• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सेतो पानी किन बग्छ ?

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  ०९:४०
1140x725

सुन्दर र मिलेको जिउडालकी एक किशोरी। उमेर १९ वर्ष। कलेजमा उनको ‘चार्म’ नै बेग्लै। उनको आकर्षक र सुन्दर ज्यानको तारिफ धेरैले गर्छन्। तारिफ सुन्नकै लागि पनि उनी केटाहरुको हुल र भिडभाडको वरिपरि पुग्थिन्।

तर, तीन सातादेखि ती किशोरी घरबाट बाहिर निस्किन छाडिन्। यहाँसम्मकी घरकै आफन्तको छेउमा पनि पुग्न छाडिन्। यो बीचमा केटी साथीहरुसँग पनि फोनमा मात्र कुरा गरिन् उनले। 

तीन साताअघिसम्म साथीहरुसँग घुलमिल हुने, केटाहरुको नजिक पुगिरहने ती युवती एक्लै बस्नुको कारण हो, उनको योनीबाट गन्हाउने सेतो पानी बग्नु। यो समस्याका कारण उनी मानिसहरुको वरिपरि जान नसकेकी हुन्।

सेतो पानी बग्ने र गन्हाउने समस्या बढ्नुका साथै योनीमा दुख्ने समस्यासमेत बढ्दै गएपछि उनी उपचारका लागि पुगिन्, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सवाना प्रधान शर्माकहाँ। उनको कोठामा ती किशोरी छिर्नेबित्तिकै नराम्रो गन्ध आइसकेको थियो। नाक थुनेरै बस्नुपर्ने अवस्था थियो।

डा शर्माले उनको जाँच गरिन्। जाँचका क्रममा किशोरीको योनीभित्र साह्रो डल्लोजस्तो केही भेटियो। डाक्टरको टोलीले कुनै बाह्य वस्तु जस्तो लागेर त्यसलाई निकाल्न खोजे तर सकेनन्। त्यसपछि शल्यक्रियाको बाटो रोजियो। 

शल्यक्रियाका क्रममा डा शर्माको टोलीले जे देखे, त्यसपछि उनीहरुको हंसले ठाउँ नै छोड्यो। ती किशोरीको योनीभित्र रहेको त्यो डल्लो ठूलो स्याम्पुको बट्टाको बिर्को थियो। त्यसकै कारण उनको योनीमा संक्रमण बढेको थियो।

किशोरीको प्राइभेट अंगभित्र स्याम्पुको बिर्को ? डाक्टरहरु आश्चर्यमा पर्नु स्वभाविक थियो। त्यसपछि डा शर्माले ती किशोरीसँग जिज्ञासा राखिन्– कसरी यस्तो भयो ? सुरुमा त उनले बताउन चाहिनन्। तर, डाक्टरहरुले निकै कर गरेपछि मात्र उनले यसको कारण खुलाइन्।

ती किशोरी एक किशोरसँगको प्रेममा थिइन्। उनीहरुबीच शारीरिक सम्बन्ध रहेछ। केटा साथी केही समयका लागि बाहिर जानुपर्ने भएपछि अरु केटासँग शारीरिक सम्बन्ध राख्न नसकोस् भनेर योनीमा त्यो बिर्को राखिदिएको रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यही बिर्कोको संक्रमणले उनलाई गन्हाउने सेतो पानी बगिरहेको थियो,’ डा शर्माले उक्त घटना सम्झँदै भनिन्, ‘योनीभित्र तीन इन्च जति त्यो बिर्को कसरी पस्यो भन्ने कुराको जवाफ सुनेर मलाई यति रिस उठेको थियो, अहिले पनि सम्झँदा मेरो आङ जिरिङ्ग हुन्छ। उसलाई कति दुखेको थियो होला। कति पीडा भयो होला ?’ 

