भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले सरकारको आधार वर्ष सफल भएको बताएका छन्।
उनले धेरै समयपछि निर्माण भएको स्थायी सरकार नै नेपालीको समृद्धिको आधार भएको तर्क गर्दै चालु आधार वर्ष तयारीको वर्ष भएको उल्लेख गरे।
उनले अबको ४ वर्षभित्र सरकारले जनआकांक्षाअनुसार काम गर्नेे बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले सरकारले आर्थिक उन्नतीको लागि खुट्टा टेकेमा केही वर्षमै नेपाल, चीन र भारतले जस्तै आर्थिक समृद्धिमा फड्को मार्ने बताए।
उनले अबको शैक्षिक नारा सबैको लागि शिक्षा, गुणस्तरीय शिक्षा हुनुपर्ने बताए।
रुपन्देही क्याम्पस भैरहवाको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भुसालले भने, ‘संविधानले नै शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको छ। हाम्रो संविधानले समाजवादउन्मुख शिक्षाको समेत प्रष्ट उल्लेख गरेको छ। यस्तो अवस्थामा शैक्षिक गुणस्तरीयता मुख्य हुने गर्दछ।’
नेता भुसालले मुलुकमा अहिले भित्रिने रेमिट्यान्स ७५ प्रतिशत अदक्ष जनशक्तिको आर्जन, २४ प्रतिशत अर्धदक्ष जनशक्तिको आर्जन र केबल १ प्रतिशत मात्रै दक्ष जनशक्तिको आर्जन भएको उल्लेख गरे।
उनले व्यावहारिक र वैज्ञानिक शिक्षामा सबैको ध्यान जानुपर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।