राजविराज– कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना सप्तरी मा मृत अवस्थामा फेला परेको छ।
कञ्चनरुप नगरपालिका ६, जमुवास्थित गहुँबारीमा मरेको अर्ना स्थानीयले फेला पारेका हुन्।
एक महिनादेखि बिरामी अवस्थामा रहेको अर्ना बुधवार साँझ मृत अवस्थामा भेटिएको स्थानीय मसुफलाल चौधरीले बताए। पेटमा घाउको चोट देखिएकाले आपसमा जुधेर अर्ना घाएते भएको हुन सक्ने उनको भनाइ छ।
मृत अर्ना कोसी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको टोलीले आरक्षतर्फ लगेको रेन्जर जयराम न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।