काठमाडाैं- रेशम चौधरीसहित टिकापुर हत्याकाण्डमा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा विभिन्न थारु संघसंगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै छन्।
थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माइतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको हो।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको जानकारी दिइन्।
उनले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गरिन्।
टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।