पोखरा– पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन्। रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
उनीहरूको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाही सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।