• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाल–भारत सम्बन्धको दायरा फैलाउने राम्रो मौका आएको छ : महेन्द्र पी लामा [भिडियो अन्तर्वार्ता]

64x64
किशोर दहाल आइतबार, फागुन २६, २०७५  १६:३६
1140x725

नेपाली पत्रपत्रिकामा कुनै समय नियमित र पछिल्लो समय फाट्टफुट्ट लेखिरहने महेन्द्र पी लामा नेपाल भारत प्रवुद्ध समूह (इपिजी)का भारत तर्फका सदस्य हुन्। भारतको दार्जलिङमा जन्मिएका उनी सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति, भारतको नेशनल सेक्युरिटि एडभाइजरी बोर्डका पूर्व सदस्य पनि हुन्। त्यस्तै, जवाहरलाल नेहरु विश्वविद्यालयका साउथ एसियन इकोनोमिक्स स्कुल अफ इन्टरनेसनल स्टडिजका प्राध्यापक हुन्। उनी नेपाल मामिलाका जानकार त छँदैछन्, क्षेत्रीय सहकार्य, विकास, सुरक्षा, सीमा लगायत विषयमा विज्ञ मानिन्छन्।

उनै लामा गत फागुन १८ देखि २० सम्म झापाको काँकरभिट्टामा आयोजित 'कला साहित्य उत्सव'मा सहभागी हुन आएका थिए। सोही अवसरमा लामासँग नेपाल लाइभका लागि किशोर दहालले उनको नेपाल बुझाइ, नेपाल–भारत सम्बन्धलाई पुनर्परिभाषित गर्ने आधारहरु तथा इपिजी प्रतिवेदनका विषयमा संक्षिप्त कुरा गरेका छन्।

तपाईंले नेपालबारे कहिलेदेखि सुन्न थाल्नुभएको थियो? त्यतिबेला केके सुनाइन्थ्यो?
मैले मेरो पिताजीबाट पहिलोपटक नेपालबारे सुनेको हुँ। नेपालमा महेन्द्र राजा र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला, मलाई लाग्छ त्यो सन् १९६५/६६ को कुरा हो,  मेरा पिताजीलाई एउटा सांस्कृतिक टोली लिएर राजा महेन्द्रको जन्म दिवस मनाउन जानुस् भनिएको थियो। उहाँ त्यतिबेला पश्चिम बंगाल सरकारमा भारतीय–नेपालीहरुको सांस्कृतिक टोलीको ठूलो अधिकारी हुनुहुन्थ्यो। उहाँले त्यो टोलीमा अम्बर गुरुङ तथा जितेन्द्र बर्देवाहरुलाई लिएर जानुभयो।

पिताजीले फर्केर आएर नेपालका बारेमा भन्नुभयो। राजा, प्रधानमन्त्री, जनता यसरी जानुपर्दो रहेछ भनेर सुनाउनुभयो। म त्यतिबेला दुई तीन कक्षातिर पढ्थें होला। त्यसपछि अलिकति जागरुकता आयो। पछि विश्वविद्यालयमा पुगेपछि झन् धेरै जान्ने मौका पाएँ।

सन् १९८२ मा भारतमा 'एसियन गेम' भयो। त्यतिबेला युवराज दीपेन्द्रसँग भेट भयो। नेपालका खेलाडीसँग भेट भयो। यसरी नै नेपाल बुझ्दै गएँ। तर म पहिलो पटक नेपाल गएकोचाहिँ सन् १९८७ मा हो। मैले पिएचडी गर्दा एउटा 'फिल्ड ट्रिप' गर्नुपर्ने हुन्थ्यो। त्यसले गर्दा म नेपाल गएको थिएँ।

