काठमाडौं– सुदूरपश्चिम प्रदेशको सुरक्षा सम्बन्धी गोष्ठी मंगलबारदेखि धनगढीमा सुरु भएको छ।
गृह मन्त्रालयको आयोजनामा दुई दिने सुरक्षा गोष्ठी धनगढीमा सुरु भएको हो। पहिलो दिन गृह मन्त्रालय र जिल्लाहरुमा रहेका सुरक्षा समितिका सदस्यहरु बीच सुरक्षा अवस्थाको वारेमा छलफल भएको थियो।
नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रमख सहितको सहभागितामा सुरक्षा अवस्थाको बारेमा छलफल गरिएको हो।
यस्तै वर्तमान ऐन कानुन, कार्यान्वयनको अवस्था तथा चुनौतीका विषयमा छलफल गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए।
पहिलो दिन गृह मन्त्रालय र जिल्लागत सुरक्षा समितीका पदाधिकारीबीच छलफल भएकोमा तीन वटै सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।
नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, शसस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख पनि सुरक्षा अवस्थाको छलफलमा सहभागी थिए।
आजगृहमन्त्री रामबहादुर थापा बादलसहितको सहभागितामा सुरक्षा अवस्थाको विश्लेषण गरिने भएको छ।
गृहमन्त्री बादलसहित गृह सचिव प्रेमकुमार राई लगायतको सहभागितामा गोष्ठीमा छलफल भएर सुरक्षा अवस्था सुदृढ बनाउन गृहमन्त्री थापाले निर्देशन दिने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।