• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मीनाको छलाङ : पलेँटीदेखि ठमेल बजारसम्म

64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  ०९:१७
1140x725

काठमाडौं– पलेँटी सुरु भएको करिब २ वर्ष पुगेको थियो। 

संगीतकार आभास हरेक शृंखलामा नयाँपन दिन चाहन्थे। त्यसैले उनी एकदिन भारतको मणिपुरतर्फ लागे। मणिपुरका थुप्रै गायक नेपालीभाषी थिए। र, त्यहाँका चर्चित गायकका लोकप्रिय गीत नेपाली भाषाकै थिए। 

आभासले सोचे, 'यहाँका गीत नेपालसम्म पुर्‍याऔं।' 

पुर्‍याउने माध्यम थियो, पलेँटी। 

यसैक्रममा उनको भेट गायक सन्तनुकुमार लिम्बुसँग भयो। मणिपुरमा सन्तनुकुमारको मञ्जरी ब्यान्ड थियो। यही ब्यान्डमार्फत संगीत साधनामा जमिरहेका थिए उनी।

त्यहाँ मञ्जरी समूहले विभिन्न प्रस्तुतिहरू गरिरहन्थ्यो। आभास यिनै प्रस्तुतिहरूबाट प्रभावित थिए।

आभासले सन्तनुकुमारलाई नेपाल डाक्ने सोच बनाए। र, आग्रह पनि गरे। 

सन्तनुकुमारले उनको आग्रह स्वीकार गरे। र, आभाससँगै नेपाल आए।

Ncell 2
Ncell 2
nimb
nimb

पलेँटीको नयाँ शृंखला सन्तनुकुमारको आवाजले धान्नुपर्ने थियो। तर, उनी एक्लैलाई त्यो असम्भव जस्तो लाग्यो। उनले आभाससँग कुरा गरे। 

आभासले भने, 'उतैको मान्छे कोही खोज्नुहोला।' 

त्यसपछि सन्तनुकुमारले मणिपुरमा आफूसँगै काम गरेको भान्जीलाई सम्झे। तिनै भान्जी एक वर्षअघि बिहे गरेर नेपालमै भित्रिएकी थिइन्। 

उनले आभासलाई भने, ‘एक जना मेरो भान्जी छिन्। उनी मणिपुरकी चर्चित गायिका हुन्। अहिले बिहे गरेर यतै आएकी छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनलाई बोलाउने दुवैको सल्लाह भयो। सन्तनुकुमारमार्फत ती गायिका पलेँटीमा आइन्। र, नयाँ शृंखलामा उनले सन्तनुकुमारलाई साथ दिइन्। 

यता प्रायले नसुनेका। मणिपुरका लोकप्रिय गीत दुई आवाजमार्फत गुञ्जिए।

सन्तनुकुमार त परिचित थिए नै। उनीसँग गुञ्जिएको अर्को आवाजले भने नेपालयलाई तान्यो। पलेँटीमा आउनेहरूलाई मन्त्रमुग्ध बनायो। 

चम्किलो अनुहार र असाध्यै मीठो स्वर। ती गायिकालाई पुनः पछ्याउने भयो नेपालयले। उनी पलेँटीमा दोस्रो पटक पनि देखा परिन्, उस्तै मिठो र सुरिलो आवाज लिएर।

र, निरन्तर नयाँ शृंखलाहरूमा क्रमशः गुञ्जिन थालिन्। 

उनको लोकप्रिय आवाज संगीतप्रेमीहरूका लागि परिचित हुन थाल्यो। त्यही परिचित आवाज अहिलेसम्म पलेँटीसँग जोडिएको छ। 

उनी हुन्, मीना निरौला। जो १२ वर्षदेखि पलेँटीसँगै छिन्।

पलेँटी आउनुअघि मीनालाई लाग्थ्यो– मैले संगीतबारे निकै बुझेको छु। तर, पलेँटी आइसकेपछि उनले अनुभूत गरिन्– संगीतमा मेरो भर्खर सुरुवात रहेछ। 

हरेक शृंखलामा उसैगरी मुस्कुराउँछिन्, पलेँटी मार्छिन् र आधा आँखा चिम्लँदै कालजयी गीत गाउँछिन्। उनका आवाज जो कोहीको अन्तस्करणमा पुग्ने गर्छ।

