• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अभावमै प्रभाव कमाएको फत्तेपुर मत्स्य विकास केन्द्र 

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  ०६:०३
1140x725

फत्तेपुर, सप्तरी– प्रदेश २ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएको छ। प्रदेशलाई अन्न तथा तरकारी भण्डार, दूधजन्य उत्पादनका साथै माछा उत्पादन हुने विशेष प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना छ।

गत जेठमा पारित आव ०७५/०७६ को प्रादेशिक नीति तथा कार्यक्रममा पनि प्रदेश सहकारी बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड तथा मत्स्य विकास बोर्ड गठन गर्नेसम्मका घोषणा गरिएको छ।

प्रदेश २ लाई कृषि प्रदेशका रूपमा अगाडि बढाउनुका साथै माछापालनका लागि सम्भावित क्षेत्र पहिचान गरी 'फिस जोन'का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। आधुनिक माछापालन प्रविधि, माछाको स्वास्थ्यप्रद दाना उत्पादन, नश्ल सुधार, माछा संकलन, ढुवानी, भण्डारण तथा बजार पहुँच विस्तारका लागि आवश्यक पहल गर्ने सरकारले नीति लिएको छ।

तर, कृषि, पशु तथा माछापालनमा सरकारले देखाएको नीतिगत उदारता व्यवहारमा भने देखिएको छैन। घोषणाअनुसार पशु-चौपाया तथा माछापालन व्यवसाय अपेक्षाकृत फस्टाएको देखिँदैन। सरकारले अघि सारेका नयाँ कार्यक्रमका त कुरै छोडौं, आवश्यक बजेट र कार्यक्रम अभावमा भएका पूर्वाधार र संरचना समेत धरमराउन थालेका छन्।

तिनै मध्येको एक हो- सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरस्थित मत्स्य विकास केन्द्र। सदरमुकाम राजविराजवाट ४६ किलोमिटर पूर्व-उत्तर तथा पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरमा रहेको यो मत्स्य विकास केन्द्र २०२९ माघ २५ गते स्थापना गरिएको हो।

सप्तरी र उदयपुरको सिमानामा रहेको त्रियुगा नदिबाट निकालिएको मुलुककै पहिलो चन्द्रनहरसँग जोडिएको यस केन्द्रको प्रमुख उदेश्य दिगो मत्स्यपालन प्रविधिको विस्तार र विकासद्वारा विद्यमान खाद्यसुरक्षा सुधार तथा गरिबी निवारणमा सहयोग पुर्‍याउनु हो।

Ncell 2
Ncell 2
nimb
nimb

‘मत्स्य विकासका लागि आवश्यक पर्ने विभिन्न जातका गुणस्तरीय माछाको नश्ल उत्पादन गरी कृषकसमक्ष पुर्‍याउने र निजी व्यवसायीलाई गुणस्तरीय नश्ल उत्पादनमा आत्मनिर्भर बनाउँदै लैजाने काममा हामी दत्तचित्त छौ,’ केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत जागेश्वर यादव भन्छन्, ‘मत्स्य विकासमा उपलब्ध प्रविधिलाई समयानुकूल परिमार्जन गर्दै उत्पादकत्व बढाउने तथा जग्गाको अधिकतम उपयोग गर्ने विषयमा भने हामी पछि परेका छौं।’

आवश्यक बजेट र कार्यक्रम भए मत्स्य विकास केन्द्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने र खाली जग्गालाई उत्पादनमूलक काममा प्रयोग गर्न सकिने सम्भावना रहेको उनले बताए। ‘योजना र बजेट भए यसमा आमूल विकास गर्न सकिन्छ। पर्यटकीय स्थलका रूपमा विकास गर्ने सम्भावना पनि प्रशस्त छन्,’ यादव भन्छन्,‘तर, न आवश्यक बजेट छ, न त कार्यक्रम नै।’

यस्तो छ केन्द्रको वर्तमान अवस्था
कुल १६ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा कार्यालय भवन, तालिम हल, मत्स्य प्रयोगशाला, मत्स्य ह्याचरी, नेट सेड, आवास भवन, ग्यारेजलगायतका भौतिक संरचना छन्। माछा तथा मत्स्य बिज उत्पादनका लागि ७ दशमलव ३२ हेक्टर क्षेत्रफलमा ४२ वटा पोखरी निर्माण गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माउ माछा राख्ने पोखरी, नर्सरी पोखरी, रियरिंग पोखरी र उत्पादन पोखरी गरी २४ वटा पोखरी ३ दशमलव ७१ हेक्टर क्षेत्रफलमा फैलिएका छन्। यी पोखरी पूर्ण रूपमा प्रयोगमा आएका छन् भने १ दशमलव ६६ हेक्टरमा फैलिएका ६ वटा पोखरी भने आंशिक रूपमा मात्र उपयोगमा छन्। 

