काठमाडौं- प्रधानमन्त्री केपी ओली र पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतले एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।
सभागृहमा हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्ने बताइएको छ। उनी यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए।
जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।
राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए। मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका थिए।
लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।