• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चा जन्माउने याेजना अघि ध्यान दिनुपर्ने कुरा

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  ०६:०७
1140x725

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । सहरी क्षेत्रकै जनमानसमा पनि यसबारे त्यत्ति सचेतना देखिँदैन । बिनातयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कतिपय अवस्थामा जटिलता देखिन सक्छ । स्वास्थ्य परीक्षणपछि आधारभूत प्रक्रिया पु¥याएर गर्भवती हुँदा यस्ता जटिलता कम गर्न सकिन्छ। 

सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरुलाई हामीले केही महत्वपूर्ण सुझाव दिने गरेका छौंँ । शुरुमा हामीले दुवैको ‘हेल्थ हिस्ट्री’बाट उनीहरु र परिवारका सदस्यमा केही समस्या भएरनभएको  सोधीखोजी गर्छौं ।

गर्भवती हुनुअघि महिलाको शरीरमा कुनै समस्या रहेछ भने परीक्षणबाटै थाह हुन्छ । परीक्षणका क्रममा महिलामा केही ‘क्रोनिक इल्नेस’ देखिन सक्छ । उदाहरणका लागि उच्च रक्तचाप, मधुमेह, मिर्गौला या मुटुसम्बन्धी कुनै रोग भए/नभएको पत्ता लगाउन सकिन्छ । तर, यस्ता रोग देखिएका महिलाहरु गर्भवती हुनु हुँदैन भन्ने कुरा होइन । यस्ता समस्या भए सतर्कता अपनाउन सकिनेतर्फ चिकित्सकहरुले सुझाव दिनेछन्।

सर्वप्रथम गर्भवती हुन चाहने महिलाको स्वास्थ्य परीक्षण गरिन्छ । मोटोपन भएकाहरुले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ । किनभने मोटो अवस्थामा गर्भवती हुँदा गर्भ खेर गइरहने सम्भावना रहेकाले तौल घटाउन सल्लाह दिइन्छ । ज्यादा दुब्लो महिलाहरुमा ‘एनिमिया’ हुन सक्छ ।

आवश्यक सन्तुलित आहार नपुगेको भए त्यसतर्फ ध्यान दिनुपर्छ । त्यस्ता महिलाहरु गर्भवती भएमा बच्चाको तौल कम हुने, महिना नपुगी व्यथा लाग्ने हुन सक्छ । एनिमिया भएका महिलालाई तत्काल गर्भवती हुने योजना नबनाउन चिकित्सकको सल्लाह रहन्छ । तीन–पाँच महिनामा तौल सन्तुलनमा राख्न र त्यसपछि मात्रै गर्भवती बन्न भनिन्छ। 

नियमित परीक्षणहरु 

थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन् । त्यसका लागि उपचारबाट रोगको अवस्था घटाएपछि मात्र गर्भवती बन्नुपर्छ । कुनै व्यक्तिको परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भए÷नभएको सोधखोज गरी भविष्यमा त्यसले कत्तिको समस्या ल्याउने सम्भावना छ भनी हेरिन्छ । कतिपय महिलाको तत्काल गर्भवती हुनै नसक्ने स्थिति आउँछ । हामीले जाँच गरेर उनीहरु कुन स्थितिमा छन् भने पत्ता लगाउने कोसिस गर्छौं। 

डाइबिटिजको परीक्षण

Ncell 2
Ncell 2
nimb
nimb

हरेक महिना डाक्टरहरुलाई भेटेर कुनै जटिलता नआओस् भनेर ध्यान दिइन्छ । २४ देखि २८ हप्ताको बीचमा ग्लुकोजको टेस्ट गरिन्छ । रगतमा सुगरको मात्रा परीक्षण गर्न उत्तिकै आवश्यक छ । कतिपय महिलामा डाइबिटिजको सम्भावना रहन्छ ।

कुनै महिलाको बाबुआमामा डाइबिटिज छ भने गर्भवती बन्नुअघि सुगर परीक्षण गर्दा राम्रो हुन्छ । गर्भवती डाइबिटिजको रोगी नभए पनि गर्भवती भएकै कारण डाइबिटिजको समस्या हुन सक्छ, जसलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । बच्चा जन्मिएपछि डाइबिटिज हटेर जान्छ । सामान्यतया ६ महिनाको अवधिमा ग्लुकोज परीक्षणपछि डाइबिटिज देखिएमा डाइबिटिज विशेषज्ञको परामर्शमा औषधिहरु दिने गरिन्छ। 

