काठमाडौं– पूर्वसांसद गणेश पण्डितको निधन भएको छ।
मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए।
विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए।
विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए।
झण्डै ८ महिना प्रहरी उनी हिरासतमा बसेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेदवार बनेका थिए।
काठमाडौंको बसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन्। पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।