• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

झापा आन्दोलन सम्झिँदै प्रधानमन्त्रीले भने– अघि बढ्न अब सिर्फ तीन वटा बाटा छन्

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  १२:०७
1140x725

फागुन २१, नेपालको राजनीतिक आन्दोलनको इतिहासमा एउटा विशेष दिन हो। यो दिनले चरम दमन, स्वेच्छाचारी थितिहिनताको परकाष्टा कस्तो हुन्छ भन्ने प्रतिविम्बित गर्छ। साथै यो दिनले तानाशाही विरोधी आन्दोलन कस्तो हुन्छ, कसरी जान्छ, कति साहसिक हुन्छ र बलिदानले कति प्रेरणा दिन्छ भन्ने पनि देखाउँछ।

२१ फागुन २०२९। साँझको बेला। झापा आन्दोलनका अगुवा पाँच योद्धाहरुलाई झापा जेलबाट इलाम सार्ने भनेर लगियो र बाटोमै गोली हानी हत्या गरियो।

सुखानी भन्ने एउटा खोला छ– झापाको खुदुनावारी र इलामको दानवारी सीमानाको निर्जन ठाउँभन्दा पर। पुरानो नामको हिसाबले ‘यमोद्वारको उत्तर’ वा ‘यमोद्वारको उत्तरी जंगल’ अथवा ‘यमोद्वारको जंगल’ भनिने ठाउँको झापातर्फको किनार। चारकोसे झाडीको छेउ हो त्यो। त्यस ठाउँमा साँझ पर्ने बेला रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई गोली ठोकेर हत्या गरियो। अलिकति वरपर भएपनि एकै ठाउँमा हत्या गरिएको हो, सामुन्नेमै। अत्यन्त आंतकपूर्ण वातावरणमा।

त्यसैले यो दिनले एउटा प्रेरणा दिन्छ, एउटा संकल्पका लागि फेरि उद्घोष गर्छ। त्यो दमन वा त्यो हत्याकाण्ड नेपालको राजनीतिक इतिहासमा गरिएको पहिलो र ठूलो, एक ढंगले भन्ने हो भने पहिलो र अन्तिम हो। त्यति ठूलो संख्यामा १९९७ सालमा चार जनाको हत्या भएको थियो। २०३१ असोजमा नख्खु जेलबाट निकालेर नख्खु ओरालोमा चारजना युवाहरुको हत्या भएको थियो। जेलबाट निकालेर गरिएको झापाको त्यो हत्या नै सबैभन्दा ठूलो घटना थियो र सबैभन्दा ठूलो दमनपनि।

यस्तो जघन्य अपराध तत्कालिन सत्ताले किन गर्नु पर्यो?

त्यसको कारण थियो, झापा आन्दोलनले बोकेको सन्देश। त्यो आन्दोलनले जुन सन्देश बोकेको थियो, जुन उद्देश्य लिएको थियो, जुन अभिप्रेरणा दिएको थियो, जुन न्यायको शंखघोष गरेको थियो, ती सबै कुरालाई एकमुष्ठ समाप्त पार्ने प्रयास थियो त्यो हत्याकाण्ड। युवाहरुमा आन्दोलन र परिवर्तनप्रति बढ्दो जुन आकर्षण थियो, ती योद्धाहरुको हत्या गरेर त्यो आकर्षण समाप्त पार्ने प्रयास थियो।

त्यो निर्मम हत्याकाण्डमा जो मारिनु भयो, उहाँहरुप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु।

उहाँहरुलाई हामीले विधिवत सहीद घोषणा गरेको छौँ। उहाँहरु हामी सबैका आदरणीय अमर सहीदहरु हुनुहुन्छ। उहाँहरु देश र जनताका लागि बलिदान हुनु भयो। उहाँहरुको बलिदान खेर गएन। झापा आन्दोलनका दुई उद्देश्य थिए। एउटा, त्यसबेला चालु रहेको निरङ्कुश राजतन्त्रलाई समाप्त पार्नु र गणतन्त्र नेपाल स्थापना गर्नु। त्यसबेला चलिरहेको निर्दलीय पञ्चायती तानाशाहीलाई समाप्त पार्नु र बहुदलीय वैचारिक स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय र समानता सहितको लोकतन्त्र स्थापना गर्नु। अथवा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु त्यो आन्दोलनको एउटा उद्देश्य थियो। र, खासमा मूल उद्देश्य पनि त्यही थियो।

