गाईघाट- नुहाउने क्रममा इनारमा डुबेर त्रियुगा नगरपालिका- ७ गुन्टेमा शुक्रबार एक वृद्धाको मृत्यु भएको छ।
गाउँकै सार्वजनिक इनारमा डुबेर स्थानीय ६५ वर्षीय सन्तबहादुर दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दनुवार नुहाउन इनार गएका थिए।
नुहाउन पानी तान्ने क्रममा इनारमै बाल्टिनसँगै झरेर उनको मृत्यु भएको स्थानीयले बताएका छन्।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।