• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'दाजुले बहिनीलाई पढाउनुहुन्न भने ऊ दक्षिणपन्थी, भाइले दिदीलाई पढाउनुपर्छ भने ऊ वामपन्थी\'

64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  ०७:१०
1140x725

दक्षिणपन्थ अंग्रेजीको राइट (right) शब्दको नेपाली अनुवाद हो। यसको अवधारणा फ्रान्सेली क्रान्तिसँग जोडिन्छ। सन् १७८९ को आसपासको सो क्रान्तिको आसपासमा राजतन्त्र मान्नेहरु सभामुखको दायाँतिर बस्न थालेपछि उनीहरुलाई राइट विंग भन्न थालियो। उनीहरु राइटिस्ट हुन पुगे।
देब्रेतिर बस्नेहरु राजतन्त्र फाल्नुपर्छ, नयाँ पुँजीवाद ल्याउनुपर्छ भन्थे। उनीहरु लेफ्टिस्ट भए।

यसरी सभामुखको दाहिनेतिर बस्नेहरु दक्षिणपन्थी र देब्रेतिर बस्नेहरु वामपन्थीका रुपमा अनुवाद हुनपुग्यो। नेपालमा भने वामपन्थी भनेकै कम्युनिस्ट र कम्युनिस्ट भनेकै वामपन्थी तथा अरुचाहिँ दक्षिणपन्थी भनेजस्तो हुनपुग्यो। तर कम्युनिस्ट भनेको वामपन्थीचाहिँ होइन।

कम्युनिस्ट भनेको साम्यवादसम्म पुग्ने लक्ष लिएकाहरु हुन्। वामपन्थीचाहिँ तत्कालीन यथास्थितिसँग लड्न चाहनेहरु हुन्। बदल्न चाहनेहरु हुन्। त्यसैले भन्ने गरिन्छ, सबै कम्युनिस्टहरु वामपन्थी हुन्। तर सबै वामपन्थीहरु कम्युनिस्ट होइनन्।

दक्षिणपन्थलाई तत्कालीन यथास्थितिवादीको खराब पक्षलाई रक्षा गर्न चाहने प्रवृत्ति भनेर बुझ्ने चलन छ। खराब कुराको रक्षा गर्न चाहने वा समाजलाई पछाडितिर धकेल्न चाहनेलाई राजनीतिक शब्दावलीमा भन्ने हो भने यथास्थितिवादी वा दक्षिणपन्थी सोच भन्छौं।

एउटा घरभित्रको उदाहरण हेरौं। दाजुले बहिनीलाई पढाउनुहुन्न भन्यो भने ऊ प्रवृत्तिगत रुपमा दक्षिणपन्थी भयो। भाइले दिदीलाई पढाउनुपर्छ भन्यो भने ऊ वामपन्थी भयो।

अब संस्कृतिलाई परिभाषित गरौं। मानिसको हात र दिमाग प्रयोग गरेर जे जति चिज निर्माण हुन्छ। त्यो सबै संस्कृति हो। दिमाग प्रयोग गरेर के बन्छ? फासीवाद- विरोधीको कुरा सुन्नै नसक्ने प्रवृत्ति। नाजीवाद- हामी नाजीहरू सबैभन्दा श्रेष्ठ हौं भन्ने धारणा। राजनीति, सिद्धान्त, प्रेम र घृणा दिमाग प्रयोग गरेर बन्छ। दिमागले निर्माण गर्ने सबै संस्कृतिलाई हामी बौद्धिक संस्कृति भन्छौं।

अर्कोतिर हात प्रयोग गरेर ज्यावल, मेसिन, कम्प्युटर, किताब, खानेकुरा तथा भाँडाकुडाहरु बन्छन्। यस्ता भौतिक वस्तुहरुलाई हामी भौतिक संस्कृतिको रूपमा बुझ्छौं।

त्यसैले मान्छेको दिमाग वा हातले बनाएका सबै चिजलाई एक ठाउँमा जोड्यो भने त्यो संस्कृति बन्छ। यसरी बौद्धिक वा भौतिक चिजहरु संस्कृतिका अंगहरु हुन्छन्।

Ncell 2
Ncell 2

ooo

अब एकछिन दक्षिणपन्थको सांस्कृतिक जराको विषयमा चर्चा गरौं।

भ्लादिमिर पुटिनले भने– रुस नै रहँदैन भने संसार किन चाहियो?

