• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

माथिल्लो कर्णाली परियोजना : भारतीय कम्पनी \'जिएमआर\'को म्याद नथप्न दबाब

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  ०९:२९
1140x725

-नारायण ढुङ्गाना/रासस

काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब सुरु भएको छ।

७ वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरि पनि उसैलाई निर्माणको जिम्मा दिने हो भने आयोजना अनिश्चित हुने बताएका छन्। म्याद नथप्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले आज काठमाडौंमा विभिन्न राजनीतिक दल र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानद्वारा आयोजित अन्तरक्रियाका सहभागीले यसतर्फ सबै गम्भीर बन्नुपर्नेमा जोड दिए।

अन्तरक्रियामा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जागरण परिषद् नेपाल र माथिल्लो कर्णाली बचाऔँ अभियानका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो। जलविद्युतसम्बन्धीका जानकार प्राध्यापक हरिप्रसाद पण्डितले अन्य परियोजनाको तुलनामा न्यून खर्चमा सम्पन्न हुने आयोजनाका लागि विदेशी संस्था गुहारिरहनुपर्ने आवश्यकता नरहेको बताए।

उनले भने, '५० प्रतिशत सर्वसाधारण र ३० प्रतिशत सरकारले हाल्न सक्छ, बैंक र अरु सङ्घसंस्थाले २० प्रतिशत हालेर बनाउन सकिन्छ, राम्ररी काम गर्ने हो भने करीब ४ खर्बमा निर्माण गर्न सकिने अवस्था छ।' उनका अनुसार अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने निर्माण सम्पन्न गर्न ८ वर्ष लाग्नेछ।

Ncell 2
Ncell 2

अर्का जानकार रतन भण्डारीले परियोजनाको जिम्मा लिएको कम्पनी जिएमआर विरुद्धका ४ मुद्दा रहेको जानकारी दिँदै स्रोत नै नभएको कम्पनीसँग सम्झौता गरेकाले आयोजना बन्न नसकेको जिकिर गरे। उक्त कम्पनीले लाइसेन्स लिएर अरुलाई बेच्ने गरेको आरोप लगाउँदै उनले पछिल्लो पटक म्याद नथप्नका लागि भनेर मुद्दा हालेको बताए। नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख सन्तबहादुर पुनले सन् २००६ मा टेन्डर गरेर २००८ मा ७ वर्षमा सक्ने भनेर निर्माण सम्झौता भएको जानकारी दिँदै ११ वर्ष हुँदा पनि काम नगरेकाले जिएमआरलाई राखिरहन नहुने उल्लेख गरे।

सन् २०२१ सम्ममा सञ्चालनमा आउनुपर्ने आयोजना अहिलेसम्म निर्माणको अनुसार नै छैन। सो क्षेत्रको स्थलगत अध्ययनमा संलग्न पूर्वजलस्रोत सचिव डा द्धारिकानाथ ढुङ्गेलले विगतदेखि नै विभिन्न राजनीतिक नेतादेखि विज्ञले असहमति राख्दाराख्दै पनि सम्झौता भएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रको बेफाइदाबारे कुनै रिपोर्ट नआएको र स्रोतको व्यवस्थापनमा समस्या देखिएकाले उक्त कम्पनीले आयोजना बनाउन सक्ने अवस्था नरहेको दाबी गरे।

'अब परियोजना दलको एजेण्डा बन्नुपर्छ', उनले थपे। पार्टीहरुले एकीकृत आन्दोलन गर्न नसक्दा विदेशीले फाइदा लिइरहेको दाबी गर्दै राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले यस्ता परियोजना बनाउन नेपाली नै सक्षम रहेको बताए। विश्लेषक डा सुरेन्द्र केसीले मन्त्री हुँदा एउटा विचार, राजदूत हुँदा एउटा विचार र सामान्य नागरिक हुँदा क्रान्तिकारी विचार राख्ने अवस्था आएकाले नै नेपालको विकासमा अवरोध सिर्जना भइरहेको दाबी गरे। देशकोभन्दा आफ्नो स्वार्थमा लाग्ने चिन्तन नहटेसम्म विकास हुने अवस्था नदेखेको डा केसीको भनाइ थियो।

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले आफ्नै लगानीमा ४ हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने भनेको माथिल्लो कर्णाली आयोजना गलत कम्पनीको हातमा परेको भन्दै दुःख व्यक्त गरे। उनले स्रोत व्यवस्थापन नै गर्न नसक्ने जिएमआरलाई कुनैपनि हालतमा आयोजना निर्माणको जिम्मा दिन नहुनेमा जोड दिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६४ माघ १० गते अछामको भैरबस्थानमा विद्युत गृह रहने गरी जिएमआरसँग निर्माणको सम्झौता गरेको थियो।

विसं २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको सरकारका पालामा परियोजना विकास सम्झौतामा पुनः हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा २०७३ असोज ३ गतेभित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने उल्लेख छ। कुनै राजनीतिक संकट आएमा एक वर्ष म्याद थप्न सकिने सम्झौतामा उल्लेख छ। कुनै राजनीतिक संकट नआउँदै सरकारलाई दोष देखाएर जिएमआर पुनः म्याद थप्न सफल भएको अध्यक्ष शाहीले बताए।

सरकारले म्याद थप गरी २०७४ असोज ३ गतेका लागि स्रोत जुटाउने समय नाघेर पुनः २०७३ असोज तीन गतेसम्मका लागि थपिएको म्यादमा समेत उसले स्रोत जुटाउन नसकेको उनको दाबी छ। पटक-पटक म्याद थप्दै आएको कम्पनीलाई फेरि २०७६ असोज ३ गतेसम्मका लागि म्याद थप्ने तयारी भइरहेको भन्दै शाहीले अब कुनै पनि हालतमा जिएमआरको म्याद थप्न नहुने जिकिर गरे।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी
बाजुराबाट कांग्रेसका जनकराज गिरीले गरे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
बाजुराबाट कांग्रेसका जनकराज गिरीले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्