ती युवती उपचारपछि निको भइन्।

पाल्पाको मिसन अस्पतालमा २५ वर्ष उपचारमा बिताएकी डा शर्मा महिलाको योनीबाट सामान्य अवस्थामा पानी बगेकोदेखि कडा रोग, संक्रमण र ती किशोरीको झैं योनीमा अन्य बाह्य वस्तु पस्दा सेतो गन्हाउने पानी बगेकाहरुको उपचार गरेकी छिन्। डा शर्मा भन्छिन्, ‘सेतो पानी बग्नुका सामान्यदेखि जटिल कारण हुनसक्छन्। सेतो पानी बग्नु एउटा लक्षण हो, तर कारण जाँच गरेपछि मात्र यही हो भन्न सकिन्छ।’

उनका अनुसार प्रजनन उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो। तर, कहिलेकाहीं सेतो पानी बग्नु सामान्य नहुन सक्छ। योनीमा संक्रमण भएर वा अन्य कारणले पनि पानी बग्न सक्छ। योनीमा बाहिरी वस्तु पसेको छ भने त्यसको संक्रमणले पनि पानी बग्न सक्छ। 

Xtrem

Xtrem

‘सेतो पानी बग्दा महिलाहरु निकै डराउने गर्छन्। त्यसैको कारणले शारीरिक रुपमा कमजोर भएको अनुभव गर्छन्,’ उनले भनिन्, ‘यदि महिलालाई योनीबाट अस्वभाविक रुपमा पानी बगेको जस्तो लागेको छ र गन्हाउने पनि गर्छ भने तुरुन्तै स्त्रीरोग विशेषज्ञकहाँ जँचाउन पुग्नुपर्छ।’

महिलाहरु आफ्नो समस्या ठूलो र जटिल नहुदाँसम्म अरुलाई बताउँदैनन्। आफूलाई भएको समस्या अरुलाई भन्ने वा अस्पतालसम्म पुग्न सोचेजति सहज पनि कहाँ छ र ?

अझ त्यो समस्या यौनांगसँग जोडिएपछि त अझ कठिन बन्छ। सहरमा चिकित्सकसँगको पहुँचमा रहेका महिलालाई केही सहज भए पनि गाउँघरतिर अझ पनि यौनांगको समस्या लुकाउने नै धेरै हुन्छन्। जब समस्याले जटिल रुप लिन्छ, तब मात्र स्वास्थ्य संस्थामा आउने गरेका हुन्छन्। उमेर ढल्किसकेका महिला धेरैजसो समस्या लुकाउनेमा पर्छन्। 

डा शर्माकोमा नै ८० वर्षे एक वृद्धा सेतो पानी बग्ने समस्या बढेर रगत समेत देखिन थालेपछि जाँचका लागि पुगेकी थिइन्। 

‘सेतो पानी बग्ने पहिलेदेखि नै रहेछ। तर उहाँले नजँचाई समस्या लुकाउनु भएको रहेछ। जब पानीसँगै रगत देखिन थाल्यो, अनि मात्र जाँचका लागि आउनु भएको थियो,’ उनले भनिन्, ‘जाँचका क्रममा उहाँको पाठेघर खसेको देखियो। जसका कारण संक्रमण भएर सेतो पानी बग्ने समस्यासहित दिसा–पिसाबसमेत गर्न समस्या भएको देखियो।’

उनका अनुसार ती वृद्धाले पाठेघर खसेको ४५ वर्ष भइसक्दा पनि जाँच नगरी बसेकी थिइन्। योनीमा संक्रमण बढेर सेतो पानीसँगै रगत मिसिएर बगेको थियो। खसेको पाठेघरमा घर्षण हुँदा घाउसमेत भएको थियो।