बुबाले भन्दै गर्दा तपाईंले नेपालका बारेमा अवश्य नै रोमाञ्चक विषयहरु सुन्नुभयो होला। अध्ययन गर्दै जाँदा त्यस्ता विषयहरु परिवर्तन पनि हुँदै गए होला। केही त्यस्ता कुराहरु सम्झिनुहुन्छ?
अध्ययन गर्दै गएपछि अन्तर्राष्ट्रिय मुद्दा र विषयहरुका बारेमा थाहा पाउँदै गएँ। त्यतिबेला म रेडियोबाट नेपाल बारे जान्दथें। दार्जलिङमा बस्दा त्यहाँ नेपालको रेडियो सुन्न पाइन्थ्यो। 'टललल टल्कने, झललल झल्कने, स्टिले भाँडो, डाँडा र काँडा, किन्न नपर्ने' भनेर बारम्बार रेडियोमा स्टिल भाँडाको विज्ञापन आउँथ्यो। 'जाउँ न सरर कन्काइ बसमा' भन्थ्यो। 'सन्तानले डाँडाकाँडा ढाकोस् नभन' भनेर 'फेमिली प्लानिङ'को विज्ञापन आउँथ्यो। यस्तै कुराले नेपालप्रति आत्मियता बढ्दै गयो। भाषा, साहित्य र संस्कृतिले गर्दा पनि त्यसलाई बढायो।

अध्ययन बढ्दै जाँदा केही केही कुरा गलत सुनिएछ भन्ने भयो कि?
खासै धेरै भ्रमहरु थिएनन्। तर मलाई एउटा भ्रम थियो कि नेपालमा पनि भारतमा जस्तै व्यापक रुपमा संघसंस्थाहरु छन् होला। त्यहाँ पनि हाम्रोमा जस्तै कैयन् संख्यामा विश्वविद्यालय छन् होला। पछि थाहा भयो यस्तो कुरा भ्रम मात्रै रहेछन्। त्यति प्रसिद्ध राष्ट्र हुँदाहुँदै पनि नेपालमा भनेका जस्ता संघसंस्थाहरु रहेनछन् भन्ने पछि मात्रै थाहा भयो।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले यसको केही कारण पनि पत्ता लगाउनुभयो कि?
नेपालका अधिकांश जनता त्यस समय पढेलेखेका थिएनन्। विदेश देखेका थिएनन्। केही सिमित मानिस मात्रै पढेलेखेका थिए, विदेश देखेका थिए। त्यसैले आधुनिक संस्था बन्ने कुरा उनीहरुको चाहनामा परेन होला। तर पछि नेपालमा संस्थाहरु बन्दै गए। संस्थाहरु पनि बन्दै गए। मानिसले पढ्दै गए। चाहना पनि बढ्दै गयो।

अहिले नेपालबाट लाखौंको संख्यामा नेपालीहरु बाहिर गएका छन्। जापान, अमेरिका गएका मानिसले हाम्रो पनि देशमा यस्तो हुनुपर्छ भनेपछि त्यसको प्रभाव देखिँदै गएको छ। डिपार्टमेन्टल स्टोरहरु भारतमा भन्दा पहिले नेपालमा खुले। मलाई त अचम्मै लाग्छ।

म नेपालमा जाँदा सुपरमार्केट देख्दा झसंग हुन्थें। भारतमा पनि यस्तो छैन भन्ने लाग्छ। म दिल्लीमै बस्ने मान्छे, त्यस्तो मार्केट त मैले देखेकै छैन। मलेसिया, अमेरिका वा जापानमा देखेको थिएँ। दक्षिण एसियामै पहिलो पटक यस्तो मार्केट भएको नेपालनै होला जस्तो लाग्थ्यो।

तपाईं नेपालबाट प्रकाशित हुने पत्रपत्रिकामा पनि लेखिरहुनुहुन्छ। जेएनयुको लाइब्रेरीका विषयदेखि भुराजनीतिको विषयसम्म लेख्नुभएको छ। नेपालका पत्रपत्रिकासँग कसरी जोडिनुभयो?
म दुई प्रकारले जोडिएँ। ममा नेपाली साहित्य, संस्कृति नेपाली भाषाको झुकाव र माया छ। मेरो परिवार नै साहित्य र सस्कृतिसँग जोडिएको हुनाले पनि म जोडिएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दोस्रो कुरा, जब म विश्वविद्यालयमा पढ्न गएँ, नेपालका साथीहरु भेटें, उहाँहरुसँग छलफल भयो। नेपाल पनि गएँ। त्यहाँ पनि धेरै साथीहरु भेटें। म भारतीय भए पनि नेपालको बारेमा जान्ने मौका पाएँ। संघसंस्था र देशकै बारेमा पनि धेरै थाहा पाएँ। यसरी सम्बन्ध बढ्दै गयो।

