कृष्णनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन्।
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनीति अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिप्रति थापाले तीखो प्रहार गर्दै भने, 'मुलुकमा ब्रम्हलुट छ, यसको अन्त्यको लागि जनता जाग्नुपर्छ।'
मधेसी जनताको हकहित र समृद्धितर्फ भन्दा पनि भोटको राजनीति मात्र हुनु दुःखद भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेसी जनताले सीमामा बसेर खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
०६२/६३ को आन्दोलनको त्रुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो। आज कृष्णनगरबाट विभिन्न स्थानमा साना-ठूला सभा गर्दै यात्रा सुर्खेत पुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।