• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मीनाको छलाङ : पलेँटीदेखि ठमेल बजारसम्म

64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  ०९:१७
1140x725

काठमाडौं– पलेँटी सुरु भएको करिब २ वर्ष पुगेको थियो। 

संगीतकार आभास हरेक शृंखलामा नयाँपन दिन चाहन्थे। त्यसैले उनी एकदिन भारतको मणिपुरतर्फ लागे। मणिपुरका थुप्रै गायक नेपालीभाषी थिए। र, त्यहाँका चर्चित गायकका लोकप्रिय गीत नेपाली भाषाकै थिए। 

आभासले सोचे, 'यहाँका गीत नेपालसम्म पुर्‍याऔं।' 

पुर्‍याउने माध्यम थियो, पलेँटी। 

यसैक्रममा उनको भेट गायक सन्तनुकुमार लिम्बुसँग भयो। मणिपुरमा सन्तनुकुमारको मञ्जरी ब्यान्ड थियो। यही ब्यान्डमार्फत संगीत साधनामा जमिरहेका थिए उनी।

त्यहाँ मञ्जरी समूहले विभिन्न प्रस्तुतिहरू गरिरहन्थ्यो। आभास यिनै प्रस्तुतिहरूबाट प्रभावित थिए।

आभासले सन्तनुकुमारलाई नेपाल डाक्ने सोच बनाए। र, आग्रह पनि गरे। 

सन्तनुकुमारले उनको आग्रह स्वीकार गरे। र, आभाससँगै नेपाल आए।

nimb
nimb
Ncell 2
Ncell 2

पलेँटीको नयाँ शृंखला सन्तनुकुमारको आवाजले धान्नुपर्ने थियो। तर, उनी एक्लैलाई त्यो असम्भव जस्तो लाग्यो। उनले आभाससँग कुरा गरे। 

आभासले भने, 'उतैको मान्छे कोही खोज्नुहोला।' 

त्यसपछि सन्तनुकुमारले मणिपुरमा आफूसँगै काम गरेको भान्जीलाई सम्झे। तिनै भान्जी एक वर्षअघि बिहे गरेर नेपालमै भित्रिएकी थिइन्। 

उनले आभासलाई भने, ‘एक जना मेरो भान्जी छिन्। उनी मणिपुरकी चर्चित गायिका हुन्। अहिले बिहे गरेर यतै आएकी छन्।’

उनलाई बोलाउने दुवैको सल्लाह भयो। सन्तनुकुमारमार्फत ती गायिका पलेँटीमा आइन्। र, नयाँ शृंखलामा उनले सन्तनुकुमारलाई साथ दिइन्। 

यता प्रायले नसुनेका। मणिपुरका लोकप्रिय गीत दुई आवाजमार्फत गुञ्जिए।

सन्तनुकुमार त परिचित थिए नै। उनीसँग गुञ्जिएको अर्को आवाजले भने नेपालयलाई तान्यो। पलेँटीमा आउनेहरूलाई मन्त्रमुग्ध बनायो। 

चम्किलो अनुहार र असाध्यै मीठो स्वर। ती गायिकालाई पुनः पछ्याउने भयो नेपालयले। उनी पलेँटीमा दोस्रो पटक पनि देखा परिन्, उस्तै मिठो र सुरिलो आवाज लिएर।

र, निरन्तर नयाँ शृंखलाहरूमा क्रमशः गुञ्जिन थालिन्। 

उनको लोकप्रिय आवाज संगीतप्रेमीहरूका लागि परिचित हुन थाल्यो। त्यही परिचित आवाज अहिलेसम्म पलेँटीसँग जोडिएको छ। 

उनी हुन्, मीना निरौला। जो १२ वर्षदेखि पलेँटीसँगै छिन्।

पलेँटी आउनुअघि मीनालाई लाग्थ्यो– मैले संगीतबारे निकै बुझेको छु। तर, पलेँटी आइसकेपछि उनले अनुभूत गरिन्– संगीतमा मेरो भर्खर सुरुवात रहेछ। 

हरेक शृंखलामा उसैगरी मुस्कुराउँछिन्, पलेँटी मार्छिन् र आधा आँखा चिम्लँदै कालजयी गीत गाउँछिन्। उनका आवाज जो कोहीको अन्तस्करणमा पुग्ने गर्छ।

