काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सनमा (बोलकबोल) दुई वटा कम्पनीले मात्रै आवेदन दिएका छन्।
प्राधिकरणले ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनमार्फत बिक्री गर्न फागुन १४ गते सूचना प्रकाशन गरेको थियो। त्यसमा नेपाल टेलिकम र एनसेलले मात्र आवेदन दिएका छन्। प्राधिकरणका अनुसार नेपाल टेलिकमले १८ सय मेगाहर्ज र एनसेलले ९००, १८०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीका लासि आवेदन दिएका हुन।
प्राधिकरणले १८ सय मेगाहर्जका लागि आधार मूल्य ३ करोड ६० लाख रुपैयाँ र २१०० मेगाहर्जका लागि २ः५ मेगाहर्जको १२ करोड तोकिएको छ।
मोबाइल सेवा प्रदायकले ५ मेगाहर्ज मात्र लिन पाउनेछ। भने अन्य बेसिक मेबाइल सेवा प्रदायकले १० देखि १५ मेगाहर्जसम्म लिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।