• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मानव बेचबिखनको दर्दनाक कथा : ‘प्रेमीले मेरो मिर्गौला बेच्यो, त्यसपछि मलाई’

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  १५:५०
1140x725

भैरहवा– नेपाल-भारत सीमा नाकाको २३औं आधिकारिक चेक प्वाइन्टमा अहिले दिउँसोको समय छ। हरेक दिन करिब एक लाख मानिस यो सीमा नाकाबाट आवतजावत गर्छन्। यी दुई देशलाई सीमा स्तम्भले छुट्याएको छ। 

कोही पैदल वारपार गरिरहेका छन्। कोही ट्रक, बाइक त कोही रिक्सामा सीमा पार गरिरहेका छन्। 

धुलो, प्रदूषण, भिड, कोलाहाल अनि विभिन्न सवारीसाधनका टड्कारो आवाज पनि उत्तिकै सुनिन्छ। चर्को हर्नका बावजुद अभिभावक अर्थात् उद्धारकर्ताहरु यतै बसिरहेका छन्। यी अभिभावक महिला, जो आफै मानव बेचबिखन जस्तो डरलाग्दो भुमरीबाट निस्किएका छन्। उनीहरु यही भिडमा आँखा डुलाइरहेका छन्, सम्भावित पीडित र दलालहरुको खोजीमा।

---

आजको ड्युटीका खटिएकी छिन् पेमा। हामीले कुरा गरिरहँदा उनका आँखा भिडमै एकटकले हेर्न तल्लीन थिए। उनी त्यो खचाखाच भिडभाडमा चेक प्वाइन्टतिर लम्किरहेका मानिसमा नजर लगाइरहेकी थिइन्। 

उनी त्यसरी सतर्क हुन सही पनि छ। दुई देशबीच १७५० किलोमिटर खुला र अवैध सीमा नाका छ। यो दलालहरुको सपना हो तर रोक्न कोसिस गर्नेहरुको लागि झन् डरलाग्दो सपना। यसो हुँदा यो सीमा मानव बेचबिखन हुने संसारमै सबैभन्दा व्यस्त रुट बनेको छ। 

राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०१६ मा प्रकाशन गरेको वार्षिक प्रतिवदेनमा २३ हजारभन्दा बढी महिला र युवतीहरु मानव बेचबिखनको सिकार बन्न पुग्छन् भन्ने देखाइएको छ। तर, यस क्षेत्रमा कार्यरत विभिन्न गैरसकारी संस्थाका अनुसार नेपाली पीडित युवतीको संख्या ४० हजारसम्म पुगेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बलले पछिल्लो वर्ष गरेको अध्ययन अनुसार बेचबिखनका केसहरु सन् २०१३ यता ५ सय प्रतिशतले बढेको देखिन्छ। 

'मलाई सम्भावित पीडित व्यक्ति खुट्याउन आउँछ, किनकि उनी ११ वर्षको हुँदा आफैं पनि यही सीमा नाकाबाट पार भएर मानव बेचबिखनको सिकार भएकी थिइन,' पेमा भन्छिन्, 'नेपालको उत्तरी विकट गाउँमा जन्मिएकी उनलाई अभिभावकका साथीले त्यहाँबाट लगेका थिए। उनलाई बेहोस बनाइयो र भारतको वेश्यालयमा बेचियो।'

Ncell 2
Ncell 2
nimb
nimb

वर्षौंसम्म उनी यातना र बलात्कारको सिकार भइन्, जबसम्म उनलाई माइती नेपालले वेश्यालयमा छापा मारेर उद्धार गरेन। 

माइती नेपाल महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संस्था हो। 

पेमा माइती नेपालको संरक्षणमा बसिन्। उनी यो संस्थाका लागि काम गरिरहेकी ३९औं 'ट्राफिकिङ सर्भाइर्स' हुन्, जो बोर्डर उद्धारकर्ताको रुपमा खटिइरहेकी हुन्छिन्। उनको समूहले सीमा नाका प्रहरीको सहकार्यमा यी दुई देशबीचको चेक प्वाइन्टमा रहेका ९ वटा स्थानमा रहेर काम गर्ने गरेको छ।

---

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक जना मानिस रातो छालाको ज्याकेट लगाएकी महिलाको हात समात्दै सीमा नाका पार गरिरहेका छन्। उनले अग्लो हिल लगाएकी छन्, त्यसैले ठेस लागेर लरबराइरहेकीले राम्ररी हिँड्न सकेकी छैनन्। उनी निकै स्टाइलिस देखिन्छिन्। 

'एउटा कुरा के भने दलालहरुले महिलालाई नयाँ लुगा किन्दिछन्, विश्वास जित्नका लागि,' यति भन्दै पेमा उनीहरुको नजिक जान्छिन् र आइडी कार्ड माग्छिन्। 

युवतीसँग कार्ड थिएन। त्यो मानिसले आफू व्यापारी भएको र ती युवती प्रेमिका रहेको बताउँछ। उनीहरुलाई एकातिर लगिन्छ। त्यसपछि पेमा र सीमा नाका प्रहरीले उनीहरुलाई प्रश्न सोध्न थाल्छन्।
 