भन्छन्–१२ वर्षमा खोला फर्कन्छ। मीना पनि १२ वर्षदेखि विलिन हुन लागेका पुराना स्रस्टालाई फर्काउने प्रयत्नमा छिन्। उनीहरूका गीत ब्युँताउने अभीष्टमा छिन्।

अघिल्लो महिनामा भएको पलेँटीमा उनले शान्ति ठटाल र नेपालको पहिलो गायिका मेलवादेवीका गीत गाइन्। 

झन्डै बिर्सिइसकेका तर सदाबहार स्वरका धनी यी पुराना गायिकालाई धेरैले सम्झे। केही समयको अन्तरालमा भएको यसपालिको पलेँटीमा मीनाले ठूलै कसरत गरिन्।

लगातार ३ दिनसम्म १८/१८ वटा गीत उनी एक्लैले गाएकी थिइन्। मेलवादेवीको ‘सवारी मेरो रेलैमा’, शान्ति ठटालको ‘सम्हालेर राख’ र तारादेवीका 'फूलका थुंगा' लगायतका एक से एक गीत।

‘निकै गाह्रो भयो। झन्डै बिमारी भइनँ,’ उनी लामो श्वास फेर्दै सम्झन्छिन्।

नेपालयले यति ठूलो विश्वास गरेको रहेछ उनलाई। त्यो सम्झेर मीना फुरुक्क हुन्छिन्। मीनाले यो विश्वास कायम गर्न ठूलै पहाड फोड्नुपरेको छ। उनी मुस्कुराउँदै भन्छिन्, ‘यो सानो दुःखले आर्जेको विश्वास हैन।’

सुरुमा पलेँटीमा आउँदा मीना अन्जान थिइन्। उनका लागि सबै बिराना थिए। बिहे गरेपछि झन्डै दुई वर्ष त उनी संगीत साधनाबाट टाढा रहिन्।

एक्कासि, प्रस्तुतिको लागि मामाले बोलाउँदा द्विविधामा परिन्। उत्साह जीवित थियो मनमा। उनी गइन्।  

कम्पोजको बेला अनुहारमा डर पोतिएका थिए। यद्यपि, उनलाई मामाको आड थियो। उहाँलाई एक दुई वटा गीतमा मात्र सहयोग गर्नुपर्दथ्यो। 

मामासँग मणिपुरी  गीत गाइन्। 

पहिलो प्रस्तुति त सकियो। 

त्यसपछि...

त्यसपछि पनि उनले पलेँटीमा गाउनुपर्ने भयो। 

मामा मणिपुर फर्किए, अब जिम्मेवारी बढेर आयो। पहिलोपल्ट गाउँदासम्म ‘पलेँटी’ भनेको थाहा थिएन उनलाई। अब बुझ्न धरै लाग्यो। 

चुनौती थुप्रै थपिएका थिए। सिनियर कलाकारसँग लाइभ गाउनुपर्ने, त्यसमाथि आफ्नो होइन अरुकै गीत। सानो कमजोरी पनि सहजै पत्ता लाग्न सक्थ्यो।

पलेँटी आउनुअघि मीनालाई लाग्थ्यो– मैले संगीतबारे निकै बुझेको छु। तर, पलेँटी आइसकेपछि उनले अनुभूत गरिन्– संगीतमा मेरो भर्खर सुरुवात रहेछ। 

पलेँटीमा आएपछि उनले थुप्रै उस्तादसँग संगीत बुझ्ने अवसर पाइन्। अम्बर गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान, शान्ति ठटाल, सिके रसाइली, किरण प्रधान लगायतका धेरै अग्रज उनका मानक भएर आए। 

तीमध्ये अम्बर गुरुङ र फत्तेमान त अहिले सम्झनामा मात्र छन्।

‘कस्तो रह्यो उहाँहरूसँगको सहयात्रा?’

ती लिजेन्डहरूसँग मीनाको अनुभवबारे केलाउन चाहेँ। 

सामन्नेमा बसिरहेकी मीनाको अनुहार गोधूलिजस्तै देखियो।

पीडा र खुसीका दुवै भाव आँखामा नाचिरहेका थिए। 

बच्चाजस्ता ‘अम्बर सर’ 

‘अम्बर सर बच्चा जस्तो हुनुहुन्थ्यो,’ मलिन हाँसोमा उनी सम्झन्छिन्, ‘कहिल्यै गाली नगर्ने, माया गरेर संगीत सिकाउने। निकै सरल हुनुहुन्थ्यो।’