ब्लड ग्रुपबारे जानौँ

गर्भवती हुन चाहनेको स्वास्थ्य परीक्षणका क्रममा रगतमा हेमोग्लोविनको परीक्षण आवश्यक छ । कथंकदाचित एनिमिया देखिएमा त्यसको उपचार गरेर मात्रै गर्भवती बन्नुपर्छ। रगत परीक्षण गरेर श्रीमान्–श्रीमतीकै ‘ब्लड ग्रुप पोजेटिभ’ छ भने समस्या हुँदैन तर आमाको ‘नेगेटिभ’ र बाबुको ‘पोजेटिभ’ छ भने कहिलेकाहीँ समस्या आउन सक्छ ।

Xtrem

Xtrem

यस्तोमा पहिलोपटक गर्भवती हुँदा खासै फरक पर्दैन, तर पहिलोमा केहीगरी पोजेटिभ ब्लड गु्रप भएको बच्चा जन्मिएको छ भने अरु बच्चाहरु खेर गइरहने समस्या आउन सक्छ । त्यसका लागि एउटा इन्जेक्सन दिनुपर्ने हुन्छ ।

बाबुको नेगेटिभ तर आमाको पोजेटिभ ब्लड ग्रुप छ भने फरक पर्दैन । किनकि आमाले नै बच्चा जन्माउने भएकाले नेगेटिभ ब्लड गु्रपको आमाले पोजेटिभ ब्लड ग्रुप भएको बच्चा जन्माएमा मात्र समस्याको सम्भावना रहने हो । गर्भवती भइसकेपछि डाक्टरकहाँ परीक्षणमा जाने क्रममा प्राय सबैले एउटै खालका परीक्षण गराएका हुन्छन् । जस्तैः एचआइभी, हेपाटाइटिस, थाइराइड, सुगर, हेमोग्लोविन आदि। 

थाइराइडको परीक्षण

अहिलेको अवस्थामा महिलालाई थाइराइड परीक्षण गराउनुपर्छ । आजभोलि कतिपय महिला शुरुमा गर्भवती भइसकेपछि मात्रै आफूलाई थाइराइड देखिएको भन्दै उपचारका लागि आउने गर्छन् । बच्चाको मस्तिष्कको विकासमा आमाको थाइराइडको महत्वपूर्ण भूमिका हुन्छ ।

‘हाइपो–थाइराइडिज्म’ अर्थात् सामान्य अवस्थाको भन्दा कम थाइराइड उत्पादन भएका महिलाहरुको बालबालिकामा मस्तिष्कको पर्याप्त विकास नहुन सक्छ । तर, गर्भवती हुनुअघि नै त्यस्तो देखिएमा औषधि दिएर उनीहरुलाई सामान्य अवस्थामा ल्याउने कोसिस गरिन्छ र त्यसपछि मात्रै गर्भवती बन्न सल्लाह दिइन्छ। 

सप्लिमेन्टहरु

गर्भवती हुने योजना बनाएका महिलालाई केही ‘सप्लिमेन्ट’ दिने गरिन्छ । अनिवार्य रुपमा फोलिक एसिड दिइन्छ । गर्भवती हुनुभन्दा एक महिना अघिदेखि नै यसको सिफारिस गर्ने प्रचलन छ । फोलिक एसिडले बालबालिकामा ‘न्युरेटिक डिफेक्ट’ हुन नदिन महत्वपूर्ण भूमिका खेल्छ । बच्चाको टाउको, स्पाइनल कर्ड नबन्ने, कर्डको पछाडी ट्युमरजस्तो देखिने समस्या हुन दिँदैन । साथै विभिन्न खालका भिटामिनहरु दिन आवश्यक छ ।

सबै खालका भिटामिनहरु सन्तुलिन रुपमा दिन सकियो भने बच्चा विकलांग हुने सम्भावनालाई घटाउँछ । पहिलो तीन महिनापछि आइनर र क्याल्सियमको सप्लिमेन्ट पनि दिइन्छ । यी दुवै ९ महिनासम्मै दिइन्छ। 

गर्भवती हुने महिलाको मदिरा पिउने, धूमपान गर्ने आदत छ भने त्यसलाई चटक्कै छाड्नु राम्रो। कम्तिमा पनि तीन महिनाअघि यस्ता कुलत त्यागेर ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ । कुलत नछाडेकै अवस्थामा गर्भवती भएमा बच्चामा खराबी देखिने सम्भावना रहन्छ । नियमित रुपमा मदिरा सेवन गर्ने महिला तत्काल गर्भवती भएमा उनको बच्चा विकलांग हुने सम्भावना उच्च हुन्छ।

