एजेन्सी– पाकिस्तान सुपर लिग (पिएसएल) टिम लाहोर क्वालन्डर्सका ब्याट्सम्यान एबी डिभिलियर्सले पिएसएलका बाँकी खेल गुमाएने भएका छन्। ढाडको समस्याका कारण डिभिलियर्स पिएसएल बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन्।
डिभिलियर्सले पाकिस्तानी क्रिकेट फ्यानलाई छाडेर फर्कनु पर्दा दु:ख लागेको बताएका छन्। उनले चिकित्शकको सल्लाहअनुसार दुई साता आराम गर्नु पर्ने भएकाले दक्षिण अफ्रिका फर्कन लागेको बताएका छन्।
जारी पिएसएलको खेलहरु भोलिसम्म युएईमा हुँदैछ। त्यसपछि बाँकी खेल पाकिस्तान हुनेछ। पाकिस्तानको लाहोर र कराचीमा तय भएको खेल अब कराचीमा मात्र हुने भएको छ। भारत र पाकिस्तानबीच द्वन्द्व चर्किएपछि खेल कराचीमा मात्र गर्न लागिएको हो। फाइनल खेल ९ मार्चमा कराचीमा हुनेछ।
लोहोर अंक तालिको चौथो स्थानमा छ। उसले ७ खेलबाट ३ जित निकाल्दै ६ अंक जोडेको छ।
लाहोरमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि छन्। अब लाहोरले अर्को खेल मंगलबार पेसावर जल्मीसँग अबुधावीमा खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।