Ncell 2
Ncell 2
nimb
nimb

जो मारिनु भयो उहाँहरूको आकांक्षा नेपालको राष्ट्रियतालाई मजबुत बनाउने, राष्ट्रिय अखण्डत मजबुत बनाउने, वास्तविक अर्थमा स्वाधिनता प्राप्त र प्रयोग गर्ने थियो। त्यो आकांक्षालाई समग्रतामा लोकतान्त्रिक गणतन्त्र भने पुग्छ। त्यही उद्देश्यका लागि उहाँहरु लड्नु भएको थियो।

उहाँहरुको विश्वास थियो, सामाजिक न्याय र समानतामा आधारित, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित जनताको लोकतान्त्रिक प्रणाली आवश्यक छ। अर्थात् प्रगतिशील, वामपन्थी वा कम्युनिष्ट शक्ति आवश्यक छ। वैचारिक स्पष्टता सहितको शक्तिको एकता र सुदृढीकरण हुनुपर्छ भन्ने मान्यता थियो। संक्षिप्तमा भन्ने हो भने, कम्युनिष्ट आन्दोलनको सशक्त र निर्णायक भूमिकाको आवश्यकता उहाँहरुले देख्नुभएको थियो।

त्यसका लागि दुईवटा प्रयास भए। एक, लोकतान्त्रिक गणतन्त्रको स्थापना। दुई, कम्युनिष्ट आन्दोलनको सुदृढीकरण र निर्णायक तहमा पुर्याउने प्रक्रियाको सुरुवात। यही उद्देश्य प्राप्तिका लागि झापा आन्दोलन भएको थियो।

कसै–कसैले ठान्छन्, झापा आन्दोलन नक्सलवादी आन्दोलनको प्रभावबाट सिर्जित हो। तर, होइन। झापा आन्दोलन मौलिक आन्दोलन हो। यो कतैबाट सिर्जित होइन। यो त माक्र्सवादी दर्शन, माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रेरित, निर्देशित र आफ्ना आवश्यकताबाट अभिप्रेरित आन्दोलन हो। यो कुरा म आधिकारिक रुपमा किन भन्न सक्छु भने, म त्यो आन्दोलनको सिर्जनाकर्ता मध्येको कम्तिमा एकजना हुँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामीलाई राम्ररी थाहा छ– कसैबाट उल्किएर, कसैबाट अभिप्रेरित भएर, कसैलाई देखेर त्यो आन्दोलन सुरु भएको होइन। हामी माक्र्सवाद–लेनिनवादबाट प्रभावित थियौँ। किसानलाई मुख्य शक्ति मानेर, ग्रामिण क्षेत्रलाई मुख्य आधार मानेर, दीर्घकालिन जनयुद्ध, जनसङ्घर्षबाट जान सकिन्छ भन्ने विश्वास थियो। र, माओत्सेतुङ विचारधारासम्मत छ यो भन्ने लाग्थ्यो।

त्यस हिसाबले हामीले मौलिक ढंगले झापा आन्दोलन सुरु गरेका थियौँ। वैचारिक, सैद्धान्तिक हिसाबले हामी प्रेरित थियौँ। त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति चलिराखेको थियो। त्यसबाट हामी स्वभाविक रुपमा केही उत्साहित त थियौँ। तर त्यसैबाट प्रभावित भएर, त्यसैबाट निर्देशित भएर झापा आन्दोन सुरु भएको होइन। माक्र्सवादी दर्शन, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र आफ्नो देशको परिवर्तनको आवश्यकताका आधारमा हामीले सुरुवात गरेका थियौँ।

