काठमाडौं- मधेसलाई अलग्गै राज्य बनाउने भन्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा सचिवालय बैठक डाकिएको हो।
विखण्डनवादी अभियान सञ्चालन गर्दै आएका राउतलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्न सचिवालय बैठक डाकिएको बताइएको छ। प्रधानमन्त्री ओली र राउतले संयुक्त रुपमा आज एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।