काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सांसद गणेश पण्डितको निधनमा शोक व्यक्त गरेको छ।
महासचिव विष्णु पौडेलले जारी गरेको शोक विज्ञप्तिमा पण्डितले पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिस्ट आन्दोलन विस्तारका लागि निर्वाह गरेको भूमिका स्मरण गरिएको छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका पण्डितको ७२ वर्षकाे उमेरमा मंगलबार निधन भएको थियो।
नुवाकोट जिल्लाको शिखरशी– ६ मा जन्मेका पण्डित २०४८ सालको आमनिर्वाचमा नुवाकोट– २ बाट नेकपा (एमाले) का तर्फबाट विजयी भएका थिए। उनी पूर्व शिक्षक पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।