• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाल–भारत सम्बन्धको दायरा फैलाउने राम्रो मौका आएको छ : महेन्द्र पी लामा [भिडियो अन्तर्वार्ता]

64x64
किशोर दहाल आइतबार, फागुन २६, २०७५  १६:३६
1140x725

नेपाली पत्रपत्रिकामा कुनै समय नियमित र पछिल्लो समय फाट्टफुट्ट लेखिरहने महेन्द्र पी लामा नेपाल भारत प्रवुद्ध समूह (इपिजी)का भारत तर्फका सदस्य हुन्। भारतको दार्जलिङमा जन्मिएका उनी सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति, भारतको नेशनल सेक्युरिटि एडभाइजरी बोर्डका पूर्व सदस्य पनि हुन्। त्यस्तै, जवाहरलाल नेहरु विश्वविद्यालयका साउथ एसियन इकोनोमिक्स स्कुल अफ इन्टरनेसनल स्टडिजका प्राध्यापक हुन्। उनी नेपाल मामिलाका जानकार त छँदैछन्, क्षेत्रीय सहकार्य, विकास, सुरक्षा, सीमा लगायत विषयमा विज्ञ मानिन्छन्।

उनै लामा गत फागुन १८ देखि २० सम्म झापाको काँकरभिट्टामा आयोजित 'कला साहित्य उत्सव'मा सहभागी हुन आएका थिए। सोही अवसरमा लामासँग नेपाल लाइभका लागि किशोर दहालले उनको नेपाल बुझाइ, नेपाल–भारत सम्बन्धलाई पुनर्परिभाषित गर्ने आधारहरु तथा इपिजी प्रतिवेदनका विषयमा संक्षिप्त कुरा गरेका छन्।

तपाईंले नेपालबारे कहिलेदेखि सुन्न थाल्नुभएको थियो? त्यतिबेला केके सुनाइन्थ्यो?
मैले मेरो पिताजीबाट पहिलोपटक नेपालबारे सुनेको हुँ। नेपालमा महेन्द्र राजा र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला, मलाई लाग्छ त्यो सन् १९६५/६६ को कुरा हो,  मेरा पिताजीलाई एउटा सांस्कृतिक टोली लिएर राजा महेन्द्रको जन्म दिवस मनाउन जानुस् भनिएको थियो। उहाँ त्यतिबेला पश्चिम बंगाल सरकारमा भारतीय–नेपालीहरुको सांस्कृतिक टोलीको ठूलो अधिकारी हुनुहुन्थ्यो। उहाँले त्यो टोलीमा अम्बर गुरुङ तथा जितेन्द्र बर्देवाहरुलाई लिएर जानुभयो।

पिताजीले फर्केर आएर नेपालका बारेमा भन्नुभयो। राजा, प्रधानमन्त्री, जनता यसरी जानुपर्दो रहेछ भनेर सुनाउनुभयो। म त्यतिबेला दुई तीन कक्षातिर पढ्थें होला। त्यसपछि अलिकति जागरुकता आयो। पछि विश्वविद्यालयमा पुगेपछि झन् धेरै जान्ने मौका पाएँ।

सन् १९८२ मा भारतमा 'एसियन गेम' भयो। त्यतिबेला युवराज दीपेन्द्रसँग भेट भयो। नेपालका खेलाडीसँग भेट भयो। यसरी नै नेपाल बुझ्दै गएँ। तर म पहिलो पटक नेपाल गएकोचाहिँ सन् १९८७ मा हो। मैले पिएचडी गर्दा एउटा 'फिल्ड ट्रिप' गर्नुपर्ने हुन्थ्यो। त्यसले गर्दा म नेपाल गएको थिएँ।