भन्छन्–१२ वर्षमा खोला फर्कन्छ। मीना पनि १२ वर्षदेखि विलिन हुन लागेका पुराना स्रस्टालाई फर्काउने प्रयत्नमा छिन्। उनीहरूका गीत ब्युँताउने अभीष्टमा छिन्।

अघिल्लो महिनामा भएको पलेँटीमा उनले शान्ति ठटाल र नेपालको पहिलो गायिका मेलवादेवीका गीत गाइन्। 

झन्डै बिर्सिइसकेका तर सदाबहार स्वरका धनी यी पुराना गायिकालाई धेरैले सम्झे। केही समयको अन्तरालमा भएको यसपालिको पलेँटीमा मीनाले ठूलै कसरत गरिन्।

लगातार ३ दिनसम्म १८/१८ वटा गीत उनी एक्लैले गाएकी थिइन्। मेलवादेवीको ‘सवारी मेरो रेलैमा’, शान्ति ठटालको ‘सम्हालेर राख’ र तारादेवीका 'फूलका थुंगा' लगायतका एक से एक गीत।

‘निकै गाह्रो भयो। झन्डै बिमारी भइनँ,’ उनी लामो श्वास फेर्दै सम्झन्छिन्।

नेपालयले यति ठूलो विश्वास गरेको रहेछ उनलाई। त्यो सम्झेर मीना फुरुक्क हुन्छिन्। मीनाले यो विश्वास कायम गर्न ठूलै पहाड फोड्नुपरेको छ। उनी मुस्कुराउँदै भन्छिन्, ‘यो सानो दुःखले आर्जेको विश्वास हैन।’

सुरुमा पलेँटीमा आउँदा मीना अन्जान थिइन्। उनका लागि सबै बिराना थिए। बिहे गरेपछि झन्डै दुई वर्ष त उनी संगीत साधनाबाट टाढा रहिन्।

एक्कासि, प्रस्तुतिको लागि मामाले बोलाउँदा द्विविधामा परिन्। उत्साह जीवित थियो मनमा। उनी गइन्।  

कम्पोजको बेला अनुहारमा डर पोतिएका थिए। यद्यपि, उनलाई मामाको आड थियो। उहाँलाई एक दुई वटा गीतमा मात्र सहयोग गर्नुपर्दथ्यो। 

मामासँग मणिपुरी  गीत गाइन्। 

पहिलो प्रस्तुति त सकियो। 

त्यसपछि...

त्यसपछि पनि उनले पलेँटीमा गाउनुपर्ने भयो। 

मामा मणिपुर फर्किए, अब जिम्मेवारी बढेर आयो। पहिलोपल्ट गाउँदासम्म ‘पलेँटी’ भनेको थाहा थिएन उनलाई। अब बुझ्न धरै लाग्यो। 

चुनौती थुप्रै थपिएका थिए। सिनियर कलाकारसँग लाइभ गाउनुपर्ने, त्यसमाथि आफ्नो होइन अरुकै गीत। सानो कमजोरी पनि सहजै पत्ता लाग्न सक्थ्यो।

पलेँटी आउनुअघि मीनालाई लाग्थ्यो– मैले संगीतबारे निकै बुझेको छु। तर, पलेँटी आइसकेपछि उनले अनुभूत गरिन्– संगीतमा मेरो भर्खर सुरुवात रहेछ। 

पलेँटीमा आएपछि उनले थुप्रै उस्तादसँग संगीत बुझ्ने अवसर पाइन्। अम्बर गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान, शान्ति ठटाल, सिके रसाइली, किरण प्रधान लगायतका धेरै अग्रज उनका मानक भएर आए। 

तीमध्ये अम्बर गुरुङ र फत्तेमान त अहिले सम्झनामा मात्र छन्।

‘कस्तो रह्यो उहाँहरूसँगको सहयात्रा?’

ती लिजेन्डहरूसँग मीनाको अनुभवबारे केलाउन चाहेँ। 

सामन्नेमा बसिरहेकी मीनाको अनुहार गोधूलिजस्तै देखियो।

पीडा र खुसीका दुवै भाव आँखामा नाचिरहेका थिए। 

बच्चाजस्ता ‘अम्बर सर’ 

‘अम्बर सर बच्चा जस्तो हुनुहुन्थ्यो,’ मलिन हाँसोमा उनी सम्झन्छिन्, ‘कहिल्यै गाली नगर्ने, माया गरेर संगीत सिकाउने। निकै सरल हुनुहुन्थ्यो।’