तपाईंलाई सुरुमा कसले लेख्न प्रस्ताव गर्‍यो?
मैले नेपालबाट प्रकाशित हुने कनकमणिज्युको (कनकमणि दीक्षित) 'हिमाल खबरपत्रिका'मा शृंखलाबद्ध लेखें। त्यतिबेला राजेन्द्र दाहाल सम्पादक हुनुहुन्थ्यो। उहाँहरुले 'तपाईंले लेख्नैपर्छ' भनेर खुब भन्नुभयो। त्यसपछि मैले 'सेरोफेरो' स्तम्भ अन्तर्गत झन्डै सय वटा आर्टिकल लेखें। त्यस्तै युवराज घिमिरे लगायतका साथीहरुले पनि भन्नुभयो। त्यसरी पनि लेखें।

म भारत–नेपाल सम्बन्धमा काम गरिहरेको र भारतीय अंग्रेजी पत्रिकामा लेखिरहने हुनाले कतिवटा अनुवाद गरेर पनि यता छापियो।

तपाईंले नेपाल र भारतको राजनीतिलाई नजिकबाट नियाल्नुभएको छ। यी दुई देशबीचको सम्बन्ध प्रेम र घृणामा आधारित छ भनेर विश्लेषण हुने गरेको छ। पछिल्लो समय त घृणा नै बढ्दो क्रममा देखिन्छ। मिल्दोजुल्दो भाषा तथा समानखाले संस्कृति भएका दुई देशका बीचमा घृणा किन मिसिन आइपुग्यो होला?
यसका केही कारण छन्। नेपालीले सोच्छन्, काठमाडौं नै नेपाल हो। भारतीयले सोच्छन्, दिल्ली नै भारत हो। वास्तवमा यो भ्रम मात्रै हो। भारत भनेपछि बैंलोर, असाम, गुहाटी, दार्जलिङ, सिक्किम छ। सबैको आफ्नोआफ्नो काम गर्ने तरिका छ। नेपालमै पनि कर्णाली, कोशी, गण्डकी लगायतका धेरै क्षेत्रहरु छन्।

जब तपाईंले भारतलाई दिल्लीमा मात्रै प्रकट गर्नुहुन्छ, अनि नेपाललाई काठमाडौंमा मात्रै प्रकट गर्नुहुन्छ, सम्बन्ध झनै साँघुरिँदै जान्छ। राजनीतिको तहमा पनि, नोकरशाहीको तहमा पनि साँघुरिँदै जाँदाखेरि यस्तो स्थिति भएको हो।

त्यही कारणले हामीले प्रवुद्ध व्यक्ति समूह (इपिजी)को रिपोर्टमा पनि हामीबीचको सम्बन्ध विस्तृत छ, यसलाई अझै फैलाउनुपर्छ भन्नेमा ध्यान दिएका छौं।

सम्बन्धहरु खुम्चिँदै गएर जसरी दिल्ली र काठमाडौंमा केन्द्रित भयो। त्यसको दायरालाई फैलाउने उपायहरु के हुनसक्छन्?
अहिले राम्रो मौका आएको छ। अहिले नेपालमा सातवटा प्रदेशहरु बनेका छन्। भारतमा २९ वटा राज्यहरु छन्। राज्य–राज्यबीचको सम्बन्धलाई सुगठित बनाउनुपर्छ। र, संस्थागत सम्बन्ध हुनुपर्‍यो। नेपाल र भारतका विश्वविद्यालयहरुमा सुगठित र सुमधुर सम्बन्ध हुनुपर्‍यो। विज्ञान र टेक्नोलोजी, अस्पताल, पर्यटन जस्ता क्षेत्रमा घनिष्ट सम्बन्ध हुनु नै नेपाल–भारत सम्बन्धले व्यापकता पाउनु हो।

