प्रियंका चोपडा उम्दा अभिनेत्री हुन् । ‘अन्दाज’, ‘एतराज’, ‘सात खून माफ’, ‘बर्फी’ र ‘गुन्डे’ जस्ता फिल्ममा उनी अलग–अलग भूमिकामा देखिएकी छिन् । जब मेरी कोम’ रिलिज भयो धेरैले उनको फिटनेसको तारिफ गरे । ‘सुन्दरी’शरिरलाई ‘खेलाडि ‘शरिर बनाउन उनले गरेको मेहनत मार्मिक छ । उनले आफूलाई शाररिक रुपमा ‘मेरी कोम’ बन्न ३ महिना लागेको बताएकी छिन् । राति जिम गएको कुरा उल्लेख गरेकी छिन् । बाँकी उनकै शब्दमाः
‘मेरी कोम’ मेरो जीवनको यस्तो फिल्म हो, जसलाई मैले अप्ठ्यारो समयमा सुरु गरेकी थिएँ । बुवा बितेको चार दिनपछि मैले यो फिल्म सुरु गरेकी थिएँ । त्यतिबेला भावानात्मक रूपमा टुटेकी थिएँ । तर, ‘मेरी कोम’को कथा एकदमै प्रेरणादायक छ । यसले मलाई अप्ठ्यारो समयमा पनि काम गर्ने प्रेरणा दियो ।
यस भूमिकालाई साकार पार्न मैले धेरै मेहनत गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा थियो । त्यसका लागि म तयार थिएँ । शारीरिक रूपले मेरी कोमजस्तै देखिनका लागि मलाई तीन महिना लाग्यो । यस फिल्मलाई हामीले दुई सेड्युलमा पूरा ग¥यौँ । दोस्रो सेड्युल मेरा बुवा बितेपछि सुरु भयो । बुवा बित्दा म एकदमै दुब्लाएकी थिएँ र आफ्नो सुगठित शारीरिक बनावटका लागि मलाई ट्रेनिङको आवश्यकता थियो ।

त्यतिबेला म ‘गुन्डे’ फिल्मको सुटिङ गर्दै थिएँ । दिनहुँ बाह्र–तेह्र घण्टा सुटिङ गर्थें । र, राति जिम जान्थेँ । बक्सिङ र जिम गरेर पाँच–छ घण्टा अभ्यास गर्थें । म यति मेहनत गर्थें कि मेरो शरीरको लवण नै सकिएको थियो ।
‘मेरी कोम’मा मसँगै असली बक्सरले काम गरिरहेका थिए । सुटिङका क्रममा उनीहरूलाई फिल्मी फाइटरजस्तै लड्ने अभिनय आउँदैनथ्यो । हानिरहेका छन् भन्ने देखाउनका लागि उनीहरूले पन्च हान्नु नै पथ्र्यो । स्लो मोसनमा सुट गर्दा उनीहरूको पन्चले मेरो शरीरलाई छुनुपथ्र्यो । र, मलाई भने ती पन्चका सामना गर्नु नै पथ्र्याे । एकपटक एक जना फाइटरले मेरो पेटमा बेस्कन पन्च हाने । एकछिनका लागि त मेरो सासै अड्कियो । सासै फेर्न सकिनँ । अनि, एकपटक मेरो हातको हड्डीमा चोट लाग्यो । टाउकोमा कति पन्च खाएँ, गन्ती नै छैन । गर्मीमा मेरो टाउकोमा खटिराहरू आएका थिए । पन्च खाँदा ती फुटे र खूब रगत बग्यो । असाध्यै दुख्यो पनि ।

म खानाको सोखिन मान्छे । ‘मेरी कोम’का लागि मैले खाना बलिदान गर्नुप¥यो । एथलिट लुकका लागि मैले अलग किसिमको आहारा लिनुपथ्र्यो । बोसोयुक्त, चिल्लो, पिरो केही पनि खान पाउँदिनथेँ । अग्ली र पातली भएकाले आफ्ना काँधलाई चौडा पार्नका लागि प्रोटिनयुक्त आहार खानुपथ्र्यो । प्रशिक्षकले मेरो शारीरिक वजनअनुसार सीमित खाना दिन्थे । यसरी खान नपाउँदा तड्पिएकी मैले सुटिङ सकिएको दिन मनग्गे बिरयानी खाएँ ।
–एजेन्सीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।