बुबाले भन्दै गर्दा तपाईंले नेपालका बारेमा अवश्य नै रोमाञ्चक विषयहरु सुन्नुभयो होला। अध्ययन गर्दै जाँदा त्यस्ता विषयहरु परिवर्तन पनि हुँदै गए होला। केही त्यस्ता कुराहरु सम्झिनुहुन्छ?
अध्ययन गर्दै गएपछि अन्तर्राष्ट्रिय मुद्दा र विषयहरुका बारेमा थाहा पाउँदै गएँ। त्यतिबेला म रेडियोबाट नेपाल बारे जान्दथें। दार्जलिङमा बस्दा त्यहाँ नेपालको रेडियो सुन्न पाइन्थ्यो। 'टललल टल्कने, झललल झल्कने, स्टिले भाँडो, डाँडा र काँडा, किन्न नपर्ने' भनेर बारम्बार रेडियोमा स्टिल भाँडाको विज्ञापन आउँथ्यो। 'जाउँ न सरर कन्काइ बसमा' भन्थ्यो। 'सन्तानले डाँडाकाँडा ढाकोस् नभन' भनेर 'फेमिली प्लानिङ'को विज्ञापन आउँथ्यो। यस्तै कुराले नेपालप्रति आत्मियता बढ्दै गयो। भाषा, साहित्य र संस्कृतिले गर्दा पनि त्यसलाई बढायो।

अध्ययन बढ्दै जाँदा केही केही कुरा गलत सुनिएछ भन्ने भयो कि?
खासै धेरै भ्रमहरु थिएनन्। तर मलाई एउटा भ्रम थियो कि नेपालमा पनि भारतमा जस्तै व्यापक रुपमा संघसंस्थाहरु छन् होला। त्यहाँ पनि हाम्रोमा जस्तै कैयन् संख्यामा विश्वविद्यालय छन् होला। पछि थाहा भयो यस्तो कुरा भ्रम मात्रै रहेछन्। त्यति प्रसिद्ध राष्ट्र हुँदाहुँदै पनि नेपालमा भनेका जस्ता संघसंस्थाहरु रहेनछन् भन्ने पछि मात्रै थाहा भयो।

Ncell 2
Ncell 2

तपाईंले यसको केही कारण पनि पत्ता लगाउनुभयो कि?
नेपालका अधिकांश जनता त्यस समय पढेलेखेका थिएनन्। विदेश देखेका थिएनन्। केही सिमित मानिस मात्रै पढेलेखेका थिए, विदेश देखेका थिए। त्यसैले आधुनिक संस्था बन्ने कुरा उनीहरुको चाहनामा परेन होला। तर पछि नेपालमा संस्थाहरु बन्दै गए। संस्थाहरु पनि बन्दै गए। मानिसले पढ्दै गए। चाहना पनि बढ्दै गयो।

अहिले नेपालबाट लाखौंको संख्यामा नेपालीहरु बाहिर गएका छन्। जापान, अमेरिका गएका मानिसले हाम्रो पनि देशमा यस्तो हुनुपर्छ भनेपछि त्यसको प्रभाव देखिँदै गएको छ। डिपार्टमेन्टल स्टोरहरु भारतमा भन्दा पहिले नेपालमा खुले। मलाई त अचम्मै लाग्छ।

म नेपालमा जाँदा सुपरमार्केट देख्दा झसंग हुन्थें। भारतमा पनि यस्तो छैन भन्ने लाग्छ। म दिल्लीमै बस्ने मान्छे, त्यस्तो मार्केट त मैले देखेकै छैन। मलेसिया, अमेरिका वा जापानमा देखेको थिएँ। दक्षिण एसियामै पहिलो पटक यस्तो मार्केट भएको नेपालनै होला जस्तो लाग्थ्यो।

तपाईं नेपालबाट प्रकाशित हुने पत्रपत्रिकामा पनि लेखिरहुनुहुन्छ। जेएनयुको लाइब्रेरीका विषयदेखि भुराजनीतिको विषयसम्म लेख्नुभएको छ। नेपालका पत्रपत्रिकासँग कसरी जोडिनुभयो?
म दुई प्रकारले जोडिएँ। ममा नेपाली साहित्य, संस्कृति नेपाली भाषाको झुकाव र माया छ। मेरो परिवार नै साहित्य र सस्कृतिसँग जोडिएको हुनाले पनि म जोडिएँ।

