गाँजा एक लागुऔषध हो। यो नेपाल तथा दक्षिण एसियाका पहाडी भागमा पाइने एक प्रकारको वनस्पति हो। गाँजा सेवन गर्दा मानसिक तथा शारीरिक समस्या देखा पर्छ। गाँजाको पात, डाँठ, चोप र फलमा हुने रस नशाको रुपमा प्रयोग गरिन्छ।
गाँजाको चोपलाई चरेस भनिन्छ। नेपालमा शिवरात्रिका बेला धेरैले गाँजा सेवन गरेको पाइन्छ। जसबाट धेरै मानिसहरु वर्षौंसम्म मानसिक रोगको सिकार बन्न पुग्छन्। गाँजामा धेरै रसायन पाइन्छन्। त्यसमध्ये टेन्ट्रहाइडो क्यानवनोट दुव्र्यसनी गराउने महत्वपूर्ण रसायन मानिन्छ। एक सर्को गाँजा पिउँदा त्यसको असर रगतमा एक महिनासम्म रहन्छ र महिनौंसम्म शरीरमा असर गर्छ। नेपालका धेरैजसो दुव्र्यसनीले गाँजा सेवन गरेको पाइन्छ। हेरोइन कोकिन सँगै गाँजा पनि एउटै व्यक्तिले प्रयोग गरेको पाइन्छ।
गाँजाका असर
मन आत्तिने
रिसाउने
बाँच्न मन नलाग्ने, आत्महत्या प्रयास गर्ने
कानमा आवाज आउने
एक्लै बोल्ने, एक्लै हाँस्ने
मनमा अनौठो सोचाइ आउने
पढाइमा कमी आउने
स्मरण शक्ति कम हुने
आँखा रातो हुने
मुटुको चाल बढी हुने
खानेकुरा धेरै खाने
शंका लाग्ने
एक्लै बस्न रुचाउने
कस्ता मानिसले गाँजा तान्ने खतरा हुन्छ?
स्कुल तथा कलेज पढ्ने छात्र–छात्रा
छात्राबासमा बस्ने विधार्थी
वंशाणुगत रुपमा दुव्र्यसनीमा फसेको परिवार
मानसिक रोगका बिरामी
अन्य दुव्र्यसनमा फसेका व्यक्ति
जोगी
अचानक गाँजा लाग्दा कस्तो हुन्छ?
आँखाले हेर्दा जताजतै रंगीचंगी देखिने
मुटु ढुकढुक हुने
आँखा रातो हुने
हावामा उडेको जस्तो भान हुने, र्याल आउने, उज्यालोमा हेर्न गाह्रो हुने
मुख सुख्खा हुने
आफू कहाँ छु भन्ने थाहा नहुने
भ्म हुने
गाँजा सेवनबाट कस्तो मानसिक रोग देखिन्छ?
साइकोसिस
सिजोमोनिया (शंका लाग्ने रोग)
बिर्सने रोग आदि
गाँजाले कस्ता शारीरिक असर देखाउँछ?
दम
ब्रोङ्काइटिस
फोक्सोको क्यान्सर
मुटुको रोग
विश्वका धेरै देशमा गाँजा प्रतिबन्धित छ। अन्य दुव्र्यसनीले गाँजा पनि लिएको छ भने उसको रोग निको हुन धेरै समय लाग्छ। मानसिक असन्तुलन हुनाले गाँजा लिने मानिसलाई ज्यानको खतरा हुन्छ। पढाइ–लेखाइमा नराम्रो असर पर्छ। एक पटक लिएपछि बानी पर्छ र दिनहुँ लिने गर्छन्। जसबाट मानसिक असर परी पूर्ण रुपमा मानसिक रोगबाट पीडित बन्न पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।