यो दक्षिणपन्थको एउटा गम्भीर अभिव्यक्ति हो। उनको भनाइको अर्थ हो- रुस रहने सर्तमा मात्रै संसारलाई जिउँदो हुने अधिकार छ।
यो डरलाग्दो कुरा हो। पृथ्वीलाई सिध्याउने कुरा हो। आजको दक्षिणपन्थको उच्चतम रुप के हो भने- "मैले स्वीच हातमा लिएर बसेको छु।" हाइड्रोजन बम पड्काउने स्वीच!

यहाँ दुइटा मान्छे मार्ने कुरा छैन। मानव समाज सिध्याइदिने कुरा छ। दक्षिणपन्थको माथिल्लो उचाइ यसमा प्रकट हुन्छ।

प्रचण्डले धेरै पढ्यो भने मान्छे बौलाउँछन् भन्नुभयो। त्यो कुरा दक्षिणपन्थ नै हो। यो समाजशास्त्र वा शिक्षाशास्त्रले प्रमाणित गरेको विषय होइन। पढ्ने मान्छे बौलाउँछ भन्नु हावा कुरा हो। तर त्यो हावा कुरा उहाँले किन बोल्नुभयो।

राष्ट्रवादको बारेमा चर्चा हुन्छ। राष्ट्रवाद कहिले सही र कहिले गलत हुन्छ भन्ने सुनिन्छ। तर राष्ट्रवाद कहिले पनि सही हुँदैन। यो सही विचारधारा नै होइन।

नेपालमा दुई वटा नारा अहिले प्रकट भएका छन्। पहिलो, राष्ट्रवाद। दोस्रो, समृद्धि। नेपालको दक्षिणपन्थले अहिले अंगिकार गरेको सबैभन्दा ठूलो अवधारणा नै समृद्धि हो।

यथास्थितिलाई टिकाइराख्नुपर्छ वा पछाडि फर्किनुपर्छ भन्ने विचार वा प्रवृत्ति जन्मिन्छ किन? त्यो केको जगमा जन्मिन्छ? अर्थात्, त्यसलाई कुन संस्कृतिले प्रभाव पार्छ?

सबैभन्दा पहिले हामीले उत्पादन सम्बन्धका बारेमै बुझ्नुपर्छ।

एउटा सामन्तले मोहीलाई बढीभन्दा बढी कुत लगाउँथ्यो। किन लगाउँथ्यो? किनकि, उसको खेतमा त्यतिबेला कम मात्रै उत्पादन गर्ने औजार थियो। जब पुँजीवादले ट्याक्टर आविस्कार गर्‍यो। त्यसपछि मोही राख्न जरुरी नै भएन। त्यसबाट यति धेरै उत्पादन भयो कि मानिसलाई भू–दास बनाउनुपर्ने जरुरी नै भएन।

मोहीलाई कुत थपेको थपै गर्नुपर्छ भन्ने सामन्तवादी सोचको दक्षिणपन्थको प्रवृत्ति त्यतिबेलाको औजारमा आधारित थियो। उत्पादन क्षमतामा आधारित थियो। 

घाम मैले मात्रै ताप्न पाउनुपर्छ भन्ने दक्षिणपन्थी सोच उदाउन सम्भव नै छैन। किनकि, त्यो यतिमाथि छ कि कसैले छेक्न सम्भव नै छैन। तर पानीलाई मानिसले बोतलमा भर्न थाल्यो। त्यहाँ अब दक्षिणपन्थ सम्भव छ। पानीमाथि मान्छेले कब्जा गर्‍यो।

खराब वा यथास्थितिवादी चिन्तनमै रहिरहनुपर्छ भन्ने सोच वा प्रवृत्तिको मूल स्रोतचाहिँ त्यो बेलाको उत्पादक शक्ति वा उत्पादन गर्ने क्षमतामा आधारित भएर आउँछ। दक्षिणपन्थ र वामपन्थ दुवै आउँछ।

अहिलेको दुनियाँमा दक्षिणपन्थी सोचमा के कारणले समस्या भइरहेको छ त? पुँजीवादभित्र आएका संकटहरुले त्यो स्थिति सिर्जना गरेको हो।

प्रचण्डले धेरै पढ्यो भने मान्छे बौलाउँछन् भन्नुभयो। त्यो कुरा दक्षिणपन्थ नै हो। यो समाजशास्त्र वा शिक्षाशास्त्रले प्रमाणित गरेको विषय होइन। पढ्ने मान्छे बौलाउँछ भन्नु हावा कुरा हो। तर त्यो हावा कुरा उहाँले किन बोल्नुभयो? उहाँमा त्यस्तो खालको दक्षिणपन्थी सोच कहाँबाट आयो?