सुरुमा अम्बर गुरुङलाई भेट्दा मीनामा भय जमेको थियो। भेट्ने आँटसम्म नगरेको उनीसँग सँगै गाउनुपर्ने भयो। मीना खुब आत्तिइन्।

तर, त्यो त्रास लामो समय रहेन। पहिलो बसाइमै मेटियो। निकै माया पाइन् अम्बर गुरुङबाट। 

‘त्यो नै थियो अन्तिम भेट,’ भक्कानिनै लागेको मुटु थाम्दै भनिन् मीनाले, ‘जब सर बित्नुभयो अनिमात्र मलाई फिल भयो उहाँ यति महान् हुनुहुँदो रहेछ।’

२५ जेठ, २०७५। अम्बर गुरुङले धरती छाडेका थिए। त्यसदिन मीनाले आफ्नो अभिभावक गुमाएको महसुस गरिन्। 

उनीसँग रहँदा आफू कहिल्यै नर्भस हुनु नपरेको मीना सम्झन्छिन्। ‘तिमी राम्रो गाउँछौ, तिम्रो भोकल राम्रो छ’ भनेर अम्बर गुरुङले उत्साह भरिदिएपछि उनको हौसला बढ्यो। 

बिस्तारै नजिकिएको त्यो सम्बन्धले मीनालाई अभिभावकत्व प्रदान गर्‍यो। 

बेलाबखत ‘बच्चा जसरी’ जिस्किरहन्थे अम्बर मीनासँग। मणिपुरी गीत ‘सुनाऊ’ भन्थे मीनालाई। उनी गाएर सुनाइदिन्थिन्।

अनि उनी पनि बेला बेलामा भन्ने गर्थिन्,‘सर तपाईंको स्वरमा एउटा गीत सुनौं न!’

‘अम्बर सर’ सजिलै गुन्गुनाइदिन्थे। 

ठूलो कहिल्यै नहुने ‘ती ठूला मान्छे’सँग मीनाले निकै संगत गरिन्।

‘अम्बर सर’सँगका केही अविस्मरणीय घटना छन्, तीनले सधैं मीनालाई नोस्टाल्जिक बनाउँछन्।

पलेँटीको वार्षिक उत्सव थियो। त्यसदिन मीना र ‘अम्बर सर’ लाइभ गाउँदै थिए। गीतको लिस्टमा युगल गीत थिएन। ‘अम्बर सर’लाई ‘टिप यो जोवन’युगल गीत गाउने चाहना रहेछ।

उनले मीनाको कानमा खुसुक्क भने, ‘मीना त्यो डोएट सङ तिमी र म गाऔं न। आभासलाई भन न।’ 

मीना मुसुक्क हाँसिन्। अम्बरले आभासलाई भन्न नसकेर मीनालाई भनेका थिए। 

अनि हाँँस्दै मीनाले आभासलाई भनिन्, ‘आभास दाइ। सरले डोएट सङ गाऔं भन्दै हुनुहुन्छ। तपाईंलाई भन भन्नुभएको छ।’ 

आभास पनि मुसुक्क हाँसे र भने– भइहाल्छ नि। 

‘त्यसपछि खुसी हुँदै उत्सवमा युगल गीत गाएका थियौँ,’ त्यो क्षण सम्झँदै मुस्कुराउँछिन् मीना।

‘अम्बर सर’को अन्तिम आँसु 

त्यतिबेला अम्बर गुरुङ गम्भीर बिरामी थिए। उपचार गरेर डेल्लीबाट नेपाल ल्याइएको थियो। नेपालमा उनलाई राष्ट्रिय सम्मान गरिँदै थियो। त्यतिबेला गीत गाउनका लागि उनले मीना र बेनुका राईलाई सम्झिए। ‘यति महान् मान्छेले त्यतिबेला मलाई सम्झनुभयो,’ सम्झेर भावुक भइन् मीना। 

जब बेनुका र मीनाले कार्यक्रममा प्रस्तुति गरे, मीनालाई हेरेर अम्बरले आँखाभरि आँसु बनाएछन्। 

‘उहाँ बोल्न सक्नुहुन्थेन। किन आँसु बगाउनुभयो?’ मीना आफैंलाई प्रश्न गर्छिन्। अनि अनौठो भाव बनाउँदै भन्छिन्, ‘सायद उहाँको आशीर्वाद थियो त्यो।’ 

त्यसपछि निःशब्द हुन्छिन् मीना। 

उनका आँखा रसाउँछन्। केहीबेरको मौनतापश्चात् मैले सोधेँ, ‘त्यसपछि कहिले भेट भयो?