यो आन्दोलनको सुरुवात किसानमाथिको दमन, मोहीमाथिको दमन, गरिवमाथिको दमनविरुद्ध भएको थियो। यसको सुरुवात पञ्चायती तानाशाही व्यवस्थाप्रतिको वैचारिक असहमति र विरोधबाट भएको थियो। यसको सुरुवात जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तमा आधारित राजतन्त्रात्मक सामन्ती प्रणालीप्रतिको असहमति र विरोधबाट भएको थियो। तसर्थ, यो मौलिक सङ्घर्ष थियो।

यसले सशस्त्र सङ्घर्षको पक्षपोषण गरेको थियो। शान्तिपूर्ण संघर्ष वा सशस्त्र संघर्ष भन्ने कुरा निरपेक्ष हुँदैन, समय सापेक्ष हुन्छ। हाम्रो गन्तव्य शान्तिपूर्ण आन्दोलन नै थियो। तर, जब जनतालाई संवैधानिक र शान्तिपूर्ण उपायबाट आफ्ना इच्छा, आवश्यकता, समस्या, पिरमर्का अभिव्यक्त गर्न दिइँदैन, अर्थात् शान्तिपूर्ण बाटोमा हिँड्नबाट बञ्चित गरिन्छ, शान्तिपूर्ण रुपमा आफ्ना आवाज उठाउँदा दमन गरिन्छ, त्यो बेला दमनको प्रतिवाद गर्ने र प्रतिरोध गर्ने हक जनतालाई हुन्छ। जनता सार्वभौमसत्ता सम्पन्न हुन्, त्यसैले यो हक हुन्छ।

यदि संवैधानिक बाटाहरु खुला छन् भने, कानुनी हिसाबले इच्छा, आकांक्षा अभिव्यक्त गर्न दिइन्छ भने अथवा शान्तिपूर्ण र वैधानिक उपायबाट जनताले आफ्नो अभिमत प्रकट गर्ने र सार्वभौम निर्णय दिने अवसर प्राप्त गर्छन् भने अन्य बाटाहरु जस्तैः हिंसाको बाटो विल्कुलै स्वीकार्य हुँदैन। यस्तो बाटो आलोचनायोग्य हुन्छ, विरोधयोग्य हुन्छ, असहमतियोग्य हुन्छ।

तर त्यसरी शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्ने अवस्था छैन् भने सार्वभौम जनताले हिंसात्मक दमन चुपचाप सहनुपर्ने भन्ने हुँदैन। मुठ्ठीभरले अनुचित ढंगले सत्ता हत्याउने र सत्ता टिकाउन प्रतिक्रियावादी तत्वहरुले गर्ने दमन कहिल्यै वैध हुँदैन। अवैध दमन चाहे संवैधानिक प्रबन्धबाट गरिएको होस् वा नहोस्, त्यस्तो दमन जनताले स्वीकार्नु हुँदैन।

त्यसकारण झापा आन्दोलनले त्यसबेला लिएको प्रतिवाद र प्रतिरोधको नीति ठीक थियो। हिँसा कतिखेर ग्राह्य हुन सक्छ, कतिखेर विल्कुल ग्राह्य हुँदैन भन्ने कुरा त्यो बेलाको परिस्थितिले निर्धारण गर्छ। झापा आन्दोलनलाई नै हेरेर, त्यस्तो दमनकारी अवस्थामा गरिएका प्रतिरोधलाई हेरेर वा २००७ सालको आन्दोलनमा जनताले उठाएका हतियारलाई हेरेर हिँसात्मक संघर्ष सधैँ सही, औचित्यपूर्ण हुन्छ भन्ने मान्यता दिइयो भने त्यो सही हुँदैन। अर्थात् शान्तिपूर्ण र वैधानिक बाटाहरु उपलब्ध भएका बेला उठाइएको हतियार कुनै अर्थमा पनि सही हुन सक्दैन।