त्यो मान्छेको झुट पत्ता लागिहाल्छ। त्यो दलाल केटीको प्रेमी हुन्छ। फेसबुकमार्फत ती कलिली युवतीसँग जोडिएको उसले परिवारलाई फकाएर घर छोड्न मनाएको हुन्छ।

'उसको रेकर्ड हामीसँग छ,' पेमा भन्छिन्। 

ती युवतीलाई उसले देशबाहिर वेश्यालयमा बेच्नका लागि लगिरहेको थियो। हरेक दिन यस्तो भइरहन्छ।
 
जब ती युवतीले दलालको सत्य थाहा पाउँछिन्, डाँको छोडेर रुन थाल्छिन्। 

उनलाई माइती नेपालको एक ट्रान्जिट होममा लगिन्छ। परिवार सम्पर्कमा नआइन्जेल उनलाई आवासगृहमै राखेर सहयोग गरिन्छ।

'उनको प्रेमी दलाल हो र जसले बेच्न मात्र लग्दैनथ्यो भन्ने विश्वास दिलाउन हामीलाई निकै गाह्रो पर्छ,' उद्धारकर्तामध्येकी एक सिर्ता भन्छिन्, 'मलाई पनि त्यसरी नै पत्याउन मुस्किल भएको थियो। मेरो प्रेमीले मेरो एउटा मिर्गौला बेच्यो, त्यसपछि मलाई बेच्यो। म आजसम्म बाँच्नुको कारण मलाई उद्धार गरियो।'

--- 

हामी त्यसपछि ट्रान्जिट होमतिर लाग्यौं, जहाँ अर्की महिला भेटिइन् पूर्णिमा। उनी रुँदै थिइन्, जसलाई एक उद्धारकर्ताले सीमा नाका पार गर्नबाट रोकेर उद्धार गरेका थिए।
 
'मेरी छोरी ६ वर्षको हुँदा म विधवा भएँ। मेरा सासू-ससुराले मलाई नराम्रो व्यवहार गरेकैले घर छोड्नुपर्‍यो,' उनले भनिन्, 'मलाई एक महिला साथीले भारतमा काम लगाइदिने कुरा बताई। उसले 'ऊ'सित जाँदा धेरै पैसा कमाउन सकिन्छ भनी। मैले उसलाई विश्वास गरेँ र अहिले सीमा नाकामा रोकिएँ। मलाई यी महिलाहरुले नै बचाएका रहेछन्।'

सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गयो। भूकम्पले धेरै ठाउँ तहसनहस पार्‍यो। 'त्यसपछि धेरै संख्यामा महिला तथा किशोरीहरुलाई भारतमा राम्रो जिन्दगी बिताउन पाइन्छ भनेर झुक्याइ लगेको पाइन्छ,' माइती नेपालकी संस्थापक अनुराधा कोइराला भन्छिन्, 'जुन ठाउँमा बेचबिखन पहिलादेखि नै ठूलो समस्या रहेको थियो।'

भूकम्प गएको वर्ष नै ४ हजार महिला तथा युवतीहरुलाई उद्धारकर्ताहरुले भारत र नेपालको सीमा नाका पार गर्नबाट रोकेका थिए। 

‘यी ठाउँहरुमा अशिक्षा र गरिबी छ। यदि कोही आफन्तले जागिर लगाइदिने प्रलोभन देखाए भने के केही पनि नसोची धेरैजसो अभिभावक आफैले उनीहरुसँग जान उक्साउँछन्,' कोइराला भन्छिन्, 'यो मानव तस्करहरुको लागि उत्तम प्रजनन भूमि हो।’ 

---

बाहिर पेमा अरु उद्धारकर्तासँग गफ गर्दैछिन्, हाँस्दैछिन्।

उनी खुसी छिन्। किनकि महिला तथा युवतीहरुलाई दुःखी तथा दासत्व जीवन जिउनबाट रोक्नमा उनले आफ्नो जीवन व्यतित गरिरहेकी छन्। 

'सीमा नाकाका सेल्टरमा जो महिलाहरु छन्, उनीहरु गहिरो शोकबाट गुज्रिएर आएका हुन्,' कोइरालाले भनिन्, 'जसले भारतबाट त्यस्तो भोगेर आएका छन्।'

'उनीहरुको मुस्कान त एक मकुन्डो मात्र हो। पेमाले सबथोक गुमाइन् तर पनि उनी तपाईंहरुसित हाँस्न सक्छिन्। उनको मुटुभरि पीडा छ,' उनी भन्छिन्, 'जुन घाउ यी महिलाले पाएका छन्, कहिले हराएर जानेछैन। हामी यस्तै अरुलाई भएको देख्न चाहँदैनौं। हामीले केही गर्नुपर्छ र तत्कालै।'

('द गार्जियन'मा प्रकाशित ओफेलिया डे पाब्लो र जेभियर जुरिताको रिपोर्ट। भावानुवाद : बुनु थारु)

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्