• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सुगर जाँच्दा हुने गल्ती र सुधार्ने उपाय

64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  १९:४७
1140x725

रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह (सुगर) भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब ४५ करोड मधुमेह रोगी छन्। नेपालमा कुल जनसंख्याको ९.५ प्रतिशत मधुमेह रोगी रहेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। संगठनका अनुसार नेपालको सन्दर्भमा नियमित सुगर जाँचको सुविधा दुर्गम गाउँ–वस्तीसम्म पुगिनसकेकोले यो आँकडा अझै बढी हुनसक्छ।
यो लेखमार्फत केही प्रतिनिधि पात्रको उदाहरणसहित मधुमेह रोगीले रगतमा सुगरको मात्रा जाँच्न जाँदा गर्ने गल्ती र त्यसलाई सुधार्ने उपायको बारेमा चर्चा गरिन्छ।

बिरामी नम्बर १ : एकजना ६० वर्षे बा गाउँबाट बिहानै बस चढेर डाक्टर भेट्न हिँड्छन्।  सुरुमा ल्याबमा सुगर जाँच गरेर आउनु भनेकाले खालीपेटको सुगर जाँच गर्न रगत दिन्छन्। खाना खाएको २ घन्टापछि फेरि आएर रगत दिनु भनेर ल्याबका स्टाफले भन्छन्। बा बाहिरको खानेकुरा खाँदैनन्, त्यसकारण एक कप कालो चिया र एउटा बिस्कुट खाएर दुई घन्टापछि ल्याब गएर रगत दिन्छन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्।

बिरामी नम्बर २ :  ४५  वर्षे आमा नियमित चेकअपको लागि घरबाट अस्पताल  जान्छिन्। टिकट लिएर लाइन बस्छिन्। डाक्टरकोलाई देखाउने पालो आउँदा दिउँसोको १ बज्छ। डाक्टरले खालीपेट र खाना खाएपछिको सुगर जाँच लेखिदिन्छन्। उनी ल्याब गएर बिहानदेखि केही नखाएकोले खाली पेट नै भएको जनाउ दिन्छिन्।  दुइटै जाँच भइसकेपछि रिपोर्ट लिएर डाक्टरकोमा जान्छिन्।

बिरामी नम्बर ३ : यी ४० वर्षे दाइ अलि अनुसन्धानात्मक छन्। १ वर्ष अगाडि मात्रै सुगर देखिएका दाइ औषधि कति खाइराख्नु भन्ने सोच्छन्। त्यसकारण सुगर जाँच गर्नुभन्दा अगाडि २/३ दिन औषधि नै खाँदैनन्। औषधि नखाँदा सुगर कति पुग्दोरहेछ भनेर आफैंमा अनुसन्धान गर्छन्। जाँच गराउँछन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्। 

बिरामी नम्बर ४ : ५० वर्ष हाराहारीका यी अंकल अत्यन्तै व्यस्त छन्। व्यस्तताकै कारण कहिले औषधि छुट्छ त कहिले जाँच गराउने समय। नजिकैको ल्याबमा गएर खालीपेटको सुगर जाँच गराउछन् तर खाना खाएको दुई घन्टापछिको जाँच गर्न भ्याउँदैनन्। व्यस्तताका कारण अर्कै दिन गएर खाना खाएको दुई घन्टापछिको जाँच गर्न रगत दिन्छन्। दुवै रिपोर्ट लिन्छन् र डाक्टरकोमा जान्छन्।

Ncell 2
Ncell 2

बिरामी नम्बर ५ : ४५ वर्षे दाइमा चुरोटको लत छ। खालीपेटको सुगर जाँच गर्न ल्याब जानुभन्दा अगाडि आधा प्याकेट चुरोट बाटोमा सकेर ल्याब पस्छन्। जाँच गराउँछन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्।

के हो त सही तरिका? 
– सम्भव भएसम्म खालीपेटको सुगर जाँच बिहान नै गर्नुपर्छ।
– खालीपेटको सुगर जाँच गरेकै दिन खाना खाएको २ घन्टापछिको जाँच पनि गर्नुपर्छ। 
– आफूले दैनिक खाने गरेको खाना नै खाएर दुई घन्टापछिको जाँच गराउनुपर्छ। यदि ल्याब टाढा छ भने टिफिन बक्समा खाना लगेर खान सकिन्छ। 
– खाना खाएपछि दुई घन्टाको सुगर जाँचको लागि रगत दिनुभन्दा अगाडि (पानीबाहेक) केही खानु हँुदैन। 
– सुगर जाँच गर्ने दिन कमसे कम केही घन्टाको लागि धूमपान र मद्यपान गर्नु हुँदैन। 
– सुगर जाँच गर्दा आफूले खाइरहेको औषधि छोड्नु पर्दैन।

स्वस्थ शरीर नै अमूल्य धन हो। तसर्थ रगतमा सुगर जाँच्दा अपनाउनुपर्ने आवश्यक पूर्वतयारीको बारेमा बिरामी आफैं सजग हुने हो भने सही रिपोर्टको साथ सही उपचार पाउने आफ्नो हक सुनिश्चित गर्न सकिन्छ।

(मैनाली लाइफ लाइन अस्पताल, झापाका प्याथोलोजिस्ट हुन्)

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाल... शनिबार, मंसिर २०, २०८२
जाडोमा स्वस्थ रहने घरेलु तरिका जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सा... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू आइतबार, मंसिर २८, २०८२
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक आइतबार, मंसिर २८, २०८२
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्