यस अर्थमा झापा आन्दोलनले लिएको सङ्घर्षको बाटो सही थियो।

त्यस्तै, त्यो आन्दोलनलाई नक्सलवादी आन्दोलनको छायाँ वा त्यसबाट अभिप्रेरित, सिर्जित भएको ठानियो भने भूल हुन्छ। त्यो आन्दोलन आफ्ना स्तरीय र व्यवस्थित सामाजिक परिवर्तनका मूल्य–मान्यतामा आधारित भएर सुरु भएर अगाडि बढेको थियो। बीचमा नक्सलपन्थी प्रभाव आयो। हामीले भरसक बाँध लगाउन खोज्यौँ। तर बाँध पक्की भएन, ‘सिपेज’ (चुहिने) भयो। ‘सिपेज’ ले बाँधै भत्कायो। हस्तक्षेपकारी तरिका अबलम्बन भए। र, हाम्रो आन्दोलनको काँचोपनको गुण त्यसमा मिसियो, जसले गर्दा कतिपय गलत मूल्य–मान्यताहरु नक्सलपन्थीहरुबाट झापा आन्दोलनले सापटी लियो। र, झापा आन्दोलन सफलतापूर्वक अगाडि जान सकेन। त्यसले आफ्नो सामाथ्र्य भन्दा ठूलो दमन झेल्नु पर्यो।

कतिपय आयातित कमजोर पक्षहरु रहे, त्यसका बाबजुद त्यो आन्दोलन अत्यन्त लोकप्रिय भयो। युवाहरुको आकर्षणको विषय बन्यो। त्यसले अपनाएका तरिकाका कारण होइन, त्यो आन्दोलनले लिएका उद्देश्यहरुका कारण यस्तो भयो। त्यसले गरेका संकल्पहरुले आन्दोलनलाई लोकप्रिय बनायो। ती संकल्प प्राप्तिका निम्ति त्यसले देखाएको बलिदानपूर्ण सङ्घर्षको साहसिक बाटोबाट युवाहरु आकर्षित भए। अरु समूहहरुले त्यो आन्दोलनको आलोचना गर्दागर्दै पनि ‘ती आन्दोलनकारी युवाहरुको साहसको कदर गर्नु पर्दछ, तिनको बलिदानको कदर गर्नु पर्दछ, अरुले गर्न नसकेको हिम्मत तिनले गरिरहेका छन्, त्यसको सम्मान गर्नु पर्दछ’ भन्ने भयो।

चाहे मनमोहन अधिकारी हुन्, चाहे पुष्पलाल वा वीपी कोइराला, त्यो आन्दोलनप्रति सबैको एउटै धारणा रह्यो। त्यसकारण त्यो आन्दोलनका उद्देश्य महान् थिए।

समर्पणको भाव, मूल्य–मान्यताप्रति इमानको भाव, इमानका साथ समपर्णको भाव– यी चिजहरु त्यो आन्दोनका ‘एसेट’ (सम्पति) हुन्, त्यसका पूँँजी हुन्।

त्यो आन्दोलनका क्रममा अरु पनि केही साथीहरु बलिदान हुनुभयो। त्यसपछि चन्द्र डाँगी जस्ता साथीहरु पनि मारिनु भयो। धेरैले यातना, जेलनेल र कष्टपूर्ण जीवन भोग्नुभयो। जेलमै मृत्युवरण जस्ता कुराहरु पनि सहनु पर्यो। बैधव्य, बात्सल्यबाट बञ्चित, आर्थिक अवस्था डाँवाडोल, सम्पति लुटपाट– यी सबै कुरा झेल्नु पर्यो। निर्दोष मान्छेहरु पनि त्यसमा मुछिए तर ती निर्दोषहरुले शिर झुकाउन मानेनन्। आन्दोलनको शिर निहुरन दिएनन्। तिनले ‘मेरो कारणले आन्दोलनको गरिमा घट्नु हुँदैन, म असम्बन्धित मान्छे थिएँ, तर मैले शिर झुकाएँ भने आन्दोलनको शिर झुक्छ, आन्दोलनको शिर झुक्यो भने त्यसका महान उद्देश्यहरु बिथोलिन्छन्, त्यसका उद्देश्यहरु धुमिल हुन्छन्, त्यसकारण मैले आफ्नो शिर झुकाउनु हुँदैन’ भन्ने ठाने।

