• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोगले आफैं थला परेको एउटा अस्पतालको कथा

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १५:१६
1140x725

काठमाडौं– बिहानको सावा एघार बजेको छ। विभिन्न सरुवा रोगले ग्रसित बिरामी आफैं र बिरामीका आफन्त अस्पतालको प्रवेशद्वार नजिकै रहेको काउन्टरमा टिकट लिन व्यस्त छन्। करिब ४५ जना बिरामी लाइनमा आफ्नो टिकट लिने पालो कुरिरहेका छन्। बिरामी एकअर्कासँग टाँसिएरै लाइनमा उभिएका छन्। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा स्वास्थ्य खबरपत्रिकाको टिमले भेट्टाएको दृश्य हो यो । 

‘विभिन्न सरुवा रोग संक्रमित बिरामी लपक्कै टाँसिएर लाइनमा बस्दा एकअर्काको रोग एकआपसमा सर्ला-नसर्ला?’ यही प्रश्न बोकेर अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई भेटियो।

 डा. पुन यस्तो अवस्थामा एकअर्कामाथि लागेको रोग फेरि उनीहरुमाथि नै संक्रमण हुने जोखिम रहेको स्वीकार गर्छन्। ‘सर्ने जोखिम अत्यधिक हुन्छ,’ उनी भन्छन्, ‘यो अस्पताल पहिले झाडापखलाका लागि खोलिएको हो। अहिले त अवस्था पूरै फरक छ। सरुवा रोग फरक–फरक खालका हुन्छन्। कुनै रगतबाट, कुनै हावाबाट त कुनै खानपान र  पानीबाट सर्ने रोग हुन्छ। यी सबै रोगलाई मिलाएर हेर्ने हो भने जोखिम अधिक हुन्छ।’

बाहिरैदेखि दुर्गन्ध
अस्पतालको मुख्य भवनमा पस्दा–नस्पस्दै ह्वास–ह्वास्ती गन्ध आइरहेको छ। स्वास्थ्यकर्मी तथा बिरामी आफैं धेरैले मास्क लगाएका छन्। जताततै बिरामीको भीड छ। त्यसमा पनि रेबिजको सुई लगाउनेको भीड थामिनसक्नु छ। मास्क लगाउँदा पनि खिरिलो गन्ध थेग्न सकिएको छैन। 

रेबिजको सुई लगाउने कक्षमा बिरामी खचाखच छन्। तीन वटा टेबुलमा सिरिन्ज र औषधि भरिभराउ छन्। ७-८ जना नर्स टेबुलवरिपरि झुम्मिएर बसेका छन्। सुई लगाउनेहरु लाइनमा छन्। बाँकी बिरामी पनि बस्ने ठाउँ नभएकाले उभिएकै छन्। सुई लगाएका बच्चाहरु पीडाले छटपटाइरहेका छन्। माहोल कोलाहलपूर्ण छ। 

कीर्तिपुरका श्याम महर्जनले स्वास्थ्यखबरसँग भेट्दा अस्पताल दुर्गन्धित भएको र सामान्य चेकजाँच गर्न आएका बिरामी पनि त्यही दुर्गन्धले बिरामी पर्नसक्ने चिन्ता व्यक्त गरे । उनले अस्पतालका शैय्याहरु पनि सफा नभएको गुनासो गरे।

काठमाडौं कपनका चेतन न्यौपानेले आफ्ना डेढ वर्षीया छोरीलाई रेबिजको सुई लगाउन अस्पताल ल्याएका छन्। उनको पनि अस्पतालमा दिइने सेवा व्यवस्थित हुन नसकेको गुनासो छ। भन्छन्, ‘बाहिरको टिकट काट्ने लाइन ठिक छ तर भित्र पस्दा भद्रगोल छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालका सिनियर अहेब शंकर पाण्डेका अनुसार अस्पतालमा आउने बिरामीमध्ये धेरै रेबिजकै हुन्छन्। भुस्याहा कुकुरको टोकाइका कारण यहाँ धेरै बिरामी रेबिजको सुई लगाउन आउँछन्। अहेव पाण्डे बिरामीको चाप धेरै भएका कारण भनेजस्तो सुविधासहितको सेवा दिन नसकिएको स्वीकार गर्छन्। ‘उपचार सेवा राम्रो दिए पनि निकै साँघुरो ठाउँमा उपचार गर्दा अप्ठ्यारो परिरहेको छ,’ उनले रेकर्ड देखाउँदै भने, ‘कहिलेकाहीं रेबिजका बिरामी संख्या मात्रै दिनमा ६ सय हाराहारीको हुन्छ।’

