काठमाडौं- राष्ट्रियसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
पूर्वअर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए।
अधिकारी विस २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि थिए।
राष्ट्रियसभाको अर्को बैठक फागुन २६ गते आईतबार अपराह्न १ बजेका लागि बोलाईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।