जो मानिसहरु अनुचित ढंगले मुछिएर जेलमा हालिएका थिए, दमनमा पारिएका थिए, तिनले पनि आन्दोलनको गरिमाको ख्याल राखे।

म त्यो आन्दोलनमा सरिक सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक सबै महान देख्छु। एकाधले शत्रुसँग मिलेर गल्ति गरे होलान्, ती आन्दोलनको पंक्तिका मानिस थिएनन् वा रहेनन्। तर, हाम्रा नेता–कार्यकर्ता महान छन्। १७–१८ बर्ष जेल बसे, केही पाएनन्। कुनै शिकायत छैन्, कुनै गुनासो छैन, ‘मैले यो पाइन’ भन्ने छैन। कुनै पद खोजेका छैनन्, कुनै सरकारी सहायता पनि खोजेका छैनन्। राहत पनि खोजेका छैनन्, क्षतिपूर्ति पनि खोजेका छैनन्। अहिले पनि त्यसरी बसेका छन्, स्वाभिमानका साथ। म ती साथीहरुलाई सम्झिँदा गर्व गर्छु, उहाँहरुको उच्च प्रशंसा गर्छु।

झापा आन्दोलनका केही विशेषताहरु छन्। कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै आफूलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभ्यायो, वैचारिक हिसाबले। २००७ सालको आन्दोलन गणतन्त्रका लागि थिएन। त्यो आन्दोलनले त भागेका राजालाई थोत्रो डोकोमा हालेर, नाम्लो लगाएर बोकेर ल्याएर फेरि गद्दीमा बसायो। २००७ को आन्दोलन राणा विरोधी थियो, लोकतान्त्रिक हक अधिकारका लागि थियो। तर समग्र सामन्तवाद विरोधी उचाई–चिन्तनको स्वरुप त्यसले लिन सकेन। र, त्यो त्यस रुपमा सफल पनि हुन सकेन।

यद्यपी, २००७ को आन्दोलन एउटा महान क्रान्ति हो, जसले केही कमी–कमजोरीका बाबजुद राणाको जहानिया शासनको अन्धकार युगबाट नेपाललाई आधुनिक युगमा प्रवेश गरायो। समग्र सामन्तवाद विरोधी आन्दोलनको उचाई लिन नसक्नुका सीमाका बाबजुद त्यो महान क्रान्ति हो। नेपाली समाजलाई एउटा पुरानो अन्धकार युगको समाजबाट लोकतान्त्रिक समाजमा पदार्पण गराएकाले त्यो महान क्रान्ति हो।

कम्युनिष्ट पार्टीले त्यस अगावै वैचारिक रुपले आफूलाई गणतन्त्रवादीका रुपमा स्थापित गरेको थियो। तर गणतन्त्रका लागि नै भनेर नेपालमा आन्दोलन भएको थिएन। झापा आन्दोलन नै पहिलो आन्दोलन हो, जसले गणतन्त्रका निम्ति व्यवहारिक आन्दोलन गर्यो, क्रान्तिको जमर्को गर्यो। त्यो बेला कम्युनिष्ट आन्दोलन टुक्राटुक्रामा विभाजित थियो, विभाजनका कारण आन्दोलन शिथिल थियो। त्यसलाई क्रान्तिकारी नीति, सक्रियता, एकता, एकीकरण, र नयाँ पार्टी निर्माणको पाटोबाट पार्टीलाई जुझारु बनाउने काम झापा आन्दोलनले गर्यो। त्यसले गर्दा पार्टीप्रति यति धेरै आकर्षण पैदा भयो कि जहाँ झापाली पुगेका छैनन्, त्यहाँ पनि झापाली समूह बने। राजधानीका विद्यार्थीहरुले त्यसको समर्थनमा पर्चा निकाले। अरु पार्टीहरुमा भीषण बहसको श्रृङ्खला चल्यो। देश दुई भागमा बाँडियोः झापा आन्दोलनको पक्ष र विपक्षमा। ठूलाठूला नेता, राजनीति पार्टी पनि झापा आन्दोलनको पक्षमा वा विपक्षमा उभिनु पर्ने स्थिति आयो।

