काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वाइडबडी खरिद प्रकरणमा निधन भएका रवीन्द्र अधिकारी निर्दोष भएको प्रधानमन्त्रीको अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन्।
‘रवीन्द्र अधिकारीको अन्त्यष्टि नसकिँदै उनी निर्दोष भनेर फैसला गर्ने प्रम न्यायाधीश हो? त्यो अधिकार उहाँलाई कसले दियो?’ प्रधानमन्त्रीलाई उनले प्रश्न गरे।
वाइडबडी, बूडीगण्डकी अथवा एनसेल प्रकरणमा ठूला नेता नै दोषी भए पनि कानुनी कठघरामा ल्याउनुपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘पदमा बसेको जथाभावी जे मन लाग्यो बोल्दै हिँड्न मिल्दैन।’
‘समसामयिक राजनितीमा देखापरेका जटिलता र निराकारणका उपाय’ विषयक अन्तरक्रियामा कोइरालाले उक्त कुरा बताएका हुन्।
प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशले पोखरामा गरेको कार्यक्रममा कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताए।
उनले भने, ‘महाधिवेशन गर्न जति ढिला गर्यो त्यति पार्टी कमजोर हुन्छ।’
केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार हिँड्न नसकेकाले पार्टी संकटमा पुगेको बताए।
घिमिरेले ३२ वर्षे उमेर हद लगाएर नेविसंघको केन्द्रीय समिति गठन गर्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।