काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभा आज रौतहटमा हुँदैछ।
नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले पनि सम्बोधन गर्दैछन्।
नेकपा प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए।
पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो।
आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ।
विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रसारण गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।