अब मैले थप पढेर नयाँ चिज निर्माण गर्न सक्दिनँ भन्ने संकटबाट प्रचण्डमा त्यो कुरा पैदा भयो। उहाँलाई जबसम्म बढीभन्दा बढी समाज अध्ययन गरेर क्रान्तिलाई अगाडि बढाउँछु भन्ने साहस थियो। त्यो बेलासम्म उहाँले पढ्ने मान्छेलाई साह्रै ज्ञानी देख्नुहुन्थ्यो। उहाँले 'बाबुराममा प्रवृत्ति खराब भए पनि पढेको मान्छे हो, ल्याउनुपर्छ' भन्नुहुन्थ्यो। उहाँले भनेकै कुरा हो यो। 

तर अहिले किन बदलिनुभयो त भने उहाँमा संकट पैदा भयो। विचारलाई विकास गर्न नसक्ने संकट पैदा भयो। यो जनयुद्ध र माओवादी आन्दोलनको सन्दर्भमा लागू हुन्छ।

माओवादी आन्दोलनमा असल वा खराब जेसुकै होलान्, त्यसलाई छाडिदिऔं। तर माओवादी आन्दोलन अघि बढ्दैबढ्दै गयो र सर्लक्क फर्केर किन आयो? संसारमा दुईवटा अवस्थामा राजनीतिक आन्दोलन फर्किएर आउँछन्। एउटा जनताले साथ दिएन भने। अर्को, नेतृत्वले विचार विकास गर्न सकेन भने।

जनताले साथ नदिएका होइनन्। जुनबेला माओवादी आन्दोलन फर्किएर आयो, त्यतिबेला माथिमाथि हेलिकोप्टर उडिरहेको थियो, तलतल हजारौं मानिस झोला बोकेर हिँडिरहेका थिए। मान्छेको संख्या त बढेको स्थिति थियो।

त्यसो भए समस्या कहाँ थियो त? त्यो आन्दोलनको नेतृत्वको विचारमा समस्या थियो।

नेपालमा राष्ट्रवादको नारा बेस्सरी आयो। किन आयो? हामी भूपरिवेष्ठित देशका मान्छे हौं। यहाँका मान्छेले मूलतः भारतसँग कसरी न्यायपूर्ण सम्बन्ध स्थापित गर्न सक्छ भन्ने नयाँ सिद्धान्त जन्माउनै सकेनौं।

पुरानो युगको कम्युनिस्ट आन्दोलनको रणनीति त्योसँग थियो र विदेशी हस्तक्षेप भयो भने सुरुङयुद्ध गर्ने हो चि मिन्ह र माओले देखाएको बाटोसम्मको रणनीति त्योसँग थियो। सुरुङ युद्ध त्यतिबेला किन सम्भव भएको थियो त? किनभने, त्यतिबेला जमिनभित्र हेर्ने औजार थिएन।

जमिनभित्र हेर्ने औजार बेलायतसँग मात्रै थियो भनिन्छ। त्यो 'जेड स्टोन'ले बनेको दुरबिन थियो। त्यो प्राकृतिक स्टोनको  घनत्व जति बढी हुन्थ्यो, त्यति नै गहिराइसम्म जमिनमुनि देख्न सकिन्थ्यो। त्यस्ता दुरबिनहरु एक दर्जन जति बेलायसँग मात्रै थियो भनिन्छ। त्यस्तो बेलामा सुरुङ युद्ध सफल हुन्थ्यो। अहिले त काँचका सामान्य दुरबिन बनिसके जसले धेरै परसम्म जमिनमुनि देख्न सकिन्छ।

भनेको के भने, अन्तिममा सुरुङ युद्ध गरौंला भन्नेसम्मको मात्रै चेतना थियो। जब नयाँ प्रविधिको चुनौती थपियो, त्यहाँबाट माओवादी युद्धलाई अगाडि बढाउने नयाँ रणनीति नै भएन। खल्तीमा जति बोकेर आएको हो, त्यो सकियो। अब गर्ने के?

