काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताए।
ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १ सय २५ जाति र १ सय २३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरे।
'नेपाल आफैंमा एउटा संग्राहलय हो। यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन', प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ।'
प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।