दोस्रो कुरा, जब म विश्वविद्यालयमा पढ्न गएँ, नेपालका साथीहरु भेटें, उहाँहरुसँग छलफल भयो। नेपाल पनि गएँ। त्यहाँ पनि धेरै साथीहरु भेटें। म भारतीय भए पनि नेपालको बारेमा जान्ने मौका पाएँ। संघसंस्था र देशकै बारेमा पनि धेरै थाहा पाएँ। यसरी सम्बन्ध बढ्दै गयो।

तपाईंलाई सुरुमा कसले लेख्न प्रस्ताव गर्‍यो?
मैले नेपालबाट प्रकाशित हुने कनकमणिज्युको (कनकमणि दीक्षित) 'हिमाल खबरपत्रिका'मा शृंखलाबद्ध लेखें। त्यतिबेला राजेन्द्र दाहाल सम्पादक हुनुहुन्थ्यो। उहाँहरुले 'तपाईंले लेख्नैपर्छ' भनेर खुब भन्नुभयो। त्यसपछि मैले 'सेरोफेरो' स्तम्भ अन्तर्गत झन्डै सय वटा आर्टिकल लेखें। त्यस्तै युवराज घिमिरे लगायतका साथीहरुले पनि भन्नुभयो। त्यसरी पनि लेखें।

म भारत–नेपाल सम्बन्धमा काम गरिहरेको र भारतीय अंग्रेजी पत्रिकामा लेखिरहने हुनाले कतिवटा अनुवाद गरेर पनि यता छापियो।

तपाईंले नेपाल र भारतको राजनीतिलाई नजिकबाट नियाल्नुभएको छ। यी दुई देशबीचको सम्बन्ध प्रेम र घृणामा आधारित छ भनेर विश्लेषण हुने गरेको छ। पछिल्लो समय त घृणा नै बढ्दो क्रममा देखिन्छ। मिल्दोजुल्दो भाषा तथा समानखाले संस्कृति भएका दुई देशका बीचमा घृणा किन मिसिन आइपुग्यो होला?
यसका केही कारण छन्। नेपालीले सोच्छन्, काठमाडौं नै नेपाल हो। भारतीयले सोच्छन्, दिल्ली नै भारत हो। वास्तवमा यो भ्रम मात्रै हो। भारत भनेपछि बैंलोर, असाम, गुहाटी, दार्जलिङ, सिक्किम छ। सबैको आफ्नोआफ्नो काम गर्ने तरिका छ। नेपालमै पनि कर्णाली, कोशी, गण्डकी लगायतका धेरै क्षेत्रहरु छन्।

जब तपाईंले भारतलाई दिल्लीमा मात्रै प्रकट गर्नुहुन्छ, अनि नेपाललाई काठमाडौंमा मात्रै प्रकट गर्नुहुन्छ, सम्बन्ध झनै साँघुरिँदै जान्छ। राजनीतिको तहमा पनि, नोकरशाहीको तहमा पनि साँघुरिँदै जाँदाखेरि यस्तो स्थिति भएको हो।

त्यही कारणले हामीले प्रवुद्ध व्यक्ति समूह (इपिजी)को रिपोर्टमा पनि हामीबीचको सम्बन्ध विस्तृत छ, यसलाई अझै फैलाउनुपर्छ भन्नेमा ध्यान दिएका छौं।

सम्बन्धहरु खुम्चिँदै गएर जसरी दिल्ली र काठमाडौंमा केन्द्रित भयो। त्यसको दायरालाई फैलाउने उपायहरु के हुनसक्छन्?
अहिले राम्रो मौका आएको छ। अहिले नेपालमा सातवटा प्रदेशहरु बनेका छन्। भारतमा २९ वटा राज्यहरु छन्। राज्य–राज्यबीचको सम्बन्धलाई सुगठित बनाउनुपर्छ। र, संस्थागत सम्बन्ध हुनुपर्‍यो। नेपाल र भारतका विश्वविद्यालयहरुमा सुगठित र सुमधुर सम्बन्ध हुनुपर्‍यो। विज्ञान र टेक्नोलोजी, अस्पताल, पर्यटन जस्ता क्षेत्रमा घनिष्ट सम्बन्ध हुनु नै नेपाल–भारत सम्बन्धले व्यापकता पाउनु हो।

