• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

फ्लुबाट कसरी बच्ने?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  २१:११
1140x725

'डाक्टर सा'ब, मलाई ज्वरो र खोकी लाग्ने गरेको छ। प्रशस्त तातो पानी पिउँछु र बाफ लिन्छु। औषधि पनि धेरै खाइसकेँ तर खोकी निको भएन। के गर्ने, निकै समस्यामा छु।' 
हिजोआज हामीसँगको भेटमा अधिकांश बिरामीहरुले यस्तै भन्ने गर्छन्। 

जाडो बढ्दै जाँदा यस्ता समस्या लिएर आउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। यस्ता लक्षणहरु हाल स्कुल, परिवार तथा कार्यालयमा काम गर्ने कर्मचारीहरुमा पनि देखा पर्न थालिसकेको छ। यसखाले ज्वरो र खोकीजस्ता लक्षण फ्लुको संक्रमणको कारण देखा परिरहेको छ। 

के हो फ्लु?

इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा फ्लु भन्ने गरिन्छ। यो ए, बी र सी गरेर तीन प्रकारका हुन्छन। फ्लु 'ए' अन्तर्गत बर्ड फ्लु, स्वाइन फ्लु, हङकङ फ्लु पर्छन्। यस्तो भाइरस हरेक सिजनमा बारम्बार देखिन्छन्। 

फ्लु 'बी' भाइरस 'ए'पछि बढी देखिने गर्छ तर दुवैले उतिकै स्वास्थ्य जटिलता ल्याउन सक्छन्। फ्लु 'सी' भने सबैभन्दा कम देखिने गर्छ।

नेपालमा फ्लु भाइरसको प्रकोप कहिले बढी देखिन्छ?

१) जाडो यामको सुरुवात र अन्तमा
२) बर्सातको समयमा 

अहिले नेपालमा फ्लुको कुन भाइरस देखापरिरहेको छ?

Ncell 2
Ncell 2

अहिले फ्लु 'ए' अन्तर्गत स्वाइन फ्लु (एच १ एन १) र हङकङ फ्लु (एच ३, एन २) तथा फ्लु 'बी' देखापरिरहेको छ। 

फ्लु कसरी सर्छ?

दुई प्रकारले फ्लुको संक्रमण सर्छ। पहिलो, संक्रमित व्यक्तिले मुख नछोपीकन हाछ्युँ गर्दा वा खोक्दा स्वस्थ व्यक्ति नजिकै (६ फिटभन्दा कम दुरीमा भए) भए सर्न सक्छ। दोस्रो, संक्रमित व्यक्तिको फ्लु भाइरस कुनै पनि वस्तुको सतहमा बसेको हुन सक्छ र त्यहाँ कुनै कारणवश हाम्रो हात परेमा र सोही हातले नाक, मुख र आँखामा छुन पुगेका सर्न सक्छ। संक्रमित व्यक्तिमा यो भाइरसको लक्षण देखिनुभन्दा एक दिनअघि र देखिसकेपछि एक हप्तासम्म अरुलाई सर्न सक्दछ। 

लक्षण

यो सामान्यदेखि कडा रुपमा देखिने गर्छ। 
१) ज्वरो 
२) खोकी 
३) घाँटी खसखस गर्ने वा दुख्ने
४) नाकबाट पानी बग्ने
५) जिउ दुख्ने
६) आलस्य हुने 
७) बालबालिकाहरुमा बान्ता र पानी जस्तो पखाला लाग्ने

कडा भए के हुन्छ?

१) निमोनिया 
२) कानको संक्रमण
३) ब्रोनकाइटिस 

कस्तालाई कडा?

१) लामो समयदेखि श्वासप्रश्वास खासगरी दम, सिओपिडी, ब्रोनकाइटिस भएकालाई 
२) उच्च रक्तचाप भएकालाई 
३) मधुमेह भएकालाई 
४) क्यान्सर भएकालाई 
५) रोग प्रतिरोधाक्मक क्षमता कमजोर भएकालाई
५) पाँच वर्षभन्दा मुनिका बालबालिकालाई  
६) ६५ वर्षभन्दा माथिकालाई
७) मोटोपन भएकालाई  
 
काठमाडौँमा अत्यधिक वायु प्रदूषण छ। यसले फ्लु फैलन वा कडा हुनमा कति मद्दत गर्छ?