यसरी विचार सिद्धिएको हो। विचारमा आधारित रणनीति सिद्धिएको थियो। अब के गर्ने? संकट पैदा भयो। यही संकट समाधान गर्नका लागि उसले दक्षिणपन्थको बाटो लियो। ज्यान जोगाऊ अभियान सुरु भयो।

दक्षिणपन्थी सोच वा प्रवृत्ति जन्मिनका निम्ति त्यहाँ आन्तरिक संकट हुन्छ।

नेपालमा राष्ट्रवादको नारा बेस्सरी आयो। किन आयो? हामी भूपरिवेष्ठित देशका मान्छे हौं। यहाँका मान्छेले मूलतः भारतसँग कसरी न्यायपूर्ण सम्बन्ध स्थापित गर्न सक्छ भन्ने नयाँ सिद्धान्त जन्माउनै सकेनौं।

हाम्रो छलफल कूटनीति ठिक हुनुपर्छ भन्नेमा केन्द्रित हुन्छ। तर कूटनीति कहिल्यै पनि संसारको राजनीतिको मुख्य कुरा होइन। राजनीति नै प्रमुख हो। कूटनीति त सहायक हो। भूपरिवेष्टित भएरै पनि हामी सधैंभरि स्वाधिन र प्रगति गर्ने दिशामा जानसक्छौं भन्ने राजनीतिक चिन्तन र सिद्धान्तमा संकट पैदा भयो। अनि उपाय के त? वैज्ञानिक समाधान नभएपछि दलालीमा जानुपर्‍यो।

यसरी दक्षिणपन्थी जन्मिनु एकातिरबाट डरलाग्दो कुरा हो भने अर्कोतिरबाट हेर्दा  फाइदाजनक कुरा पनि हो।

फाइदाजनक किनभने त्यो उग्र रुपमा आएन र जनजीवनलाई क्षति पुर्‍याएन भने त्यसका विरुद्ध लड्ने सकारात्मक आन्दोलन नै आउँदैन, आउनै परेन।

ooo

अहिले संसारमा संकटहरु देखापरेका छन्। सबै मानिस हैरान परेका छन्। पुँजीवाद सबैभन्दा बढी हैरान परेको छ।

यहाँ नर्वेको उदाहरण दिइन्छ, युरोपको उदाहरण दिइन्छ। युरोपले दुई-तीन सय वर्ष एसिया र ल्याटिन अमेरिकालाई लुटेको पैसा सिद्धिँदैछ अब। के उनीहरुले युरोपमा जोतेर कमाएका हुन् त्यो पैसा? भारतको एउटा राज्यबाट मात्रै ६ सय वटा जहाजमा हालेर सुन लगिएको थियो भनिन्छ ।

जुन दिन कतारमा ग्यास सकिएला, त्यहाँ के होला? फलाएको त केही पनि छैन। 

अब यस्तो दिन आइसक्यो कि माल उत्पादन गरौं सित्तै दिनुपर्ने। माल उत्पादन नगरौं नाफा हुँदैन।

शासक वर्गसँग समृद्धि गर्ने आइडिया छैन। जनतामा आकांक्षा ह्वात्तै बढेको छ। तर शासकमा आइडिया छैन। नभएपछि गर्ने के त? नभएको कुरा गर्ने। नत्र उपाय नै हुँदैन। कि त भाग्नुपर्‍यो।

महिलाहरु पनि हैरान भएका छन्। पुँजीवादले केही गर्छ कि भन्ने थियो। उसले घरबाट निकालेर कारखानामा ल्यायो। त्यहाँसम्म ठिकै थियो। मानवतावादी भनिएका नर्वेवालाहरु त लाइभ रुपमा यौन बेच्न थाले। पोर्नोग्राफीको कुरै छाडिदिऔं, पर्यटकलाई बोलाएर लाइभ यौन बेच्न थाले।

आन्तरिक राष्ट्रियताका मुद्दाहरु कहीँ पनि समाधान भएनन्। भारत र नेपालका दलितहरु हैरान परेका छन्। भारतमा त दलितकै छोराले संविधान लेखेको हो भन्छन् तर दलितका निम्ति भारत त पुरानै ठाउँमा  छ। दक्षिण एसियामा २० करोड दलितहरु छन्। हैरान भएका छन्।

मजदुरको पनि अवस्था खराब छ। उद्योग धन्दामा मेसिन मात्रै छ। टेक्नोलोजी मात्रै छ। आफूचाहिँ सडक खन्नुपरेको छ। सुरुङ खन्नुपरेको छ। ड्राइभिङ गर्नुपरेको छ। बेरोजगार हुनुपरेको छ। साम्यवादी आन्दोनलले केही गर्ला कि भन्ने थियो। क्युबासम्म त हान्यो। तर त्यसपछि ओरालो लाग्यो। यति ओरालो लाग्यो कि नेपालमा आइपुग्दा हरितन्नम भयो। मान्छेले खिसिट्युरी गर्ने विषय भयो।