‘त्यो नै थियो अन्तिम भेट,’ भक्कानिनै लागेको मुटु थाम्दै भनिन् मीनाले, ‘जब सर बित्नुभयो अनि मात्र मलाई फिल भयो उहाँ यति महान् हुनुहुँदो रहेछ।’

२५ जेठ, २०७५। अम्बर गुरुङले धरती छाडेका थिए। त्यसदिन मीनाले आफ्नो अभिभावक गुमाएको महसुस गरिन्। 

भन्छिन्,‘मलाई मात्र होइन। सिंगो देशलाई नै उहाँको अभाव खड्किरह्यो।’

राष्ट्रकवि जस्ता फत्तेमान

गायक फत्तेमानसँगको कुरा उप्काउँदा मीना रमाइलो किस्सा सुनाउँछिन्–

'पलेँटीमा गएपछि नै फत्तेमान दाइसँग भेट भयो। मलाई उहाँको गायकी देखेर डर लाग्थ्यो। सुरुमा म उहाँलाई चिन्दिन थिएँ। यसो हेर्दा राष्ट्रकवि पो हो कि जस्तो लाग्थ्यो। त्यतिबेला राष्ट्रकवि माधव घिमिरेलाई मैले देखेको पनि थिइनँ। फत्तेमान दाइलाई नचिन्दा मैले अमृत गुरुङ दाइलाई सोधेँ, ‘दाइ राष्ट्रकवि भनेको उहाँ नै हो?’

मीनाको यो अञ्जान प्रश्नले अमृत गुरुङ हित्का छोडेर हाँसे। फत्तेमानलाई गएर हाँस्दै भनेछन्, ‘मीनाले राष्ट्रकवि उहाँ नै हो भनेर सोध्दैछ तपाईंलाई।’

त्यतिबेला मीना लाजले ‘भुतुक्कै’ भइन्। 

यसरी फत्तेमानसँग नजिक भइन् मीना।

मीना ‘काले दाइ’, ‘ठमेल बजार’ जस्ता आइटम गीतमार्फत् चर्चामा आइन्। तर, त्यो चर्चालाई कतिले उडाए पनि। कतिले भने, ‘आइटम गाएर राम्रो गरिन मीनाले।’

तर, प्रेमध्वजले भने मीनालाई हौसल्ला दिँदै भने, ‘तिमीले एकदमै राम्रो गरेकी छौ। गीत भनेको, आधुनिक, आइटम, पप सबै गाउनुपर्छ। अनि पो अनुभव हुन्छ त।’

भन्छिन्, ‘दाइसँग पनि मेरा रमाइला क्षणहरू छन्। दाइसँग बस्दा उहाँले नानी भनेर बोलाउनुहुन्थ्यो। मलाई त्यो बोलाइ निकै आदरणीय र प्रिय लाग्थ्यो।’

पलेँटीमा उनले फत्तेमानसँग युगल गीत गाइन्।

उनी अर्को रमाइलो घटना सम्झन्छिन्, ‘गीत गाउँदा बीचमा ग्याप हुन्थ्यो। त्यो ग्यापमा म्युजिक बजिरहन्थ्यो। लाइभ गीत नै चलिरहँदा दाइले जिस्कँदै भन्नुहुन्थ्यो, ‘नानी, ल्वाङ खाने?’

त्यसपछि अगाडिका दर्शक ‘गलल्ल’ हाँस्थे। 
 

OOO

भाद्र २५, २०७०। त्यतिबेला मीना मैतीदेवीमा बस्थिन्। उनलाई त्यो दिन अचानक आभासले फोन गरेर भने, ‘मीना फत्तेमान दाइ बित्नुभयो। हामी पशुपति जाँदै छौं। तिमी आउने भए आऊ।’

उनी चकित परिन्। त्यति स्ट्रङ हुनुहुन्थ्यो। बिमारी भएको पनि थाहा थिएन। दुई दिनअघि स्वस्थ भेटेको मान्छे। 

त्यो घटनाले उनी निकै मर्माहत भइन्।

फत्तेमानलाई थर्ड स्टेजकै क्यान्सर भइसकेको रहेछ। 

‘उहाँ अत्यधिक चुरोट खानुहुन्थ्यो,’ गम्भीर भावमा भनिन्,‘ आभास दाइहरूले कथा भनेको सुन्थेँ, ‘उहाँ लुकीलुकी खानुहुन्थ्यो रे।’