हाम्रो टिमले दिनभर अस्पताल चहार्दा दुर्गन्ध मात्रै सहनु परेन, शौचालयको अवस्था पनि बेहाल पाइयो। ठाउँठाउँमा पानीको पाइप फुटेको पनि भेटियो। मुख्य भवन पनि पुरानो र जीर्ण त छँदैछ।

अस्तव्यस्त शैय्या
अहिले यो अस्पतालको क्षमता सय शैय्या हो। सरुवा रोग अस्पताल भएकाले यहाँका शैय्या पनि विशेष सुरक्षासहित संवेदनशील तरिकाले बनाउनुपर्ने हो। तर, नेपाल लाइभ टिमले अवलोकन गर्दा त्यस्तो पाइएन। बेडहरु निकै पुराना र फोहोर छन्। कुनै चातिएका छन्। बेडको संरचना नै समान्य अस्पताल जस्तोगरी बनाइएको छ। त्यहाँ कुनै ‘आइसोलेसन’ वार्डको व्यवस्था छैन। जनरल वार्डमा विभिन्नथरी सरुवा रोग संक्रमित बिरामी सजिलै एकअर्कासँग लसपस हुने अवस्था रहेको देखिन्छ।

८५ वर्षअघिकै पुरानो डिजाइन 
कोलेरा अस्पतालको नामबाट विसं १९९० देखि सञ्चालनमा आएको अस्पताल हो, शुक्रराज अस्पताल। ८५ वर्षअघि नै हैजालाई लक्षित गरी अस्पतालको मुख्य भवन बनाइएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०५३ मा यसलाई बदलेर ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ नाम राखियो। निकै पुरानो अस्पताल भएकाले यसको डिजाइन पनि पुरानै छ। यो डिजाइन सरुवा रोगका लागि अनुकूल नभएको बताउँछन् डा. पुन। अस्पतालको ‘इन्टेरियर डिजाइन’ समेत सरुवा रोग अस्पताल अनुकूल नभएकाले बिरामी मात्र नभई आसपासमा आएका समान्य मान्छेलाई समेत रोग सर्ने खतरा रहने उनको भनाइ छ। 

घना वस्तीमा सरुवा रोग अस्पताल!
काठमाडौंको घना वस्तीमा पर्छ, टेकु। यही वस्ती बीचमा रहेको छ, शुक्रराज अस्पताल। सरुवा रोगसम्बन्धी नेपालको एक मात्र विशेषज्ञ सेवासहितको अस्पताल हो यो।

सरुवा रोग र यससम्बन्धी उपचार गर्ने अस्पताललाई निकै संवेदनशील रुपमा लिइन्छ। यससँगै एउटा प्रश्न उठ्छ– घना वस्तीका बीचमा सरुवा रोग अस्पताल रहनु कति उचित हुन्छ?

अस्पतालका प्रवक्तासमेत रहेका छाला तथा यौन रोग विशेषज्ञ डा अनुप बाँस्तोला अस्पताल यहाँबाट सिफ्ट हुनु जरुरी रहेको बताउँछन्। ‘यो अस्पताल घना वस्तीको बीचमा छ,’ उनी भन्छन्, ‘सरुवा रोग कुनै पनि बेला ‘आउटब्रेक’ हुन सक्छ र वस्तीमा फैलिन सक्छ। त्यसैले यो अन्यत्रै सिफ्ट हुन जरुरी छ।’

