एजेन्सी- सन् २०१७ मा भारतीय क्रीकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिए। उनीहरूको विवाहको कार्यक्रम अत्यन्तै गोप्य राखिएको थियो। त्यसैले विवाह गर्न पनि उनीहरू इटली पुगेका थिए।
भारतमा गरिएको विवाहको तयारी उनीहरू गोप्य राख्न सफल पनि भए।
विवाहको जानकारी कसैलाई नहोस् भन्नका लागि अनुष्काले क्याटरिङ बुकिङमा बेहुलाको नाम विराट नराखी ‘राहुल’ राखेकी रहिछन्।
उनले सेलिब्रटीको विवाह भएको कसैले पनि थाहा नपाओस् भनेर विराटको नाम परिवर्तन गरी राहुल राखिएको हालै एक अन्तर्वार्तामा बताएकी छिन्।
सन् २०१३ मा शैम्पुको विज्ञापन सुटिङका क्रममा विराट र अनुष्काको भेट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।