पछि त्यसलाई कुशलतापूर्वक अझ महान प्रवृतिको रुपमा स्थापित गर्ने कोसिस भयो। झापा आन्दोलनमा सुधार ल्याउँदै, नीतिमा परिमार्जन गर्दै त्यो सही धार विकास भयो, जो पछि गएर जनताको बहुदलीय जनवाद (जबज) जस्तो अत्यन्त सही, युगान्तकारी धारका रुपमा विकास भयो। त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई सफलतामा पुर्यायो। संसारमा समाप्त हुँदै गएका बेला नेपालका कम्युनिष्टहरु चुनावका माध्यमबाट बहुमतमा पुगे, अन्यत्र कम्युनिष्टहरु विभाजित हुँदै गएका बेला यहाँ एकतामा जुटे। दुनियाँमा कम्युनिष्टहरुको विभाजनको श्रृंखला–सिलसिला अनवरत छ। तर नेपालमा जबजले यहाँको कम्युनिष्ट आन्दोलनलाई आजको उचाईको विन्दुमा ल्याइपुर्याएको हो।

हामी (एमाले र माओवादी) ले पार्टी एकता गर्दा एउटाले जिते जस्तो, अर्काले हारे जस्तो नहोस् भनेर एकतापछि जनताको बहुदलीय जनवादको नाम ‘जनताको जनवाद’ भनेका छौँ। तर एकता गराएको के ले हो वा कुन नीतिमा एकता भयो त भन्दा जनताको बहुदलीय जनवादमा भएको हो। जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनभित्र लोकतान्त्रिकरणको कुरा गरेको छ। प्रतिस्पर्धात्मक बुहदलीय राजनीतिक प्रणाली मानेको छ। संविधानको सर्वोच्चताको कुरा गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्त मानेको छ। स्वतन्त्र न्यायालयको मान्यता स्वीकार गरेको छ।

यी कुरा बुुर्जुवा पार्टीहरुले पनि गर्छन्। तर बुर्जुवा पार्टीहरु राजनीतिक स्वतन्त्रतामा सिमित छन्। हामी सामाजिक न्यायसहितको समृद्धि, आर्थिक सामाजिक अधिकार सहितको राजनीतिक अधिकारको कुरा गरिरहेका छौँ। हामीले वास्तविक सामाजिक परिवर्तन सहितको परिवर्तनको कुरा गरेका छौँ। हामीले राजनीतिक परिवर्तन मात्रै भनेका छैनौँ। आमूल सामाजिक परिवर्तन र जनताको जीवनमा सकारात्मक परिवर्तन हुनुपर्छ भनेका छौँ। यस्ता कुराको पक्षपोषण जनताको बहुदलीय जनवाद वा जनताको जनवादले गर्छ। जबजले पूर्ण लोकतन्त्र अर्थात् सबै पक्ष समेटिएको लोकतन्त्र भन्छ। यहाँ आइपुग्ने सवालमा जबजले लामो, बलिदानपूर्ण यात्रा गरेको छ। कसैलाई समयमै यो कुरा बुझ्न अलि समस्या परेको होला। यसलाई या त बुझ्नु पर्छ या समाप्त वा पतन हुनुपर्छ।

अब सिर्फ तीन वटा बाटा छन्– जनताको बहुदलीय जनवादलाई बुझेर, अंगिकार गरेर सफलतापूर्वक अगाडि बढ्ने बाटो, पतनको बाटो वा समाप्तिको बाटो। यी तीन बाहेक अन्य बिकल्प छैनन्।

(प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानीका आधारमा तयार गरि प्रधानमन्त्री सचिवालयले यो आलेख उपलब्ध गराएको हो- सम्पादक)

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्