काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नयाँ जर्सी सार्वजनिक गरेको हो।
होम र अवे गरी रातो र निलो रंगको गरी दुई प्रकारको जर्सी सार्वजनिक गरिएको हो। एन्फाले १ वर्षपछि जर्सी परिवर्तन गरेको हो। नेपालको जर्सीको मुख्य प्रायोजक चाइनिज कम्पनी केल्मी छ।
यस्तै एन्फाले नयाँ लोगो पनि सार्वजनिक गरेको छ। नयाँ लोगोको माथिल्लो भागमा सगरमाथा छ। जुन निलो रंगको छ। तल्लो भाग रातो रंगको छ। लोगोमा बल पनि राखिएको जसको सात वटा कोठा छन्। लोगो सन्दीप तिवारीले बनाएका हुन्। सार्वजनिक आह्वान गरेर बनाइएको लोगो विजेता बनेका तिवारीले ५० हजार रुपैयाँ पुरस्कार पाए।
एन्फाको नयाँ लोगो :

एन्फाले फुटबल गीत पनि सार्वजनिक गरेकाो छ। ‘फुटबल फुटबल फुटबल, ... .... .... नेपालको नाम राख्छौ’ राख्छौं बोलको गीतको रचनाकार ब्याकुल माइला हुन्। राष्ट्रिय गानका रचनाकार माइलको शब्दमा प्रदीप बंजनले संगीत दिएका छन्। गीतमा आनन्द कार्की इन्दीरा जोशी लगायतको स्वर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।