काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ४ चैतमा बस्ने भएको छ।
१४ फागुनमा बस्ने भनिएको बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले अनुशासन समिति गठनको प्रस्ताव अघि सार्न लागेका थिए।
उनी पक्षीय नेतालाई अनुशासन समितिको संयोजक दिने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताहरुले आपत्ति जनाएका छन्।
१२ फागुनमा केन्द्रीय समितिको बैठकले विधानलाई बहुमतको आधारमा पारित गरेको थियो।
संस्थापन इतर समूहका नेताहरुले महासमितिको बैठकको पारित प्रस्ताव विपरित विधान पारित भएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए।
बैठकमा अनुशासन समिति र विघटित भ्रातृ संगठन नेपाल विद्यार्थीका विषयमा छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।