सुरुमा अम्बर गुरुङलाई भेट्दा मीनामा भय जमेको थियो। भेट्ने आँटसम्म नगरेको उनीसँग सँगै गाउनुपर्ने भयो। मीना खुब आत्तिइन्।

तर, त्यो त्रास लामो समय रहेन। पहिलो बसाइमै मेटियो। निकै माया पाइन् अम्बर गुरुङबाट। 

‘त्यो नै थियो अन्तिम भेट,’ भक्कानिनै लागेको मुटु थाम्दै भनिन् मीनाले, ‘जब सर बित्नुभयो अनिमात्र मलाई फिल भयो उहाँ यति महान् हुनुहुँदो रहेछ।’

२५ जेठ, २०७५। अम्बर गुरुङले धरती छाडेका थिए। त्यसदिन मीनाले आफ्नो अभिभावक गुमाएको महसुस गरिन्। 

उनीसँग रहँदा आफू कहिल्यै नर्भस हुनु नपरेको मीना सम्झन्छिन्। ‘तिमी राम्रो गाउँछौ, तिम्रो भोकल राम्रो छ’ भनेर अम्बर गुरुङले उत्साह भरिदिएपछि उनको हौसला बढ्यो। 

बिस्तारै नजिकिएको त्यो सम्बन्धले मीनालाई अभिभावकत्व प्रदान गर्‍यो। 

बेलाबखत ‘बच्चा जसरी’ जिस्किरहन्थे अम्बर मीनासँग। मणिपुरी गीत ‘सुनाऊ’ भन्थे मीनालाई। उनी गाएर सुनाइदिन्थिन्।

अनि उनी पनि बेला बेलामा भन्ने गर्थिन्,‘सर तपाईंको स्वरमा एउटा गीत सुनौं न!’

‘अम्बर सर’ सजिलै गुन्गुनाइदिन्थे। 

ठूलो कहिल्यै नहुने ‘ती ठूला मान्छे’सँग मीनाले निकै संगत गरिन्।

‘अम्बर सर’सँगका केही अविस्मरणीय घटना छन्, तीनले सधैं मीनालाई नोस्टाल्जिक बनाउँछन्।

पलेँटीको वार्षिक उत्सव थियो। त्यसदिन मीना र ‘अम्बर सर’ लाइभ गाउँदै थिए। गीतको लिस्टमा युगल गीत थिएन। ‘अम्बर सर’लाई ‘टिप यो जोवन’युगल गीत गाउने चाहना रहेछ।

उनले मीनाको कानमा खुसुक्क भने, ‘मीना त्यो डोएट सङ तिमी र म गाऔं न। आभासलाई भन न।’ 

मीना मुसुक्क हाँसिन्। अम्बरले आभासलाई भन्न नसकेर मीनालाई भनेका थिए। 

अनि हाँँस्दै मीनाले आभासलाई भनिन्, ‘आभास दाइ। सरले डोएट सङ गाऔं भन्दै हुनुहुन्छ। तपाईंलाई भन भन्नुभएको छ।’ 

आभास पनि मुसुक्क हाँसे र भने– भइहाल्छ नि। 

‘त्यसपछि खुसी हुँदै उत्सवमा युगल गीत गाएका थियौँ,’ त्यो क्षण सम्झँदै मुस्कुराउँछिन् मीना।

‘अम्बर सर’को अन्तिम आँसु 

त्यतिबेला अम्बर गुरुङ गम्भीर बिरामी थिए। उपचार गरेर डेल्लीबाट नेपाल ल्याइएको थियो। नेपालमा उनलाई राष्ट्रिय सम्मान गरिँदै थियो। त्यतिबेला गीत गाउनका लागि उनले मीना र बेनुका राईलाई सम्झिए। ‘यति महान् मान्छेले त्यतिबेला मलाई सम्झनुभयो,’ सम्झेर भावुक भइन् मीना। 

जब बेनुका र मीनाले कार्यक्रममा प्रस्तुति गरे, मीनालाई हेरेर अम्बरले आँखाभरि आँसु बनाएछन्। 

‘उहाँ बोल्न सक्नुहुन्थेन। किन आँसु बगाउनुभयो?’ मीना आफैंलाई प्रश्न गर्छिन्। अनि अनौठो भाव बनाउँदै भन्छिन्, ‘सायद उहाँको आशीर्वाद थियो त्यो।’ 

त्यसपछि निःशब्द हुन्छिन् मीना। 

उनका आँखा रसाउँछन्। केहीबेरको मौनतापश्चात् मैले सोधेँ, ‘त्यसपछि कहिले भेट भयो?