रोग लुकाएर बस्दा कहिलेकाहीं गम्भीर रोगसमेत लुकेर बसेको हुनसक्ने डा शर्मा बताउँछिन्। उपचारकै लागि उनीकहाँ आएकी एक युवतीको उदाहरण दिँदै उनले भनिन्, ‘६५ वर्षे एक महिलाको महिनावारी रोकिएको धेरै वर्ष भइसकेको थियो। उनको योनीबाट सेतो पानी बग्ने समस्या देखियो। तर उनले त्यसलाई महिनौंसम्म बेवास्ता गरिन्। विस्तारै पानीमा रगत पनि देखिन थालेपछि डराउँदै अस्पताल आएकी थिइन्। जाँच गर्दा अन्तिम अवस्थाको पाठेघरको मुखको क्यान्सर भएको रहेछ। त्यसकारण रोग लुकाउनु हुँदैन।’

समयमा नै समस्याको पहिचान गरेर उपचारमा जाने हो भने धेरै समस्या सामान्य उपचार र हेरचाहका भरमा निको हुने उनी बताउँछिन्।  

सेतो पानी किन बग्छ ?

प्रजनन उमेरका महिलामा सामान्य पातलो सेतो पानी बग्नु स्वभाविक प्रक्रिया हो। महिनावारीको चक्रका क्रममा पातलो सेतो पानी बग्दा आत्तिनु पर्दैन। महिलाको शरीरबाट विभिन्न रसायन निस्किन्छ। जस्तो इस्ट्रोजेन हर्माेनको मात्रा बढ्दै जाँदा महिलाको योनीबाट सेतो पानी निस्किन्छ। रसायनहरुका कारण महिलाको शरीरमा विभिन्न परिवर्तन आउन थाल्छन्।

प्रजनन उमेरमा प्रवेश गरेसँगै अन्य शारीरिक परिवर्तनसँगै सेतो पानी बग्न सुरु हुन्छ। यस्तो पानी बच्चा केटीहरुमा बग्दैन। तर चार÷पाँच वर्षको केटीको योनीबाट यस्तो पानी आयो भने चाहिँ उपचारमा जानुपर्छ। बालिकाको योनीमा संक्रमण भएर समस्या आउने हुनसक्छ।

प्रजनन उमेरका महिलामा सुरुका अवस्थामा महिनावारी भएपछि केही दिनमा रातो रगत बग्छ। त्यसपछि रगत कालो बग्न सक्छ। सुरुका अवस्थामा पानी कम हुनसक्छ। 

जब इस्ट्रोजेन हर्मोनको मात्रा बढ्दै जान्छ तब योनीबाट आउने रस बाक्लो हँुदै जान्छ। जुन च्यापच्याप हुन्छ। त्यो आउँदा महिलाहरु मेरो त सेतो पानी बग्यो भनेर डराउन थाल्छन्। तर त्यो डराउनुपर्ने अवस्था होइन। त्यो पानी आउनैपर्छ। त्यो बढ्दै जान्छ। पानी अलि बाक्लो बग्न सक्छ। अनि डिम्बासयबाट डिम्ब झर्ने बेला हुन्छ। डिम्बासय महिनावारी भएको र पुनः हुने समयको बीचमा झर्छ। अर्थात् २८ दिनमा  महिनावारी हुन्छ भने १४ दिनको दिनमा डिम्ब झर्छ। त्यो समयमा शारीरिक सम्बन्ध भयो भने गर्भ रहन्छ। यदि शारीरिक सम्पर्क भएन भने २८ दिनमा  महिनावारी हुन्छ। गर्भ रह्यो भने महिनावारी हुँदैन। 

यो बीचको समयमा पानी चिल्लो, पातलो सिँगानजस्तो लामो तन्किने खालको  पानी बग्छ। त्यस्तो पानी बग्दा डिम्ब झर्‍यो भनेर थाहा पाउनुपर्छ। यस्तो पानी पातलो हँुदै जान्छ। महिनावारी हुन्छ। अनि फेरि बाक्लो पानी हुन थाल्छ। यो महिनावारीको सामान्य प्राकृतिक चक्र हो। यस्तो अवस्थामा डराउनु पर्दैन। 

