काठमाडाैं- बैतडीमा ग्रेडरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ। भिम दत्त पोलिटेक्निकल इन्स्टिच्युट पाटनमा बाली विज्ञान प्रथम वर्षमा अध्ययनरत बैतडी थलकुडाका १९ वर्षीय पुर्णनन्द भट्टको मृत्यु भएको हो।
शनिबार साँझ ६ बजे पाटन बजारदेखि एयरपाेर्टमा काम गर्न जान लागेको ग्रेडरले भट्टलाई ठक्कर दिएपछि उनलाई अस्पताल लगिएकाे र उपचारका क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोकटीले जानकारी दिए।
ग्रेडर चालकसहित निर्माणको ठेक्का पाएका ठेकेदार अहिले फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको उनले बताए।
यस्तै ग्रेडरकै कारण दुई तले घरमा पूर्ण क्षति पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।