‘त्यो नै थियो अन्तिम भेट,’ भक्कानिनै लागेको मुटु थाम्दै भनिन् मीनाले, ‘जब सर बित्नुभयो अनि मात्र मलाई फिल भयो उहाँ यति महान् हुनुहुँदो रहेछ।’

२५ जेठ, २०७५। अम्बर गुरुङले धरती छाडेका थिए। त्यसदिन मीनाले आफ्नो अभिभावक गुमाएको महसुस गरिन्। 

भन्छिन्,‘मलाई मात्र होइन। सिंगो देशलाई नै उहाँको अभाव खड्किरह्यो।’

राष्ट्रकवि जस्ता फत्तेमान

गायक फत्तेमानसँगको कुरा उप्काउँदा मीना रमाइलो किस्सा सुनाउँछिन्–

'पलेँटीमा गएपछि नै फत्तेमान दाइसँग भेट भयो। मलाई उहाँको गायकी देखेर डर लाग्थ्यो। सुरुमा म उहाँलाई चिन्दिन थिएँ। यसो हेर्दा राष्ट्रकवि पो हो कि जस्तो लाग्थ्यो। त्यतिबेला राष्ट्रकवि माधव घिमिरेलाई मैले देखेको पनि थिइनँ। फत्तेमान दाइलाई नचिन्दा मैले अमृत गुरुङ दाइलाई सोधेँ, ‘दाइ राष्ट्रकवि भनेको उहाँ नै हो?’

मीनाको यो अञ्जान प्रश्नले अमृत गुरुङ हित्का छोडेर हाँसे। फत्तेमानलाई गएर हाँस्दै भनेछन्, ‘मीनाले राष्ट्रकवि उहाँ नै हो भनेर सोध्दैछ तपाईंलाई।’

त्यतिबेला मीना लाजले ‘भुतुक्कै’ भइन्। 

यसरी फत्तेमानसँग नजिक भइन् मीना।

मीना ‘काले दाइ’, ‘ठमेल बजार’ जस्ता आइटम गीतमार्फत् चर्चामा आइन्। तर, त्यो चर्चालाई कतिले उडाए पनि। कतिले भने, ‘आइटम गाएर राम्रो गरिन मीनाले।’

तर, प्रेमध्वजले भने मीनालाई हौसल्ला दिँदै भने, ‘तिमीले एकदमै राम्रो गरेकी छौ। गीत भनेको, आधुनिक, आइटम, पप सबै गाउनुपर्छ। अनि पो अनुभव हुन्छ त।’

भन्छिन्, ‘दाइसँग पनि मेरा रमाइला क्षणहरू छन्। दाइसँग बस्दा उहाँले नानी भनेर बोलाउनुहुन्थ्यो। मलाई त्यो बोलाइ निकै आदरणीय र प्रिय लाग्थ्यो।’

पलेँटीमा उनले फत्तेमानसँग युगल गीत गाइन्।

उनी अर्को रमाइलो घटना सम्झन्छिन्, ‘गीत गाउँदा बीचमा ग्याप हुन्थ्यो। त्यो ग्यापमा म्युजिक बजिरहन्थ्यो। लाइभ गीत नै चलिरहँदा दाइले जिस्कँदै भन्नुहुन्थ्यो, ‘नानी, ल्वाङ खाने?’

त्यसपछि अगाडिका दर्शक ‘गलल्ल’ हाँस्थे। 
 

OOO

भाद्र २५, २०७०। त्यतिबेला मीना मैतीदेवीमा बस्थिन्। उनलाई त्यो दिन अचानक आभासले फोन गरेर भने, ‘मीना फत्तेमान दाइ बित्नुभयो। हामी पशुपति जाँदै छौं। तिमी आउने भए आऊ।’

उनी चकित परिन्। त्यति स्ट्रङ हुनुहुन्थ्यो। बिमारी भएको पनि थाहा थिएन। दुई दिनअघि स्वस्थ भेटेको मान्छे। 

त्यो घटनाले उनी निकै मर्माहत भइन्।

फत्तेमानलाई थर्ड स्टेजकै क्यान्सर भइसकेको रहेछ। 

‘उहाँ अत्यधिक चुरोट खानुहुन्थ्यो,’ गम्भीर भावमा भनिन्,‘ आभास दाइहरूले कथा भनेको सुन्थेँ, ‘उहाँ लुकीलुकी खानुहुन्थ्यो रे।’

