विराटनगर– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भाण्टाबारीमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।
सप्तरीको सप्तकोसी नगरपालिका–३ का ६० वर्षीय अमरबहादुर थापाको मृत्यु भएको हो। पश्चिमतर्फ जाँदै गरेको स३३प २०५१ नम्बरको मोटरसाइकललाई पूर्वतर्फ जाँदै गरेको वा५ख ७११६ नम्बरको माईक्रोबसले कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा ठक्कर दिएको थियो।
दुर्घटनमा मोटरसाइकलको पछाडि बसेका थापाको मृत्यु भएको र चालक उनकै छोरा ३८ वर्षीय रमेश थापा घाइते भएको प्रहरीले जनाएको छ।
माइक्रो बसलाई नियन्त्रणमा लिइएको भाण्टाबारी प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।