काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग सरकारको ११ बुँदे सहमति, राउत देखाएर तराईमा रोटी सेक्नेहरुको समय सकिएको प्रधानमन्त्री ओलीको भनाइ।
२) कानुनमन्त्री ढकालको सिफारिसमा आफ्नै सचिवालयमा कार्यरतलाई न्यायाधीकरणको अध्यक्ष, खनाललाई नियुक्त गर्न २९ वरिष्ठलाई मिचियो।
३) निर्मला हत्याकाण्डः विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश, दुबै जना फरार सूचीमा।
४) लिओनल मेसी ९ महिनापछि राष्ट्रिय टिममा फर्किए, यहि महिना भेनेजुएला र मोरक्को विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी हुने।
५) र, पुलवामा आक्रमणमा प्रधानमन्त्री मोदीले राजनीतिकरण गरेको राहुलको आरोप, ऐक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।