रौतहट- पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मात्र नभई ८० प्रतिश मत ल्याउने बताएका छन्।
शनिबार रौतहटमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर-२ले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘मधेसी जनता हाम्रा सम्पत्ति हुन्। अब हामीलाई तराई/मधेशमा चार वर्षसम्म कसैले हराउन सक्दैन,' उनले भने, 'नेकपाले दुई तिहाई मात्रै हैन ८० प्रतिशत मत ल्याउँछ।' उनले यसको लागि पार्टीले विकास र समृद्धिका लागि विशेष प्याकेजको व्यवस्था ल्याउने समेत बताए।
‘अब विकास र समृद्धिका लागि नेकपाले विशेष प्याकेज ल्याउँछ। ठूल्ठूला परियोजना यहाँ आउछन्,’ उनले भने।
प्रधानमन्त्री ओलीको पहलमा सिके राउतसँग राजनीतिक सम्झौता गरेर शान्ति प्रक्रियामा सामेल गराएको दाबी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।