अनुसन्धानले फ्लु कडा बनाउनमा वायु प्रदूषणको पनि भूमिका हुने देखाएको छ। वायु प्रदूषणको मापन पीएम १० (PM 10) मात्राले पनि फ्लु अझ टाढा सम्म फैलन मद्दत गर्ने र मानिसको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने देखाएको छ। काठमाडौँमा वायु प्रदूषणको मापन पिएम< २.५ (  
फ्लु भाइरसको प्रयोगशाला जाँच कतिबेला उपयुक्त होला?

ज्वरो वा लक्षण देखिन थालेको पहिलो तीनदेखि पाँच दिनसम्म जाँच गर्न उपयुक्त हुन्छ। यो बेला फ्लु भाइरस अत्यधिक मात्रामा शरीरबाट निक्लिरहेको हुन्छ र त्यसैले भाइरस पनि पत्ता लाग्ने सम्भावना बढी हुन्छ।  
      
के गर्ने?

सामान्य ज्वरो (< 100 F) र खोकी भएमा
१) आराम गर्ने 
२) प्रशस्त झोलिलो (सादा पानी मात्र होइन) खानेकुरा खाने
३) आवश्यकता अनुसार सिटामोल लिने
४) पूर्णरुपमा ठिक नभएसम्म स्वास्थ्यकर्मीको सम्पर्कमा रहिरहने  

यदि माथि उल्लिखित कडा हुन सक्ने समूहमा पर्ने भए सामान्य फ्लुको लक्षण देखापरे पनि तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिएर आवश्यकता अनुसार औषधि लिनुपर्छ।   

के फ्लुको कडा लक्षण यसको प्रजातिमा भर पर्छ?

केही समयदेखि स्वाइन फ्लु भनिने एच १ एन १ फ्लु कडा रुपमा देखिँदै आएको छ। तर यो हङकङ फ्लु भनिने एच ३, एन २ भाइरस अत्यधिक कडा रुपमा देखापरेको जानकारीमा आएको छ। फ्लु एच ३, एन २ भाइरसविरुद्ध हाल प्रयोगमा रहेको खोपको प्रभावकारिता पनि अत्यन्त न्यून १० प्रतिशत रहेको पाइएको छ।

नेपालमा यो सिजनमा एच १ एन १ वा एच ३, एन २ भाइरसमध्ये कुनले प्रकोपको रुप लिनेछ भनेर यकिन गर्न सकिने अवस्था नभएकोले फ्लुले कस्तो रुप लेला भनेर अनुमान गर्न गाह्रो देखिन्छ। 

स्मरण रहोस्, हाल भारतमा एच १ एन १ र चीनमा एच ७ एन ९ (बर्ड फ्लु) को कारणले मानिसहरुको मृत्यु भइरहेको छ।     
 
बच्ने उपाय?

१) आवश्यकता नभई सार्वजनिक स्थलहरुमा नजाने र जानै परे पनि हातलाई बारम्बार नाक, मुख, आँखामा नलाग्ने
२) बाहिरबाट घर पसेपछि राम्रोसँग साबुन पानीले हात धुने
३) आफू संक्रमित भए सकेसम्म बाहिर नजाने र घरमा बस्दा पनि परिवारका सदस्यहरुसँग कम्तीमा पनि एक हप्तासम्म दुरी कायम गर्ने    
४) फ्लु विरुद्धको खोप लगाउने 
 

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजकका रुपमा कार्यरत छन्)  

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन
एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने
सम्बन्धित सामग्री
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाल... शनिबार, मंसिर २०, २०८२
जाडोमा स्वस्थ रहने घरेलु तरिका जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सा... बिहीबार, मंसिर १८, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य मंगलबार, मंसिर २३, २०८२
पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै मंगलबार, मंसिर २३, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्