जनकपुर- संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफ्नै मातहत राखेपपछि देश २ सरकारले भने आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी थालेको छ।
मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धी विधेयक पारित गरेको हो।
उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरी आठवटै जिल्लामा आफ्नै प्रशासनिक अधिकारी राख्ने बाटो खुला हुनेछ।
मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश प्रशासन सम्बन्धी ऐनका साथै प्रदेश वन सम्बन्धी ऐन, प्रदेश उद्योग सम्बन्धी ऐन, प्रदेश पर्यटन सम्बन्धी ऐन समेतलाई पारित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।