पलेँटीले जुराएको सम्बन्ध 

नेपाली संगीतका अर्का धरोहर प्रेमध्वज प्रधान। उनीसँग पनि पलेँटीमा गीत गाइन् मीनाले।

मीना ‘काले दाइ’, ‘ठमेल बजार’ जस्ता आइटम गीतमार्फत चर्चामा आइन्। तर, त्यो चर्चालाई कतिले उडाए पनि। कतिले भने, ‘आइटम गाएर राम्रो गरिन मीनाले।’

तर, प्रेमध्वजले भने मीनालाई हौसला दिँदै भने, ‘तिमीले एकदमै राम्रो गरेकी छौ। गीत भनेको, आधुनिक, आइटम, पप सबै गाउनुपर्छ। अनि पो अनुभव हुन्छ त।’

अहिले पनि बेलाबखत प्रेमध्वजलाई भेट्न घर गइरहन्छिन् उनी। भन्छिन्, ‘भाउजू निकै मिजासिली हुनुहुन्छ।’

गायिका शान्ति ठटालबाट पनि मीना अत्यन्तै प्रभावित छिन्। भन्छिन्, ‘शान्ति दिदीको भोकल अति मन पर्छ। तर, दिदीलाई यहाँ कसैले चिन्न सकेन। उहाँको गीतलाई सम्मान गर्न सकेन।’ 

दार्जिलिङबाट नेपाल झरिरहने शान्ति ठटाललाई उनी आमाजतिकै प्रेम गर्छिन्।

पलेँटीमा आउँदादेखिकै सम्बन्ध जोडिएकोआभाससँग भने उनको पारिवारिक सम्बन्ध छ। हरेक प्रयासमा आभासले साथ दिएका छन् उनलाई।

आभासकै कम्पोजमा केही नयाँ गीत सार्वजनिक पनि गर्दैछिन् मीना। आभासको हरेक सपोर्ट र ऊर्जाले नै आफू पछि हट्नु नपरेको मीनाको अनुभव छ। भन्छिन्, ‘आभास दाइ मलाई निकै सहयोग गर्नुहुन्छ।’

सुरुमा कुनै स्रष्टा ठम्याउन नसक्ने मीना अहिले निकै गम्भीर छिन्। संगीतलाई हेर्ने दृष्टिकोण नै फरक छ उनको। स्रष्टाको सम्मान गर्दा जति खुसी सायदै अरु कामबाट मिल्दैन उनलाई। भन्छिन्, ‘म साधना गरेरै आएको मान्छे।स्रष्टाको महत्व बुझेकी छु।’

संगीतले दिएको खुसी 

कुनै एक समय मीनालाई पलेँटी ‘पहाड’ जस्तै बोझिलो भएको थियो। उदास हुँदै उनले एकदिन अमृत गुरुङलाई भनिन्, ‘ ह्या दाइ। अरुको गीत गायो आफूलाई हुनु केही होइन। न कसैले चिन्छ।’ 

त्यतिबेला अमृत गुरुङले सम्झाउँदै भनेका थिए, ‘तिमी त भाग्यमानी हौ न मीना। यो उमेर मै अम्बर सरहरूसँग गीत गाउन पायौ। हामीले त तिम्रो उमेरमा गाउन त के छुने पनि अवस्था थिएन।’

उनले गम्भीर हुँदै भनेका थिए, ‘तिमीलाई एकदिन थाहा हुन्छ। पलेँटीको महत्व।’

नभन्दै मीनाले अनुभूत गर्दै गइन्,‘पछि मलाई साँच्चै फिल भयो। म कस्तो मान्छेसँग संगत गरेको रहेछु। मैले के गरिरहेछु भनेर।’
 

OOO

मीना अहिले नयाँ एल्बमको तयारीमा छिन्। एल्बममार्फत टिपिकल नेपाली संगीतमा योगदान दिन चाहन्छिन् उनी। सँगसँगै पुराना संगीतलाई ब्युँताउनु उनको अर्को प्रयत्न हुनेछ।

भन्छिन्, 'पुराना पुस्तालाई जोगाउने नयाँ पुस्ताले हो। अग्रजको सिर्जना नबाँचे कसरी बाँच्छौं हामी।’

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्