यो अस्पतालको अर्को शाखा पनि हुनुपर्ने र त्यो हेटौंडातिर बनाउँदा उपयुक्त हुने बताउँछन् डा बाँस्तोला। ‘यो उष्णप्रदेशीय अस्पताल पनि हो,’ डा. बाँस्तोलाको भनाइ छ, ‘काठमाडौं उष्णप्रदेशमा पर्दैन। यो केन्द्रमा पनि छ, त्यसैले अस्पतालका लागि यो ठाउँ त्यति उपयुक्त होइन।’
सरुवा रोग विशेषज्ञ डा पुन पनि बाँस्तोलासँग सहमत छन्। टेकु अस्ताललाई २१औं शाताब्दीको चुनौती धान्नसक्ने खालको बनाउनुपर्ने मत राख्छन् उनी। ‘यदि टेकुलाई सरुवा रोगको विशिष्ट अस्पताल बनाउने हो भने सरुवा रोगका लागि के–के आवश्यकता पर्छ ?,’ उनी भन्छन्, ‘२१ औं शताब्दीको जुन चुनौती छ, त्यसलाई धान्न सक्नेगरी हुनुपर्छ। जस्तो इबोला यति संवेदनशील हुन्छ कि, यो छोए पनि सर्छ।’ उनी उपयुक्त ठाउँका लागि पनि सोच्नुपर्ने बताउँछन्। 

अस्पतालसँग लालपूर्जा नै छैन
सुन्दा अच्चम लाग्छ, यति पुरानो अस्पतालले ओगटेको जमिनको लालपूर्जा नै अस्पतालसँग छैन। 

यही कारण ५७ करोड लागतमा निर्माण गरिने भनिएको साततले नयाँ भवन अहिलेसम्म गुरुयोजनामा मात्र सीमित छ। तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको भए पनि दुई वर्ष बितिसक्दा कामको सुरुवात नै भएको छैन।

अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार भवनको गुरुयोजना बनिसके तापनि टेकु अस्पतलाको जग्गाको लालपूर्जा नहुँदा समस्या परिरहेको बताउँछन्। 

‘अस्पतालसँगै जोडिएको स्वास्थ्य विभागको जग्गा पनि टेकु अस्पताललकै हो,’ उनी भन्छन्, ‘हाम्रो पहिलो काम लालपूर्जा लिनु हो।’ निर्देशक डा. पाण्डे लालपूर्जा अस्तापलका नाममा बनाउन आफूले पहल गरिरहेको बताउँछन्। ‘यसबारे मैले भूमिसुधार मन्त्रालयमा पनि कुरा गरिसकें,’ उनले भने, ‘लालपूर्जा नभएको ठाउँमा घर बनाउन पााइँदैन। हाम्रो सबै योजना यसलै रोकिरहेको छ।’

नयाँ बनाउने भनिएको साततले भवनमा १ सय ४६ शैय्या रहने र त्यहाँ रेबिज, सर्पदंश, एचआइभी, वृद्धवृद्धा तथा जटिल खालका टिबीका बिरामीहरुको उपचार गर्न छुट्टाछुट्टै विभाग राख्ने लक्ष्य अस्पतालको छ। 
निर्देशक डा पाण्डे नयाँ भवनको लागि बनाइएको गुरुयोजना पनि अस्पष्ट रहेको बताउँछन्। ‘हाम्रो गुरुयोजना  नै स्पस्ट छैन,’ उनले भने, ‘भवनको बाहिरी भाग कुन डिजाइनको हुने, उपकरणको व्यवस्थापन कसरी गर्ने भनेर स्पष्ट लेखिएको छैन।’ भवन निर्माणमा ढिलाइ हुनुको एउटा कारण यो पनि रहेको उनी स्वीकार गर्छन्। 

अस्पतालको अर्को दुःखः अभाव
१९९० मा कलेरा अस्पतालको नामबाट खुलेको अस्पताल २०५३ माघ ११ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रुपमा रुपान्तरण गरियो । यो नेपालको एक मात्र ‘रिफरल’ अस्पाल पनि हो। यहाँ २०६० सालदेखि एचआइभी एड्सका बिरामीका लागि एआरभी औषधि वितरण पनि सुरु भएको थियो। पहिला २५ जनाबाट एआरभी वितरण सुरु गरेको यस अस्पतालबाट अहिले वार्षिक २२ सय जनाले औषधि खाइरहेका छन्। 

अस्पतालले विभिन्न मेडिकल विद्यार्थीहरुलाई तालिम पनि दिँदै आएको छ। यहाँको जनरल वार्ड ४० वटा, ग्यास्ट्रो वार्ड ४० वटा, स्पेसल वार्ड क्याबिन २० वटा छन्। अस्पतालले डट्स क्लिनिक र एचआईभी परामर्श क्लिनिक पनि सञ्चालन गरिरहेको छ। 

