काठमाडाैं- डडेलधुराको भागेश्वर गाउँपालिका–४ मा काठको गोलीयाले किचेर बिहीबार एक जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका ४ बस्ने ५२ वर्षीय दलबहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
काठको गोलीया काट्ने क्रममा गोलीयाले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो। शवलाई पोष्टमार्टमको लागी उपक्षेत्रीय अस्पताल डडेलधुरामा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नाबय उपरिक्षक डम्बर बहादुर केसीले बताए।
यसैगरी डडेलधुराको आलिताल गाउँपालिका–८ काे घुम्ति बजारमा फागुन १४ गते आगलागी हुँदा घाइते भएकी उत्तम थापाकी ११ वर्षीय छोरी निरुता थापाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो। यसअघि थापाकी अर्की छाेरी निरुताकाे पनि मृत्यु भएकाे थियाे।
आगलागी हुदाँ पसल पूर्णरुपमा जलेर नष्ट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।