श्रमिक पनि हैरानीमा छन्। कम्युनिस्टहरु हैरान छन् ।

यो समस्यालाई हल गर्न खराब विचारले प्रयत्न गर्नैपर्छ। एटम बम बनाएर तर्साउने। विश्वलाई तर्साउने। श्रमिकलाई तर्साउने। विद्रोह गर्न नदिने।

अहिलेको दक्षिणपन्थी स्वरुप छ, त्योचाहिँ पुँजीवादी समाजको चरमोत्कर्षतिर जाँदैछ। नत्र सिंगै मानवलाई सिद्याउने परमाणु बम किन बनाउँछ? फूल फुलाएको त होइन त्यो।

नेपालका नेताहरु चीन–चीन–चीन भनेका छन्, त्यो पैसा दिन्छ भनेको मात्रै हो। त्यहाँको खराब व्यवस्थाको विषयमा चुप लागेको पैसा दिन्छ भनेर मात्रै हो।

चीनको गल्लीगल्लीमा महिलाहरुले आफूलाई बेच्न बाध्य भएका छन्। एउटा सर्कुलर नै छ रे– औपचारिक रुपमा खुला ठाउँमा यो प्रचार नगर्ने।

चीनको समृद्धि अफ्रिका र ल्याटिन अमेरिकाको लुटमाथि आधारित छ अहिले। भेनेजुएलाको तेलमाथि कसको कब्जा छ? त्यो त रातो झन्डा गाडेर गरेको सेतो काम न हो। (मैले आजकाल कालोको ठाउँमा सेतो शब्द प्रयोग गर्न थालेको छु।)

लुटको अर्को नयाँ चरण सुरु भएको छ।

त्यसैले पुँजीवादको यो संकटले दक्षिणपन्थ जन्माउँछ। यो अनिवार्य छ।

हिटलर त्यसै जन्मिएको होइन। जर्मनीभित्रको आन्तरिक संकटले जन्मिएको हो। दोस्रो विश्वयुद्ध पनि आर्थिक मन्दीको शिकार भएपछि जन्मिएको हो।

नेपालमा एउटा चरण यस्तो गुज्रिँदैछ कि ठूलो माहोल बौद्धिक रुपमा च्युत हुँदै, सिद्धान्तबाट च्युत हुँदै, राम्रो संस्कृतिबाट च्युत हुँदै अगाडि गइरहेको छ।

नेपालको पनि चर्चा गरौं। एकपटक एकजना प्रधानमन्त्रीले के भन्नुभयो– जुन देशमा गैंडा छैन, तिनले राइनो भन्ने? गैंडा नहेर्ने मान्छे, मान्छे हुन्छ? पैसा भएर के गर्ने? गैंडा हेर्नुपर्दैन?

यो त अचम्मको कुरा भयो। केबाट जन्मिन्छ यस्तो कुरा? त्यसरी बोल्ने र त्यसलाई खप्ने चिन्तन केबाट जन्मिन्छ? नेपालमा पर्यटन कसरी विकास गर्छु भन्ने स्पष्ट दृष्टिकोण नभएपछि त्यस्तो विचार जन्मिन्छ। 

नेपालमा अहिले समृद्धिको नारा दक्षिणपन्थले टेक्ने लौरो भएको छ। यस्तो किन हुन्छ? मान्छे किन चाँडै सोच विचार नै नगरीकन आकर्षित हुन्छन् त? हुँदाहुँदा कोसीमा दुई वटा स्टिमर ल्याएर जहाज आउँछ भन्ने। मान्छेलाई यस्तो कुरा किन पच्छ भने हाम्रो जीवनमा हामीले प्रयोग गरिरहेको अर्थतन्त्रमा यसको जरा हेर्नुपर्छ। किनकि, ५० लाखभन्दा बढी मानिस नचिनेको देशमा जान बाध्य छौं। भित्रदेखि आँत सुकेको छ।

अर्कोतिर शासक वर्गसँग समृद्धि गर्ने आइडिया छैन। जनतामा आकांक्षा ह्वात्तै बढेको छ। तर शासकमा आइडिया छैन। नभएपछि गर्ने के त? नभएको कुरा गर्ने। नत्र उपाय नै हुँदैन। कि त भाग्नुपर्‍यो। मैले नेताहरुसँग कुनै बेला सोध्थेँ– के गरेको यो? उनीहरु भन्थे– अर्को उपाय नभएपछि के गर्ने त?