तर भारतप्रति नेपालमा सधैं आशंका छ। बेलाबखतमा सिक्किमीकरण र भुटानीकरणको चर्चा पनि चल्ने गर्छ। यसलाई कसरी हेर्नुभएको छ? कताको कमजोरीले यस्तो हुन गएको हो?
दुवै राष्ट्रका बीच राम्रो सम्बन्ध नचाहने व्यक्तिहरु पनि हुन्छन्। त्यस्ता व्यक्ति दुवै राष्ट्रमा हुन्छन्। तर त्यस्ता व्यक्तिहरुको संख्या एक प्रतिशत भन्दा कम हुन्छ। अब मिडियाले पनि ९९ प्रतिशतले के सोच्छन्, त्यो कुरा बाहिर ल्याउनुपर्छ। एक प्रतिशतको कुरा ल्याउनुहुँदैन। किनकि, एक प्रतिशतले सोच्ने र ९९ प्रतिशतले सोच्ने अलग्गै कुरा हो। तर आजभोलि म भारत पनि यही देख्छु, नेपालमा पनि यही देख्छु, एक प्रतिशतले सोचेको कुरालाई ड्याम्मै अगाडि ल्याइदिनुहुन्छ तर ९९ प्रतिशतले सोचेको कुरालाई तपाईंहरुले छाप्नु पनि हुन्न। यो प्रवृत्ति राम्रो होइन। तपाईं हामी ९९ प्रतिशतमा पर्छौं। हामीले भनेका कुराहरु तपाईंहरुले अगाडि ल्याउनुपर्‍यो।

नेपाल भारत सम्बन्ध 'रोटी–बेटी'भन्दा माथि उठेर एक्काइसौं शताब्दी अनुसारको बनाउने चर्चा सुनिन्छ, बेलाबेलामा। त्यसका आधारहरु के हुनसक्छन्?
धेरै छन्। सबैभन्दा ठूलो कुरा संस्थागत सम्बन्ध हुनुपर्‍यो। भारत र नेपालका मेडिकल इन्स्टिच्युसन, डाक्टर र इन्जिनियर, वकिल र चार्टर एकाउन्टेनको ट्रेनिङ, नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच सम्बन्ध बनाउन सकिन्छ। वातावरण, इतिहास, राजनीति, शिक्षा लगायतका क्षेत्रको सम्बन्धबाट अगाडि बढ्न सकिन्छ।

इपिजी प्रतिवेदनको चर्चा सेलाएको छैन। यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई कहिले बुझाइन्छ?
हामीले प्रतिवेदन तयार गरेका छौं। अब दुई देशका प्रधानमन्त्रीले 'तपाईंहरुको रिपोर्ट ल्याउनुस्, रिपोर्ट ग्रहण गर्न तयार छौं' भनेपछि हामी प्रतिवेदन बुझाउँछौं।

तर हल्ला के सुनिन्छ भने, भारतले प्रतिवेदनमा भएका केही सिफारिस सच्याउन चाहेकाले ढिलाइ भएको हो। यो सत्य हो?
म पनि इपिजी सदस्य हुँ। मलाई त्यस्तो कुरा भएको होलाजस्तो लाग्दैन। मेरो जानकारी बिना नै यस्तो कुरा हुँदै छ भने त्यो अलग्गै कुरा हो। त्यसमा मेरो नियन्त्रण छैन। भन्नु पनि केही छैन। तर मेरो ज्ञानअनुसार दुवै पक्षबाट त्यस्तो कुरा भएजस्तो लाग्दैन।

प्रतिवेदनमा परिवर्तन आउने सम्भावना छ?
म त्यस्तो सम्भावना देख्दिनँ। हामीले रिपोर्ट तयार गरेका हौं। त्यसलाई सरकारले स्वीकृति दिएर कार्यान्वयन गर्नु सरकारको काम हो। सरकारलाई कैयौं रिपोर्ट बुझाइन्छ। कति मान्ने वा नमान्ने सरकारको कुरा हो।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्