सरुवा रोगहरु टाइफाइड, ज्वरो, कालाजार, मलेरिया, टिटानस, जनावारका टोकाइ जस्तैः सर्पदंश, कुुकरले टोकेको, बाँदरले टोकेको, चितुवा, भालु, मुसा आदिले टोकेका, इन्सेफ्लाइटिस, मेनिन्जाइटिस आदिको सेवा पनि यस अस्पतालले दिइरहेको छ। 
तर, समयअनुसार अस्पतालले काँचुली फेर्न सकेको छैन। २०७३ माघ १० गतेबाट मात्रै सिटी स्क्यान तथा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्य सुरु गरेको  थियो, जुन अस्पालको इतिहास हेर्दा निकै सुस्त देखिन्छ। अस्तालले २०७३ चैत ७ गतेदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। चार शैय्याको आइसियू बनाइए पनि  भेन्टिलेटर राख्न सकेको छैन। 

अस्पतालमा कार्यरत एक कर्मचारी भन्छन्, ‘यो अस्पतालले केही पनि सुविधा नदिएको भन्न त मिल्दैन तर त्यत्तिका वर्ष बितिसक्दा पनि भौतिक संरचना तथा जनशक्ति वृद्धिमा भने सुधार आएको छैन।’

स्थापनाकालदेखि हालेको पाइप अझै पनि छ। सो पाइप बेलाबेलामा फुटेर लिक भइरहने त्यहाँका कर्मचारी बताउँछन्। सरकारले अस्पताललाई हेर्ने नजरिया नै फरक  भएकाले अस्पताल बेवास्तामा परेको डा बाँस्तोला बताउँछन्। भन्छन्, ‘निकै महत्वपूर्ण भए पनि सरकारले यो अस्पताललाई वास्ता गरेको छैन। यही कारण यहाँ सोचेजस्तो विकास पनि हुन सकेको छैन।’

अस्पतालका वरिष्ठ अहेव शंकर पाण्डे भौतिक पूर्वाधरको अभावका कारण आफूहरुले दुःख गरेर काम गर्नुपरेको गुनासो गर्छन्। ‘ठाउँ अलि कन्जस्टेड छ, हामी त्यो स्वीकार्छौं,’ उनको भनाइ छ, ‘भवन राम्रा छैनन्। धेरै फिभर केस आउँछन्। हामी अझै पनि भूकम्पले टाँसेको ‘रेड जोन’मै बसेर सेवा दिइरहेका छौं।’

‘रेड जोन’ मा काम, स्वास्थ्यकर्मी नै संक्रमित
२०७२ सालमा आएको भूकम्पले नेपालमा ठूलै जनधनको क्षति ग¥यो । त्यही भूकम्पले यो अस्पतालका धेरै भवन पनि भत्किए, क्षति पुग्यो। तर क्षति पुगेको भवनको अझै पनि पुनःनिर्माण भइसकेको छैन। भूकम्पताका रेड जोन स्टिकर टाँसिएका भवनमा अझै पनि स्वास्थ्यकर्मी काम गर्न बाध्य छन्। अपस्तालका वरिष्ठ अहेव पाण्डे भन्छन्, ‘हामी अझै पनि असुरक्षित भवनमा बसेर काम गरिरहन बाध्य छौं।’

अस्पतालमा कार्यरत कर्मचारी जोखिम मोल्दै काम गर्न बाध्य छन्। बिरामीको उपचार गर्दा कोहीमा भने संक्रमण समेत हुने गरेको छ। 

बरिष्ठ अहेब सरिता गौतम पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु सरुवा रोगको जोखिममा रहेको बताउँछिन्। ‘अस्पतालमा संक्रमण नियन्त्रणको लागि खासै केही गरेको छैन,’ उनी भन्छिन्, ‘हामी स्वास्थ्यकर्मी पनि जोखिम मोलेर काम गर्न बाध्य छौं। उपचार गर्दागर्दै संक्रमण भएका घटना धेरै छन् यहाँ।’

