• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसरी रहने खुसी ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  ०६:०१
1140x725

भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन ? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ।

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ । खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं।

शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन । विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ।

हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन् । तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुँदै गयो । मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन्ः

अहम् 
अहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो । अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ । अहम् म  मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो । अर्को मैले यसो गर्न सकिनँ,  त्यसो गर्न सकिनँ भन्ने हुन्छ । यसले आत्मग्लानी महशुस गराउँछ । त्यसपछि ऊ विस्तारै अरु र आफैंसँग झिँझिँन थाल्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसपछि आफूलाई दोषी ठहर्‍याउँछ ।  यसरी डिप्रेशनको शिकार भइन्छ।

गुनासो
जब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ । यसले पनि मनलाई अस्वस्थ बनाउँछ । उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउँछन् । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । फलानाले यसो गरेन किन त्योसँग बोल्ने भन्ने खालका भावना आउँछन् । यसले उसलाई एक्लोपनतिर धकेल्छ । विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जाँदा डिप्रेशन हुन्छ।

इख
इखले पनि आफैंलाई समस्यामा पार्ने हो । त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ । यसो हुँदा मन दुखिइरहन्छ । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन् । यसले रिस बढाउँछ । अन्तमा हानी मनलाई नै गर्ने हो। 

रिस
हामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हुँदैन । तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ । किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हुँदैन रिसाइहाल्छौं । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौं । तर, ऊ आफैंसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहिँ ठोक्काउनु भएको थियो होला अन्जानमा । हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो। 

Ncell 2
Ncell 2
nimb
nimb

के गर्ने ?

सहयोगी बन्ने
सहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ । तपाईंले कसैलाई पाँच रुपैयाँ दिँदा त्यो पैसाले उसले के गर्ला ? कति फाइदा होला ? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ। जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ । यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ । हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो । सहयोगमाथि अध्ययन पनि भएका छन् । त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन्।

माफ गर्ने 
माफी आफू र अर्काे दुबैलाई गर्नुपर्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ । आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा । तर, आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहो¥याउने गरी माफी दिने गर्नुपर्छ । यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ । यसले मनलाई हल्का बनाउँछ । त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिँड्दा समस्या त आउँछ नै।

धन्य हुने
मानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हुँदै गएको छ । तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । जस्तोः एक गिलास पानी  पिउन पाइयो भने पनि धन्य हुनुपर्छ । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं । हाम्रो संस्कृतिमा प्रकृति (जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि)लाई पुज्ने चलन छ । यसको अर्थ  घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वीकार्य 
जे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ । किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुँदैन । मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन् । लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो । कालो भएँ, गोरो भएँ, होचो भएँ, अग्लो भएँ जस्ता कुरामा असन्तोष देखिन्छ । यो भनेको आफूलाई नस्वीकार्नु हो । आफूसँग्ग भएको कुरामा चित्त नबुझाउनु हो । यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ । यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन् । जहाँ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ । यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो । यो पनि मानसिक समस्याको कारण हो । 

उदारता
समान्य उदाहरण प्रस्तुत गरौं, लट्ठी अलिकति बंग्याउने खोज्यो भने भाँचिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ ।  यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ।

सारांशमा यो संसारमा केही पूर्ण छैन  र कोही पूर्ण छैनौं । त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ । तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ । यसको अर्थ उनीहरुको मन स्वस्थ छ । हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ । यसले गहिरो सोचमा पुर्‍याउँछ । आत्मैदेखि सोच्ने बानी बसाल्छ । मन शान्त हुन्छ । डिप्रेशन हुनबाट जोगाउँछ।

एजेन्सीहरुको सहयोमा डिबी खड्काद्वारा अनुदित

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्