परिवारका सदस्यहरु अत्यन्त धूमपान गर्छन् र गर्भवतीको नजिकै रहन्छन् भने पनि समस्या निम्तिन सक्छ । अरु विषयमा भने पुरुषको तुलनामा महिलाको आदतमै ज्यादा ध्यान दिनुपर्छ । गर्भवती महिलाहरु धुलो, धुवाबाट जोगिनु उत्तिकै आवश्यक छ । सहरी क्षेत्रका आधुनिक भान्साघरमा त त्यत्ति समस्या छैन, तर दाउरा बालेर खाना पकाउने परम्परागत चुल्होले भने गर्भवतीको हित गर्दैन। 

हाम्रो समाजमा ‘कुन समयमा गर्भवती भए कस्तो खालको प्रभावरअसर हुन्छ’ भनेर टीकाटिप्पणी हुने गरेका छन् । तर, मेडिकल साइन्सले यी सबै अन्धविश्वासमा सत्यता नभएको प्रमाणित गरिसकेको छ । साथै, वर्षको जुनसुकै महिनामा गर्भवती भए पनि असर हुँदैन भन्ने प्रामाणिक कुरा हो । तर, गर्भवती भइसकेपछिका ९ महिनालाई कसरी अघि बढाउने र कस्तो योजना बनाउने भन्ने कुराले धेरै अर्थ राख्छ। 

गर्भवती भइसकेपछि सन्तुलिन आहारमा ध्यान दिन एकदमै जरुरी छ । गर्भवती महिलालाई सामान्य अवस्थामा जस्तो आहारले पुग्दैन । वैज्ञानिक दरले नै हिसवाकिताव गर्दा नियमित दुई हजार किलो–क्यालोरीको आहार छ भने कम्तिमा ३५० किलो–क्यालोरी थप्नुपर्ने हुन्छ । त्यसैले पहिलो महिनादेखि नै नियमित आहारको करिव एक चौथाई हिस्सा थप्न सुझाव दिने गरिन्छ । सन्तुलित आहार पनि उत्तिकै आवश्यक छ । विशेषगरी गाउँघरतिर साग र भातमात्रै ज्यादा खाएर बस्ने तर अरु खाने कुरामा वास्ता नगर्ने चलन छ ।

यसले शरीरलाई आवश्यक पर्ने सबै खालका पोषणहरु पु¥याउन सक्दैन । कार्बोहाइड्रेट, प्रोटिन, फ्याटका साथै भिटामिनहरुको सन्तुलन हुनेगरी आहार दिनुपर्छ। गर्भवती महिलाहरुले फलफूल र सागसब्जी प्रसस्त खानुपर्छ । किनभने भिटामिनको मुख्य स्रोत हरियो सागपात नै हो। 

गर्भवतीहरुले घरको सानोतिनो सामान उठाउँदा केही फरक पर्दैन । तर, गह्रौँ खालका सामान उठाउँदा र सार्दा भने शरीरमा असर पर्न सक्छ । गह्रौँ चिज उठाउँदा गर्भपतन हुने सम्भावना रहन्छ । कुनै मानिसको काम नै गह्राै सामान उठाउने खालको छ भने त्यसले समस्या देखा पार्न सक्छ । ज्यादा शारीप्रिक परिश्रम गर्ने महिलालाई ६–७ महिनामै व्यथा लाग्ने हुन सक्छ । दिनभरमा ८ घन्टाभन्दा बढी उठेर काम गर्नु जोखिमपूर्ण मानिन्छ। 

कामकाजी गर्भवतीहरुले राम्रो र सुरक्षित सडकमा स्कुटर चलाउँदा केही फरक पर्दैन । तर, नेपालमा खाल्डाखुल्डीयुक्त सडक ज्यादा भएकाले गर्भमा असर पर्न सक्छ । यस्तो अवस्थामा साल छुट्टिने, रक्तस्राब हुने र बच्चा खेर जाने सम्भावना एकदमै बढी हुन्छ । स्कुटर नै नचलाउनु भन्ने सुझाव कसरी दिनु? तर खाल्डाखुल्डी र भीडभाडयुक्त सडकमा नचलाएको राम्रो ।

दुईपाङ्ग्रे सवारीसाधनको पछाडपट्टि बसेर यात्रा गर्नेहरुका लागि पनि यही कुरा लागू हुन्छ । तुलनात्मक रुपमा सजिलो हुने भएकाले चारपाङग्रे सवारीसाधन सुरक्षित मानिन्छ । तर, लामो दूरी यात्राका लागि सिफारिस गरिँदैन । 

डा अमृता गिरी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ, नर्भिक अस्पताल 

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम शनिबार, असोज १०, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्