यस्तोखाले पानी गन्हाउँदैन। यो पानी सेतो हुन्छ। योनी चिलाउँदैन। पानीका कारण योनी रसिलो हुनसक्छ। यो पातलो भएर धेरै बगेर भित्री वस्त्र भिज्न पनि सक्छ। पेट दुख्दैन, कम्मर दुख्दैन। कहिलेकाहीं पानीको मात्रा बढी हुनसक्छ। शारीरिक सम्बन्धको चाह हुँदा पानीको मात्रा धेरै बग्न सक्छ। सम्पर्क हुने समय अझै धेरै पानी बग्न सक्छ। यो बेला पानी आएन भने समस्या हुन्छ। धेरै कसिलो पाइन्ट वा अन्य लुगा लगाउँदा पनि एक्साइटमेट भएर पनि पानी धेरै बग्नसक्छ। एक्सरसाइज गरिरहेको समयमा पनि पानी धेरै बग्नसक्छ।

तर, जब योनीबाट अस्वभाविक रुपमा धेरै पानी बग्छ, त्यो गन्हाउने छ, चिलाउने र दुख्ने हुन्छ भने उपचारका लागि पुग्नुपर्छ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा उषा खाँड  सेतो पानी बग्नुका कारण जटिलदेखि सामान्य हुने बताउँछिन्।

‘बाक्लो, पहेंलो, हरियो, खैरो रङको पानी बगेको छ, पोल्छ, दुख्छ भने समस्या हुनसक्छ। त्यो जाँच गरेपछि मात्र यही भएको भन्न सकिन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीं सामान्य खालको वा संक्रमित खालको छुट्याउन गाह्रो हुन्छ। संक्रमित भन्नलाई यौनाङ्गको आन्तरिक जाँच नगरी थाहा हुँदैन।’

उनका अनुसार पाठेघरको मुखको बाह्य सतह ताछिएर, मासु पलाएर पनि पानी बग्छ। पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएमा, पाठेघर पछाडि फर्किएमा, यौनाङ्गमा बाह्य वस्तु अड्किएमा रगत बहाव बढ्नाले तथा लामो समयसम्म बिरामी हुँदा योनीद्वारको बाह्य तह अत्यधिक झर्नाले धेरै पानी बग्नसक्छ।

कस्तो खालको पानी के कारणले बग्छ ?
डा उषा खाँडका अनुसार क्यान्डिडा वा मोनिलियासिस (फङ्गाई) को संक्रमणले दहीजस्तै सेतो छोक्रा–छोक्रा मिसिएको पानी बग्छ भने ब्याक्टेरियल भजाइनोसिसमा खैरो खालको कुहिएको मासुजस्तै गन्हाउने तर नचिलाउने, ट्राइकोमोनास नामक परजीवीको संक्रमणमा हरियो वा पहेंलो खालको पानी बग्छ।

महिलामा धातुमेह रोग लाग्दा योनिद्वारबाट पहेंलो वा हरियो खालको पानी बग्ने, पिसाब पोल्ने, हल्का ज्वरो आउने, तल्लो पेट दुख्ने, यौनक्रियाका बेला पीडा हुने, रगत बग्ने हुन्छ।

‘सामान्यतया पानीजस्तो सङ्लो, सफा र चिप्लो हुनुपर्ने यौनाङ्गमा कुनै प्रकारको संक्रमण हुँदा वा यौनरोग लाग्दा भने रङ फेरिएर धेरै पानी बग्ने, अधिक गन्ध आउने, तल्लो पेट दुख्ने, योनीद्वार चिलाउने, पिसाब पोल्नेजस्ता लक्षण देखिनु असामान्य हुन्,’ डा शर्मा भन्छिन्।

उनका अनुसार पाठेघरको मुख सुन्निएमा पानीजस्तो सङ्लो पानी, पाठेघरको मुखको वा योनिद्वारको भित्ताको ट्युमर (क्यान्सर) मा प्रायः रगत मिसिएको गन्हाउने खालको पानी बग्छ।

यसका साथै कडा खालको एन्टिबायोटिक औषधि सेवन, मधुमेह, एड्सजस्ता मानव शरीरको प्रतिरक्षा प्रणाली कम हुने अवस्थामा पनि योनीबाट पानी बग्नु असामान्य हुन्छ।