राजनीतिको नायक भएर आइएको छ। तर अगाडि लैजानसक्ने सम्भावना छैन। अर्कोतिर जनतामा तिब्र आकांक्षा छ। त्यसपछि थामथुम पार्ने, दमन गर्ने र उडाउनेतिर जाँदो रहेछ।

समृद्धिको नाराको असफलतासँग जबजब मान्छे संगठित रुपमा आलोचना गरेर अगाडि बढ्न थाल्छ, त्यसपछि दमन गर्न थालिन्छ। दमन नै गर्ने हो। अर्को केही विकल्प नै हुँदैन।

प्रधानमन्त्रीले पुस १६ गते पानीजहाज चढ्न आउनु भनिएको थियो। पुस १७ गते हामी जुलुस लिएर गएको भए के गरिन्थ्यो? कुटिन्थ्यो। हामी त नगएर पो नकुटिएको त। किनकि, हामीलाई मतलब नै भएन। त्यो पनि दुई कारणले। पहिलो, हामीलाई सधैंभरि राज्यको क्रियाकलापमा मतलबै हुँदैन। दोस्रो, त्यो हावा कुरा हो भनेर गएनौं। तर १७ गते जहाज देऊ, टिकट देऊ भनेर गएको भए कुटिन्थ्यो।

पूर्व पश्चिम राजमार्ग रुसले बनाइदियो। अरनिको राजमार्ग चीनले बनाइदियो। दशरथ रंगशाला अर्कैले बनाइदियो। हिमाल सिमेन्ट थियो, अर्कैले दिएको। नेपाली शासकले गरेको चाहिँ के?

दक्षिणपन्थसँग जबसम्म हामी मुकाबिला गर्न जाँदैनौं, तबसम्म त्यो दमनमा आउनै पर्दैन। र त्यसको असली अनुहार पनि देखिँदैन।

अहिलेसम्म लेखहरुमा, आलोचनाहरुमा मात्रै प्रकट भइरहेको हुनाले मात्रै यो दमनमा नआएको हो। तर जब यो भौतिक शक्तिमा रुपान्तरण हुन्छ, त्यसपछि त्यो दमनमा जान्छ।

ooo

नेपालमा एउटा चरण यस्तो गुज्रिँदैछ कि ठूलो माहोल बौद्धिक रुपमा च्युत हुँदै, सिद्धान्तबाट च्युत हुँदै, राम्रो संस्कृतिबाट च्युत हुँदै अगाडि गइरहेको छ।

यो चानचुने दुई तिहाइ होइन। यो सरकार बनाउनेवाला दुई तिहाइ होइन। यो युवा पुस्ता सिध्याउनेवाला दुई तिहाइ हो। सरकार त बहुमतमै पनि बनिहाल्छ। सरकार नभएको कहाँ छ र? केही भएन भने आर्मीलाई ल्याएर पनि बनाउँछन्। त्यो ठूलो कुरा होइन।

यो दुई तिहाइले बोकेको दक्षिणपन्थले पढ्ने मान्छे बौलाउँछ भन्छ। यसले बीसौं हजार कार्यकर्ताको अगाडि हाकाहाकी 'पार्टीको नाम कम्युनिस्ट पार्टी हुन्छ तर त्यो पार्टी कम्युनिस्ट पार्टी हुने छैन र वामपन्थी पार्टी पनि हुनेछैन' भन्छ। तर, कार्यकर्ता चुपचाप लाग्छ। किन?

कार्यकर्तालाई वर्षौंदेखि कम्युनिस्ट पार्टी भनेर आएको होइन? तर सबैलाई जम्मा गरेर त्यसको एकजना 'पाइलट'ले त्यो पार्टी कम्युनिस्ट पार्टी नै होइन भनिदिए। भनेपछि के पार्टी रहेछ त त्यो। धार्मिक पार्टी त होइन। क्षेत्रीय पार्टी पनि होइन। भनेपछि त्यो पुँजीवादी पार्टी हो।

बीसौं वर्षदेखि कम्युनिस्ट आदर्श भन्दै जे प्रशिक्षित गर्दै ल्यायो, एक सेकेन्डमा होइन भन्दिँदाखेरि त्यो विशाल फौजले एउटा औंला पनि उठाउँदैन।दुई तिहाइको दक्षिणपन्थले युवाको विशाल संख्यालाई वैचारिक रूपमा ध्वस्त बनाउँदैछ। समयमै प्रयत्न गरेनौं भने हामी धेरै सय वर्ष पछाडि पर्दैछौं।

