काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ।
पुजारी तिमल्सिनाको उपचाराका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए।
उनका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी तिमल्सिना बस्दै आएका थिए।
मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयले पुजारी तिमल्सिना छतबाट खसेको देखेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।