काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन यही फागुन २६ गते अमेरिका जाने भएकी छन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था 'कमिसन अन दि स्ट्याटस अफ वुमन' ले गर्न लागेको 'वुमन इन पावर' कार्यक्रममा राष्ट्रपति सहभागी हुन लागेकी हुन्।
राष्ट्रपतिका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि जाने कार्यक्रम तय भएको छ।
पाँचदिने भ्रमणका क्रममा राष्ट्रपतिले फागुन २८ गते राष्ट्रसंघमा दिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।