तर, १ दशमलव ९५ हेक्टर क्षेत्रफल ‌ओगटेका १२ वटा पोखरी भने अहिले उपयोगविहीन छन्। ‘बजेट र कार्यक्रम भए पोखरी बाहेकको जमिन पनि उत्पादनमूलक काममा प्रयोग गर्न सकिन्छ,’ प्रमुख यादव भन्छन्, ‘तर, अहिलेकै अवस्थामा भइरहेको कामलाई निरन्तरता दिन पनि मुस्किल छ।’

समस्याका चाङ पनि उतिकै
सदरमुकाम र राजमार्गबाट अपायक स्थानमा रहेकाले कार्यालय एवम् कार्यक्रम सञ्चालन तथा सामग्री ढुवानीमा समस्या छ। पर्याप्त प्रशासनिक तथा विकासे कामका लागि पर्याप्त बजेट नुहुँदा सेवा विस्तार उत्साहमूलक हुन नसकेको प्रमुख यादव बताउँछन्। प्रदेश सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट चालू आर्थिक वर्षका कार्यक्रम सञ्चालन भईरहेको उनले बताए।

अत्यावश्यक र महत्वपूर्ण कर्मचारीको पद रिक्त छ। भौतिक पूर्वाधार जीर्ण भएका छन् भने सवारी साधन र अत्याधुनिक उपकरणको अभाव छ। स्थापनाको लामो समय बितिसक्दा पनि केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। तर, बहन क्षमताभन्दा पनि महत्वाकांक्षी लक्ष्य तोकिँदा कामको तनाव मात्र बढी हुने कर्मचारीको भनाइ छ। 

यसैगरी, बाह्य हस्तक्षेप र असुरक्षाका कारण कतिपय अवस्थामा भने केन्द्रका काम र कर्मचारी समेत प्रभावित हुने गरेका छन्। गत असार १५ गते सप्तकोशी नगरपालिका-१ का वडाध्यक्ष नारायण आचार्यले नै केन्द्र प्रमुख यादवलाई असभ्य रूपमा गाली गरे। 

आचार्यविरुद्ध अहिले जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको छ। ‘सार्वजनिक सुनुवाईमा प्रमुख अतिथि किन नबनाएको भनेर वडाध्यक्षले तथानाम गाली गर्नुभो,’ उनले भने, ‘मैले यो विषय आपसमै मिलाउने प्रयास गरें, तर वडाध्यक्षसहित नगरपालिकाका पदाधिकारीले समेत चासो नदेखाएपछि आचार्यविरुद्ध मुद्दा दर्ता भएको छ।’ वडाध्यक्ष आचार्यविरुद्ध बालुवा-गिट्टी चोरी निकासी गरेको आरोपमा डिभिजन वन कार्यालय सप्तरीले पनि पक्राउ पुर्जी जारी गरेको छ।

लक्ष्यभन्दा काम बढी 
माछाका भुरा उत्पादनमा प्रख्यात यस केन्द्रले सप्तरी लगायत झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुङ्गा, धनकुटा, इलाम, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम र संखुवासभालगायतका जिल्लामा सेवा दिँदै आएको छ।

पोखरीमा बलौटे माटो, पोखरीमा पानीको अत्यधिक चुहावटलगायतका समस्या हुँदाहुँदै पनि लक्ष्यअनुसारको उत्पादन र सेवामा भने कमी आएको छैन। आव २०७४/०७५ मा यस केन्द्रले २० लाख भुरा उत्पादनको लक्ष्य पाएको थियो। तर, उपलब्ध कर्मचारीको अथक मेहनतका कारण २५ लाख ५६ हजार ६ सय ८० भुरा उत्पादन गर्न सफल भएको प्रमुख यादवले बताए।

जनकपुर र सिरहास्थित मत्स्त्य विकास केन्द्रका तुलनामा सानो भएपनि उत्पादन र सेवामा भने फत्तेपुरको मत्स्य विकास केन्द्र अग्रणी रहेको भन्दै उनले खुसी व्यक्त गरे। 

राजस्व संकलनमा पनि केन्द्र सफल रहेको प्रमुख यावदवको भनाइ छ। आव २०७४/०७५ मा २७ लाख ९२ हजार ९९ रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले आव २०७/०७४ मा भने इतिहासमै सबैभन्दा बढी ३३ लाख ९२ हजार ४ सय ३० रुपैयाँ संकलन गरेको थियो।
दरबन्दी र कर्मचारीको अवस्था

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्