महेन्द्रनगर- कञ्चनपुरमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका ३ नौलाखेत १० वर्षीय विकास ऐरी रहेको प्रहरीले जनाएको छ।
म १ ख ७३७ नम्बरको टिप्परले ऐरीलाई सोही ठाउँमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार गणेश भट्टले बताए। टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ। बालकको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।