महिनावारी रोकिएका महिलाको प्रजनन उमेरका महिलाकोभन्दा कम सेतो पानी बग्छ। तर त्यो चाहिनेभन्दा धेरै बग्यो भने समस्या हुन सक्छ।

पानीको रङ फेरिएर हरियो, पहेंलो, रातो, खैरो रङको बग्यो भने जाँच गराउनुपर्छ। अघि–पछिको भन्दा फरक रङ देखियो भने त्यो समस्या हो।

त्यसबाहेक पानी बग्दा गन्ध आयो, यौनाङ्ग चिलाउन, पोल्न, दुख्न थाल्यो भने पनि समस्या भएको हुनसक्छ। धेरै जनासँग यौन सम्र्पक राख्ने महिलालाई संक्रमण हुने र योनीबाट सेतो पानी बग्ने समस्या धेरै हुन्छ। सामान्य अवस्थामा अर्थात् यौन उत्तेजना हुँदा पनि चिलाउन सक्छ तर यो समस्या हँुदा सहन नसकिनेगरी धेरै चिलाउँछ। 

यस्ता समस्या संक्रमणको कारणले हुन्छ। यौन अङ्गमा प्राकृतिक रुपमा नै विभिन्न ब्याक्टेरिया रहेका हुन्छन्। बाहिरी किटाणुले आक्रमण गर्‍यो भने समस्या उत्पन्न हुन्छ। 

उपचार
क्यान्डिडा, धातुमेह, क्लामाइडिया, ट्राइकोमोनासको संक्रमण हुँदा दुवै पार्टनरलाई एकै पटक उपचार गर्नुपर्छ। यस्तो अवस्थामा एक जनालाई मात्र उपचार गरेर हँुदैन। कारक तत्वअनुसार उपचार गर्नुपर्छ। स्त्रीरोग विशेषज्ञहरु धेरै यौनअङ्गमा संक्रमण सरसफाइका कारणले हुने गरेको बताउँछन्।

महिनावारीको समयमा बेलाबेलामा प्याड वा कपडा फेर्ने र सुती कपडाले बनेका भित्री पहिरनको प्रयोग गर्नुपर्छ। महिनावारी भएको समयमा प्रयोग गरिने प्याड वा कपडा सफा नहँुदा पनि संक्रमण बढ्छ र धेरै पानी बग्न सक्छ। 

सामान्यतः पानी बग्नु चिन्ताको विषय होइन। समयसमयमा जाँच गरायो भने समस्या पहिल्याएर बेलैमा उपचार गराउन सकिन्छ।

सरसफाइका नाममा हरेक पटक पिसाब गरेपछि योनी धुने गर्दा पनि संक्रमण हुन्छ। सरसफाइ गर्दै नगर्ने र धेरै सफा हुने चक्करमा पनि संक्रमण हुने सम्भावना हुन्छ। विशेषगरी प्रजनन उमेरका महिला र शारीरिक सम्बन्ध भइसकेका महिलाले हरेक वर्ष स्त्रीरोग विशेषज्ञसँग देखाउनुपर्छ। 

कहिलेकाहीं रोग लुकेर रहेका हुन्छन्। समय–समयमा जाँच गराउँदा मासु उम्रेको रहेछ भने पनि त्यो मासु क्यान्सर हो वा होइन भन्ने यकिन गरी ढुक्क भएर बस्न सकिन्छ।

महिनावारी भएको समयमा किटाणु सहज रुपमा सहज रुपमा भित्र पस्न सक्ने हुनाले सरसफाइमा बढी नै ध्यान दिनुपर्छ। गाउँ–घरतिरका धेरै महिलाले पेन्टी नलगाउने र सारी लगाएर भुईंमा बस्ने गरेका कारण संक्रमण छिटो हुनेगर्छ। मुख्य कुरा सरसफाइमा ध्यान दिनुपर्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम शनिबार, असोज १०, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्