जनयुद्ध वा पार्टी राजनीतिमा हिँडेको ३५ देखि ४० वर्ष उमेर समूहको मान्छेलाई सोध्नुस्– 'अब पृथ्वीको आयु कति छ? हामी महिला र पुरुषबीचको जे कुरालाई प्रेम भन्थ्यौं, आज त्यसको हालत कहाँ पुगेको छ? श्रीमती वा श्रीमान्‌सँग गरेको प्रेम, प्रेम नै छ कि अर्कै छ? करोडौंका संख्यामा मानिसहरु उत्पादनको थलोबाट सेवा क्षेत्रमा फालिए। यो के भइरहेछ? किन होला?'

हाम्रो फ्रेस र धेरै काम गर्न सक्ने युवाहरुको पुस्ता नेपालको दक्षिणपन्थले सिध्याइदियो। अब त्यसको सपना नै छैन। त्यसको अन्तिम सपना नै कसरी बाँच्ने भन्ने छ। दलाली गरेर, गुलामी गरेर, लुटेर, चोरेर हुन्छ कि बाँच्ने भन्ने छ। के गर्ने उपाय नभएपछि?

उसलाई यस्तो कुराको मतलबै छैन। उसले भन्नै सक्दैन। अधिकांशको कुरा यही हो। मानवीय सम्बन्धहरुको बारेमा उसले कुनै उत्तर नै दिन सक्दैन।

वैचारिक रुपमा युवा पुस्तालाई विघटन गरिँदैछ। मान्छेको विचार मारिदिइसकेपछि ऊ केही पनि होइन। त्यसलाई जे गरे पनि हुन्छ।

अहिले विकास निर्माण भएन भन्ने मात्रै समस्या होइन। नेपाली बेरोजगार भए भन्ने समस्या होइन। नेपालीहरु बेरोजगार भएका होइनन्। नेपालभित्र बेरोजगार छ। तर नेपाली बेरोजगार होइनन्।

नेपालीलाई रोजगारीको समस्या हुनेवाला छैन अब। किनकि, पुँजीवादी मुलुकमा बुढाबुढी हेर्ने फुर्सद छैन। थर्ड डिग्री काम गर्नेवाला मान्छे पनि हुने छैनन्। कतारीले अब किन ट्वाइलेट सफा गरेर बस्छ? त्यसको ट्वाइलेट सफा गर्न कि फिलिपिनी जान्छन्, कि नेपाली जान्छन्।

किस्ताकिस्तामा हाम्रा युवाहरुलाई उनीहरुले रोजगारी दिनेवाला छन्। यहाँको सत्ताचाहिँ ट्याक्स उठाउँछ। विदेशी सहयोगबाट कमिसन खान्छ।
अहिलेसम्म नेपाली शासकले के गरे? 

पूर्व पश्चिम राजमार्ग रुसले बनाइदियो। अरनिको राजमार्ग चीनले बनाइदियो। दशरथ रंगशाला अर्कैले बनाइदियो। हिमाल सिमेन्ट थियो, अर्कैले दिएको। नेपाली शासकले गरेको चाहिँ के?

केही दिनअघि मलाई एउटा टेलिभिजन कार्यक्रममा सोधिएको थियो- सरकारले गरेको राम्रो काम पनि भनिदिनुस् न।

मैले भनेँ– चीनले आएर कलंकीदेखि कोटेश्वरसम्म चक्रपथ बनायो। त्यो बनाइसकेपछि उसले नेपाल सरकारलाई बुझाउन चाहन्थ्यो। नेपाल सरकारले बुझिदियो। त्यही हो राम्रो काम। नबुझ्न पनि सक्थ्यो नि। म यो महिना बुझ्दिनँ, ६ महिनापछि आइज भन्न पनि सक्थ्यो नि। तर सरकारले त्यसो गरेन। राम्रो गर्‍यो। 

आजसम्मको शासकले के गरे त? एउटा त यिनीहरुले मजाले तलब खाएछन्। दोस्रो यिनीहरुले घुस खाएछन्। अर्को, यिनीहरुले कमिशन खाएछन्।

मलाई विकास हुने वा नहुने कुराले त्यति डर छैन। किनकि, नेपाल जस्तो अवस्थामा छ र आजको पुँजीवाद जस्तो अवस्थामा छ। त्यसले हामीले खोजेको समृद्धि कुनै हालतमा हुन दिँदैन। हुन सम्भव नै छैन।