तर भारतप्रति नेपालमा सधैं आशंका छ। बेलाबखतमा सिक्किमीकरण र भुटानीकरणको चर्चा पनि चल्ने गर्छ। यसलाई कसरी हेर्नुभएको छ? कताको कमजोरीले यस्तो हुन गएको हो?
दुवै राष्ट्रका बीच राम्रो सम्बन्ध नचाहने व्यक्तिहरु पनि हुन्छन्। त्यस्ता व्यक्ति दुवै राष्ट्रमा हुन्छन्। तर त्यस्ता व्यक्तिहरुको संख्या एक प्रतिशत भन्दा कम हुन्छ। अब मिडियाले पनि ९९ प्रतिशतले के सोच्छन्, त्यो कुरा बाहिर ल्याउनुपर्छ। एक प्रतिशतको कुरा ल्याउनुहुँदैन। किनकि, एक प्रतिशतले सोच्ने र ९९ प्रतिशतले सोच्ने अलग्गै कुरा हो। तर आजभोलि म भारत पनि यही देख्छु, नेपालमा पनि यही देख्छु, एक प्रतिशतले सोचेको कुरालाई ड्याम्मै अगाडि ल्याइदिनुहुन्छ तर ९९ प्रतिशतले सोचेको कुरालाई तपाईंहरुले छाप्नु पनि हुन्न। यो प्रवृत्ति राम्रो होइन। तपाईं हामी ९९ प्रतिशतमा पर्छौं। हामीले भनेका कुराहरु तपाईंहरुले अगाडि ल्याउनुपर्‍यो।

नेपाल भारत सम्बन्ध 'रोटी–बेटी'भन्दा माथि उठेर एक्काइसौं शताब्दी अनुसारको बनाउने चर्चा सुनिन्छ, बेलाबेलामा। त्यसका आधारहरु के हुनसक्छन्?
धेरै छन्। सबैभन्दा ठूलो कुरा संस्थागत सम्बन्ध हुनुपर्‍यो। भारत र नेपालका मेडिकल इन्स्टिच्युसन, डाक्टर र इन्जिनियर, वकिल र चार्टर एकाउन्टेनको ट्रेनिङ, नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच सम्बन्ध बनाउन सकिन्छ। वातावरण, इतिहास, राजनीति, शिक्षा लगायतका क्षेत्रको सम्बन्धबाट अगाडि बढ्न सकिन्छ।

इपिजी प्रतिवेदनको चर्चा सेलाएको छैन। यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई कहिले बुझाइन्छ?
हामीले प्रतिवेदन तयार गरेका छौं। अब दुई देशका प्रधानमन्त्रीले 'तपाईंहरुको रिपोर्ट ल्याउनुस्, रिपोर्ट ग्रहण गर्न तयार छौं' भनेपछि हामी प्रतिवेदन बुझाउँछौं।

तर हल्ला के सुनिन्छ भने, भारतले प्रतिवेदनमा भएका केही सिफारिस सच्याउन चाहेकाले ढिलाइ भएको हो। यो सत्य हो?
म पनि इपिजी सदस्य हुँ। मलाई त्यस्तो कुरा भएको होलाजस्तो लाग्दैन। मेरो जानकारी बिना नै यस्तो कुरा हुँदै छ भने त्यो अलग्गै कुरा हो। त्यसमा मेरो नियन्त्रण छैन। भन्नु पनि केही छैन। तर मेरो ज्ञानअनुसार दुवै पक्षबाट त्यस्तो कुरा भएजस्तो लाग्दैन।

प्रतिवेदनमा परिवर्तन आउने सम्भावना छ?
म त्यस्तो सम्भावना देख्दिनँ। हामीले रिपोर्ट तयार गरेका हौं। त्यसलाई सरकारले स्वीकृति दिएर कार्यान्वयन गर्नु सरकारको काम हो। सरकारलाई कैयौं रिपोर्ट बुझाइन्छ। कति मान्ने वा नमान्ने सरकारको कुरा हो।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्