा प्राचीनकालदेखि नै यसलाई स्थायी शृंगारका रुपमा स्वीकार गरेका कारण गोदना घोच्नेहरुको पेस नै चलेको उनले बताए।

मिथिलाञ्चलमा आदिवासी जनजाति समुदायमा गोदना ज्यादै लोकप्रिय छ। विशेषरुपले थारु, दुनुवार एवं अन्य स्त्रीगणमा यो प्रथा अधिक देखिन्छ। गोदनाका सन्दर्भमा आदिवासी जाति जसको अंगमा जति गोदना हुन्छ, त्यो स्त्री उति नै साहसी र निर्भीक हुन्छ भन्ने धारणा रहेको छ।

यसका साथै गोदनाले सौन्दर्यवृद्धि र ऐश्वर्य वृद्धिसमेत गर्छ भन्ने अवधारणाका कारण कुमारीले पनि गोदनालाई शृंगारका रुपमा स्वीकार गरेको वयोबृद्ध शिक्षाविद् रमापति चौधरी बताउँछन्। 'गोदना आदिमकालमा एउटा शृंगार प्रसाधन भएकाले गोदनाका क्रममा अधिक कष्ट भए पनि यसको आकर्षणबाट टाढा नहुने चाहनामा कमी आएको छैन,' उनले भने।

हुन त आधुनिकताको चपेटामा लोकजीवन परे पनि गोदना शृंगारका रुपमा अहिले विश्वव्यापी रुपमा ट्याटुका रुपमा सौन्दर्यको प्रतीक बन्न पुगेको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न शनिबार, फागुन ९, २०८२
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
वृद्धमाथि सडकमा हातपात गर्ने पारस बमलाई सात दिन म्याद शुक्रबार, फागुन ८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्