काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) टिकापुर काण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला, चौधरीको सांसद पद समेत खारेज।
२) तत्काल द्वन्द्व व्यवस्थापन गर्नेतर्फ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई ध्यानाकर्षण, तराई मधेसका असन्तुष्ट पक्षसँग छलफल गरी समयमै माग सम्बोधन गर्नुपर्नेमा जोड।
३) बढ्दो ब्याजदर विवाद सहमतिमा मिलाउन बैंकर र उद्योगीलाई अर्थमन्त्रीको सुझाव, पूर्वाधार विकासमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन।
४) च्याम्पिन्यस लिगको साविक विजेता रियल म्याड्रिड अन्तिम १६ मै सिमित, अन्तिम ८ मा डच क्लब अजाक्सको प्रवेश।
५) आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणतर्फ नआए उत्तर कोरियामाथि नाकाबन्दी लगाउने अमेरिकाको चेतावनी, निशस्त्रीकरणमा गम्भीर नदेखिएको आरोप।
हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।