अस्पतालका निर्देशक डा पाण्डे पनि कर्मचारीलाई नै संक्रमण भएको केही घटना भएको स्वीकार गर्छन्। भन्छन्, ‘हाम्रो ल्याबमा काम गर्ने एक जना नर्स थिइन्, उनलाई बिरामीबाट टिबी सरेको थियो।’ संक्रमण नियन्त्रणका लागि विभिन्न तालिमहरु हुने गरे तापनि त्यो अस्पतालमा खासै लागू नभएको स्वयं त्यहाँका कर्मचारीहरु बताउँछन्। 

थोत्रा सामानको थान्को
एआरटी सेन्टरको माथिल्लो तल्लामा जाने भर्‍याङ छेउमै थोत्रा समानको थुप्रो छ। टेबुल, कुर्सीका खातदेखि थोत्रो एम्बुलेन्स समेत त्यहीं थुपारिएको छ। पुरानो ट्वाइलेट सिट पनि बेवारिसे अवस्थामा छ। यस्तो अवस्था देखेपछि स्वास्थ्यखबरको टिम अस्पतालका निर्देशक डा पाण्डे कहाँ पुग्यो। 
निर्देशक डा पाण्डे भने कवाड समान लिलाम गर्दा रित पुर्‍याएर गर्नुपर्ने हुँदा थान्को लागेको बताउँछन्। ‘नियमअनुसार लिलाम गर्नुपर्ने हुन्छ,’ उनको भनाइ छ, ‘थोत्रा समान यत्तिकै फाल्दा बेचेर खायो भन्ने आरोप आउला। कानुनी प्रक्रिया पुर्‍याउँदापुर्‍याउँदै वर्ष दिन जाँदो रहेछ।’

सञ्चालनमा आउन सकेन ‘आइसोेलेसन वार्ड’
सरुवा रोग अस्पतालमा ‘आइसोेलेसन वार्ड’ अनिवार्य चाहिन्छ। जटिल खालका सरुवा रोगबाट संक्रमित बिरामीबाट स्वस्थ व्यक्तिमा रोग नसरोस् भनेर बिरामीलाई आइसोलेसन वार्डमा राख्ने गरिन्छ। यस्तो वार्डमा त्यही किसिमका उपकरणहरु हुन जरुरी हुन्छ। हावा फिल्टर भएर इन्फेक्सन बाहिर नफैलियोस् भनेर यसमा फिल्टर गर्ने मेकानिजम हुुन्छ।

तर, टेकु अस्पतालमा बनाएको आठ शैय्याको आइसोलेसन वार्ड झन्डै एक दशकदेखि सञ्चालनमा आउन सकेको छैन। यसमा जनशक्ति र बजेट अभाव देखाउँछन् अस्पतालका निर्देशक डा पाण्डे। ‘आइसोलेसन वार्ड चलाउन विशिष्टकृत दक्ष जनशक्ति चाहिन्छ, जुन यहाँ अभाव  छ,’ उनको भनाइ छ, ‘बजेट पनि पर्याप्त छैन। १० वर्षसम्म पनि सञ्चालमा ल्याउन नसक्दा हामी पक्कै पनि लज्जित छौं।’

इबोला, स्वाइन फ्लु, बर्ड फ्लु लागेका बिरामीबाट अरुमा त्यो संक्रमण नसरोस् भनेर छुट्टै उपचार गर्न आइसोलेसन वार्ड आवश्यक हुन्छ। 

‘ठूलै महामारी आयो भने हामीसँग नियन्त्रण गर्ने क्षमता छैन,’ उनको गुनासो छ। उनी इबोला संक्रणको शंकामा अस्पताल आएका बिरामीलाई उपचार गर्न नसकिएको घटना सुनाउँछन्। ‘अफ्रिकी मुलुकमा इबोलाले महामारीको रुप लिइरहेका बेला एक जना अफ्रिकी बिरामी नेपाल आए,’ दुःखको निकट–विगत सम्झँदै उनले भने, ‘उनलाई इबोलाको शंका गरिएको थियो। तर हामीसँग आइसोलेसन वार्ड नहुँदा उपचार गर्न सकिएन र उनलाई एयरपोर्टबाटै फर्काउनुपर्ने बाध्यात्मक परिस्थिति आएको थियो।’

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्