• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

काजु, बदामले मधुमेह, उच्च रक्तचाप र मुटु रोगमा गर्छ यस्ता फाइदा

64x64
नेपाल लाइभ मंगलबार, माघ २२, २०७५  २१:५०
1140x725

साधरणतया सुक्खा खानेकुरा (ड्राइ फ्रुट) का रुपमा चिनिने ‘नट्स एन्ड ओएल सिड्स’ नेपालमा पहिलादेखि नै प्रयोग गरिआइएको खानेकुरा हो। विशेषागरी तिहारमा यी खानेकुरा बढी खाइन्छ।यसका साथै पूजा, ब्रतबन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं।

धार्मिक महत्व, स्वादमा मीठो र स्वास्थ्यको हिसाबले पनि एकदमै उपयोगी भए पनि आजभोलि विभिन्न कारणले नट्सको सेवनमा द्विविधा रहेको पाइन्छ। ‘लो क्यालोरी’, ‘लो फ्याट’ जस्ता पोषण बजारमा आएका नयाँ शब्दले गर्दा चिल्लो पदार्थले भरिपूर्ण नट्सको सेवनमा शंका पैदा हुनु स्वभाविक पनि छ। 

तर ,सबैले थाहा पाउनुपर्ने कुरा के हो भने, चिल्लो पदार्थ दुई प्रकारका हुन्छन्– स्वस्थ चिल्लो पदार्थ (ओमेगा–६ र ओमेगा–३) र अस्वस्थ चिल्लो पदार्थ (संतृप्त)। नट्समा स्वस्थ चिल्लो पदार्थ (४९–७४ प्रतिशत), प्रोटिन ( ९–२० प्रतिशत) र विभिन्न खनिज पदार्थ (क्याल्सियम, आइरन, पोटासियम, जिंक, सेलेनियम, म्यान्गनिज, म्याग्नेसियम, कप्पर) प्रसस्त मात्रामा पाइन्छ। यससँगै नट्समा फाइबर, भिटामिन–इ, बि र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता पोषक तत्वको मानव शरीरमा आफ्नै महत्व छ । 

तसर्थ, नट्स (बदाम, हाडे बदाम, पिस्ता, काजु, कट्टुस, ओखर, छोकडा, किसमिस, फर्र्सीको बियाँ, आलस, तिल आदि) स्वास्थ्यका हिसाबले एकदमै लाभबर्धक खानेकुरा हो । नट्समा प्राकृतिक रुपमा चिल्लो पदार्थ धेरै भए पनि कट्टुसमा भने चिल्लो कम हुनुका साथै रगतमा चिनीको मात्रा बढाउने सुगर पनि कम हुन्छ।

सबै प्रकारका नट्स विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । यद्दसप प्रत्येकको आ–आफ्नै विशेषता हुन्छ ।

कुन नट्समा के पाइन्छ ?

हाडे बदामः प्रोटिन, क्याल्सियम, भिटामिन–इ 
काजुः आइरन, जिंक 
कट्टुसः फाइबर, भिटामिन–सी, 
हेजल नट्सः पोटासियम, फोलेट, भिटामिन–इ, फाइबर 
पिस्ताः प्रोटिन, पोटासियम, एन्टिअक्सिडेन्ट 
सल्लाको दाना (पाइन नट्स): भिटामिन–इ र आर्जिनिन 
ओखरः ओमेगा–३ र एन्टिअक्सिडेन्ट 

यसरी विभिन्न पोषक तत्व पाइने नट्सले हाम्रो शरीरमा दैनिक रूपमा चाहिने आवश्यक भिटामिन र खनिज पदार्थको परिपूर्ति त गर्छ नै साथै विभिन्न रोग लाग्न नदिन र रोगहरुको उपचारका क्रममा पनि मद्दत गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उच्च रक्तचापः विभिन्न पोषकतत्वले भरिपूर्ण नट्समा प्राकृतिक रूपमै सोडियम कम हुन्छ र पोटासियम धेरै हुन्छ । यो गुणले गर्दा उच्च रक्तचाप भएका बिरामीका लागि नट्स उपयोगी छ । बजारमा पाइने नुनिलो बदाम वा यस्तै नट्सको साटो नुन, तेल प्रयोग नगरिएको अर्थात् प्रशोधन नगरिएको नट्स खानु स्वास्थ्यबर्धक हुन्छ।

मुटु रोगः विभिन्न्न अध्ययनले नट्सले मुटु रोग र मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखाएका छन् । यसमा पर्याप्त मात्रामा स्वस्थ चिल्लो पदार्थ र न्यून मात्रामा संतृप्त (अस्वस्थ चिल्लो) चिल्लो पदार्थ हुने भएकाले र फाइबर पनि हुने भएकाले स्वस्थ मुटुका लागि राम्रो मानिन्छ।

त्यसैगरी, यसमा हुने आर्जिनिन भन्ने तत्वले रक्तनलीमा हुने अवरोध कम गरेर रगत प्रवाह सहज बनाउन मद्दत गर्छ । एन्टिअक्सिडेन्ट, विभिन्न भिटामिन र मिनेरलले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मधुमेहः विभिन्न अध्ययनले नट्सको प्रयोगले टाइप–२ मधुमेह लाग्न नदिने देखाएका छन् । यसमा हुने स्वस्थ चिल्लो पदार्थ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने गुणले चिनीरोग नियन्त्रणमा सहयोग पुर्‍याउँछ । यसले चिनीरोग सँगसँगै देखा पर्ने मुटु रोग र रक्तचापलाई पनि नियन्त्रण गर्छ।

Xtrem

Xtrem

तर, दिनमा कति मात्रामा नट्स खाने भन्ने कुरा सबैले हेक्का राख्न जरुरी छ। दिनको २५–३० ग्राम (१५–२० हाडे बदाम, ९ वटा ओखरको गुदी आदि) बराबरको नट्स खाँदा तौल वृद्धिमा असर नगर्ने बरु तौल नियन्त्रणमा मद्दत गर्ने विभिन्न अध्ययनले देखाएको छ। आवश्यक भन्दा धेरै मात्रामा नट्सको सेवन गरेमा तौल बड्नुको साथै अन्य रोग लाग्ने जोखिम पनि बढ्छ। 

तसर्थ, तौल नियन्त्रण प्रक्रियामा बिस्कुट, दुनोट, चकलेट, चिप्स आदिको सट्टा दैनिक २५–३० ग्राम नट्स  खानु फाइदाजनक हुन्छ। साथै, मुटु रोग र मधुमेह रोगमा सहयोग पुर्‍याउन पनि सोही मात्रामा नट्स सेवन गर्नुपर्छ । अथवा आहारविद् (डाइटिसियन) को सल्लाहमा आफ्नो तौल, उचाइ र उमेर अनुसार क्यालोरी मिलाएर नट्सको सेवन गर्नु प्रभावकारी हुन्छ।

नट्सलाई छुट्टै पनि खान सकिन्छ भने खाजाहरुसँग मिलाएर वा पकाएर पनि खान सकिन्छ।

यति धेरै फाइदा भए पनि, नट्सलाई शरीरमा एलर्जी गराउन सक्ने मुख्य खानेकुराका रूपमा वर्गीकरण गरिएको छ। हरेक व्यक्तिले नट्सको सेवन गर्दा आफूलाई शरीरमा केही असर गरिरहेको छ या छैन भने ध्यान दिनु आवश्यक छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्