पलेँटीले जुराएको सम्बन्ध 

नेपाली संगीतका अर्का धरोहर प्रेमध्वज प्रधान। उनीसँग पनि पलेँटीमा गीत गाइन् मीनाले।

मीना ‘काले दाइ’, ‘ठमेल बजार’ जस्ता आइटम गीतमार्फत चर्चामा आइन्। तर, त्यो चर्चालाई कतिले उडाए पनि। कतिले भने, ‘आइटम गाएर राम्रो गरिन मीनाले।’

तर, प्रेमध्वजले भने मीनालाई हौसला दिँदै भने, ‘तिमीले एकदमै राम्रो गरेकी छौ। गीत भनेको, आधुनिक, आइटम, पप सबै गाउनुपर्छ। अनि पो अनुभव हुन्छ त।’

अहिले पनि बेलाबखत प्रेमध्वजलाई भेट्न घर गइरहन्छिन् उनी। भन्छिन्, ‘भाउजू निकै मिजासिली हुनुहुन्छ।’

गायिका शान्ति ठटालबाट पनि मीना अत्यन्तै प्रभावित छिन्। भन्छिन्, ‘शान्ति दिदीको भोकल अति मन पर्छ। तर, दिदीलाई यहाँ कसैले चिन्न सकेन। उहाँको गीतलाई सम्मान गर्न सकेन।’ 

दार्जिलिङबाट नेपाल झरिरहने शान्ति ठटाललाई उनी आमाजतिकै प्रेम गर्छिन्।

पलेँटीमा आउँदादेखिकै सम्बन्ध जोडिएकोआभाससँग भने उनको पारिवारिक सम्बन्ध छ। हरेक प्रयासमा आभासले साथ दिएका छन् उनलाई।

आभासकै कम्पोजमा केही नयाँ गीत सार्वजनिक पनि गर्दैछिन् मीना। आभासको हरेक सपोर्ट र ऊर्जाले नै आफू पछि हट्नु नपरेको मीनाको अनुभव छ। भन्छिन्, ‘आभास दाइ मलाई निकै सहयोग गर्नुहुन्छ।’

सुरुमा कुनै स्रष्टा ठम्याउन नसक्ने मीना अहिले निकै गम्भीर छिन्। संगीतलाई हेर्ने दृष्टिकोण नै फरक छ उनको। स्रष्टाको सम्मान गर्दा जति खुसी सायदै अरु कामबाट मिल्दैन उनलाई। भन्छिन्, ‘म साधना गरेरै आएको मान्छे।स्रष्टाको महत्व बुझेकी छु।’

संगीतले दिएको खुसी 

कुनै एक समय मीनालाई पलेँटी ‘पहाड’ जस्तै बोझिलो भएको थियो। उदास हुँदै उनले एकदिन अमृत गुरुङलाई भनिन्, ‘ ह्या दाइ। अरुको गीत गायो आफूलाई हुनु केही होइन। न कसैले चिन्छ।’ 

त्यतिबेला अमृत गुरुङले सम्झाउँदै भनेका थिए, ‘तिमी त भाग्यमानी हौ न मीना। यो उमेर मै अम्बर सरहरूसँग गीत गाउन पायौ। हामीले त तिम्रो उमेरमा गाउन त के छुने पनि अवस्था थिएन।’

उनले गम्भीर हुँदै भनेका थिए, ‘तिमीलाई एकदिन थाहा हुन्छ। पलेँटीको महत्व।’

नभन्दै मीनाले अनुभूत गर्दै गइन्,‘पछि मलाई साँच्चै फिल भयो। म कस्तो मान्छेसँग संगत गरेको रहेछु। मैले के गरिरहेछु भनेर।’
 

OOO

मीना अहिले नयाँ एल्बमको तयारीमा छिन्। एल्बममार्फत टिपिकल नेपाली संगीतमा योगदान दिन चाहन्छिन् उनी। सँगसँगै पुराना संगीतलाई ब्युँताउनु उनको अर्को प्रयत्न हुनेछ।

भन्छिन्, 'पुराना पुस्तालाई जोगाउने नयाँ पुस्ताले हो। अग्रजको सिर्जना नबाँचे कसरी बाँच्छौं हामी।’

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्