सुनसरी– सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेबाट ५ सय ७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान-१५ का ३६ वर्षीय विकास लामा, धरान-६ का २४ वर्षीय दिनेश खड्का, धरान-५ का ३७ वर्षीय जस बहादुर राई र धरान-६ का २४ वर्षीय विभस तामाङ रहेका छन्।
उनीहरूलाई मंगलबार राति साढे १० बजे अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा स्पास्मोप्रोक्सिवन र १ बोतल डाइलक्स डिसीसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका ४ जनालाई नै इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जानएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।