अब विदेशी लगानीकर्ताले नेपालमा पुँजी लगानी गरेर उद्योगधन्दा किन खोल्ने? हिजो पो उसकोमा सामान कम उत्पादन हुन्थ्यो। मेसिन नै त्यस्तै खालका थिए। यहाँसम्म ल्याउँदा खर्च बढी लाग्थ्यो। अनि यहीँ उत्पादन गरियो भने नाफा बढी कमाउन सकिन्थ्यो। त्यसैले पो यहाँ लगानी गर्न पैसा लिएर आउँथ्यो।

अब भारत वा चीनमै यति धेरै सामान उत्पादन गर्न सकिने प्रविधि आयो कि यहाँ उत्पादन गरेको भन्दा त्यहीँबाट ढुवानी गरेर यहाँ ल्याउँदा बढी सस्तो पर्ने भयो। अनि यहाँ किन पैसा लिएर आउँछ उसले?

त्यसैले पुरानो मोडलबाट अरुले जस्तै गरी समृद्धि ल्याउन सम्भव नै छैन। बिलकुल नयाँ मोडल, नयाँ ढाँचा र नया परिस्थितिमा नगई हुँदैन।

३५ काटेको युवा पुस्ताको ठूलो हिस्सा डिप्रेसनमा गइरहेको देख्छु। त्यो समूहलाई अब उत्साहित गर्न पनि सकिँदैन। उसले दिमागमा धेरै 'कचरा' भरेर राखेको छ र त्यो कामै नलाग्ने छ।

मलाई समृद्धिको कुरामा त्यति ध्यान छैन। किनकि यो हुने कुरा नै होइन। स्वाभाविक रुपमा समाजको गति अनुसार आवश्यकताले केही विकासका काम हुन्छन्। जस्तो कि, गाउँलेले कराउँदा–कराउँदा एउटा पुल बन्छ। यस्तो सधैं भइरहन्छ।

धेरैको चिन्ता हुनुपर्ने विषय अर्कै छ। हाम्रो फ्रेस र धेरै काम गर्न सक्ने युवाहरुको पुस्ता नेपालको दक्षिणपन्थले सिध्याइदियो। अब त्यसको सपना नै छैन। त्यसको अन्तिम सपना नै कसरी बाँच्ने भन्ने छ। दलाली गरेर, गुलामी गरेर, लुटेर, चोरेर हुन्छ कि बाँच्ने भन्ने छ। के गर्ने उपाय नभएपछि? कि आत्महत्या गर्ने हो, कि माग्न जाने हो।

३५ काटेको युवा पुस्ताको ठूलो हिस्सा डिप्रेसनमा गइरहेको देख्छु। त्यो समूहलाई अब उत्साहित गर्न पनि सकिँदैन। उसले दिमागमा धेरै 'कचरा' भरेर राखेको छ र त्यो कामै नलाग्ने छ। १० वा २० वर्ष लागेर उसको दिमागमा जे भरिएको थियो, त्यसले त केही पनि काम गरेन। यो समूहलाई कसरी जोगाउने भन्ने सबैभन्दा चिन्ताको विषय हो।

अब मेहनत गर्ने भनेको जोसँग सबैभन्दा बढी उमेर बाँकी छ। त्यसको दिमागमा सपना भर्न सक्नुपर्छ। २० वर्षको मान्छेले सपना देख्यो भने उसँग ५० वर्षको समय बाँकी हुन्छ। आजको दक्षिणपन्थसँग लड्ने हो भने १६/१७ नाघेका तर ३५ वर्षभन्दा मुनिका पुस्तालाई हामी सबै लागेर वैज्ञानिक चेतनातिर, यथार्थवादी चेतनातिर र अन्ततः क्रान्तिकारी चेतनातिर लैजानका निम्ति मेहनत गर्नु नै यतिबेलाको आशाको निम्ति सबैभन्दा ठूलो कुरा हो जस्तो मलाई लाग्छ।

नयाँ पुस्ता उत्साहित भयो भने मात्रै खेर गएको पुस्ता पनि उत्साहित हुन सम्भव छ। नत्र सम्भव छैन।

(झापाको काँकरभिट्टामा आयोजित 'कला साहित्य उत्सव'मा आहुतिले 'दक्षिणपन्थको सांस्कृतिक जग' शीर्षक अन्तर्गत राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्