• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किशोरीको डायरीमा खगेन्द्रको नोस्टाल्जिया

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १४:३८
1140x725

२०५८ सालको चिसो पुस। १० गते बिहान। परिवारका सबै सदस्य खाना खाने तयारीमा थिए। एकाएक सैनिकहरूले घर घेर्न थाले। अचानक शान्त वातावरणमा त्रास फैलियो। सैनिकले सबैलाई धरपकड गर्दै घरभित्र हुले। दुई घन्टासम्म यातना दिए।

त्यसपछि घरभित्र पराल राखिदिए। 

सबै डरले काँपिरहेका थिए। जबकि, बाँच्ने/मर्ने कुनै निश्चित थिएन। 

बिस्तारै एकएक बहाना गरेर परिवारका सबै जना बाहिर निस्किए। उनीहरू निस्किएको केही समयमै घरभित्र बम पड्कियो। आँखैअघि त्यो घर जलेर नष्ट भयो। 

भर्खर कक्षा ६ मा पढ्दै गरेको १२ वर्षीय बालकको छातीमा गढेको घाउ सानो थिएन। देशले भोगिरहेको सशस्त्र युद्धले एउटा बालकको सपना मारेको थियो। सबथोक बदलिदिएको थियो।

बालापन, घरपरिवार, पढाइ यी सबैसबै गुमाउनुपरेको त्यस बालकले त्यसपछि के गर्यो?

‘युद्धसँग साक्षात्कार गर्यो,’ जवाफमा खगेन्द्र गिरी बोले। 

जो त्यही जनयुद्धको एउटा पीडित पात्र थिए।  

nimb
nimb
Ncell 2
Ncell 2

OOO

‘डायरी अफ अ योङ गर्ल’को अनुवाद गर्दा उनी पटकपटक छटपटाए। त्यतिबेला उनी आफ्नो बाल्यकालमा फर्किए। १२ वर्षको उमेरमा भोगेको त्रासदी सम्झे। र, सम्झे सन् १९४२ कि १३ वर्षीया किशोरी एन फ्र्यांक। जसले १३ वर्षको उमेरमा डायरी लेखेकी थिइन्– डायरी अफ अ योङ गर्ल। संसारका ६० भन्दा बढी भाषामा अनूदित उक्त पुस्तक संसारभर रुचाइएको छ।

यो पुस्तकको नेपाली अनुवाद बजारमा आइसकेको छ। यसका अनुवादक उनै खगेन्द्र हुन्। 

पेसा पत्रकारिता। अध्ययन र अनुवाद रुचिको विषय। उसो त फुटकर अनुवाद गरिरहेका उनले पहिलो पटक डायरी अफ अ योङ गर्ल (एक किशोरीको डायरी) अनुवाद गरे। 

बजारमा राम्रो अनुवादकको खडेरी। त्यसमाथि यो युद्ध विषय।

‘कसरी गर्नु भो त चुनौतीको सामना?’ मैले प्रसंग कोट्याएँ। 

खगेन्द्र आफूले अनुवाद गरेको पुस्तकको जस लिन पनि चाहँदैनन्। न त कुनै प्रचारको भोक छ। तर, पुस्तकप्रति उनको अथाह प्रेम छ।

उनले गाँठो फुकाइहाले, ‘अघिल्लो साल मंसिरतिर। एकदिन मलाई नारायण दाइले फोन गरेर ‘एउटा राम्रो पुस्तक छ, त्यसको नेपाली अनुवाद गर्छौ?’ भनेर सोध्नुभयो। उहाँलाई नाइँ भन्न सकिँन। गर्छु त भनेँ। तर, सक्छु कि सक्दिनँ दोधारमा थिएँ। प्रकाशक सिकाइ समूह रहेछ। जब पुस्तकको नाम सुनेँ, तब गर्ने साहस जागेर आयो। म पूरै तयार भएँ। मंसिरको अन्तिम साता पुस्तकको अङ्ग्रेजी भर्सन मेरो हातमा आइपुग्यो। पुस पहिलो सातादेखि मैले अनुवाद गर्न सुरु गरेँ।’ 

संयोगले जुराएको अनुवाद 
भन्ने गरिन्छ– अनुवाद गर्नु कठिन काम हो, तर यसबाट जस पाइँदैन।

खगेन्द्र आफूले अनुवाद गरेको पुस्तकको जस लिन पनि चाहँदैनन्। न त कुनै प्रचारको भोक छ। तर, पुस्तकप्रति उनको अथाह प्रेम छ। भन्छन्, 'यो पुस्तक अनुवाद मेरो संयोग हो।' 

बाल्यकालमा नजिकबाटै युद्धको त्रासदी भोगेका खगेन्द्रले यस पुस्तकबाट भने विश्वयुद्धलाई नजिकबाट नियाल्न पाए। भन्छन्, ‘युद्धलाई देखेको मान्छेले मात्र युद्ध थाहा पाउँछ जस्तो लाग्दैन। फरक भए पनि एनले र हामीले भोगेको युद्धमा केही समानता छन्।’  

'युद्ध भोगिरहेको मान्छेले मृत्युलाई सजिलै पचाउन सक्छ। कतिपल्ट डराउने? हरेकपल्ट त्यही डर नरहन सक्छ,' उनी थप्छन्, 'एउटा यस्तो बिन्दु आउँछ, जहाँ पुगेपछि मर्नै परे पनि केही हुन्न भन्ने लाग्दो रहेछ।’

जब आफू लुक्दै गरेको बेला सेनाले फेला पार्दैछ भन्ने थाहा पाउँदा कस्तो अनुभव होला? आफू यही अनुभवबाट बाँचेको समयलाई प्रस्तुत गर्छन् उनी। 

डायरीभित्र बाँचेकी एन
दोस्रो विश्वयुद्धताका, नाजी नश्लवादले सिंगो यहुदी नष्ट गर्न चाहन्थ्यो। त्यतिबेला यहुदीहरूले आफ्नो स्वतन्त्रता पूरापुर गुमाइसकेका थिए। सास फेर्नसमेत बन्देज गरिएको बेला हल्यान्डमा रहेका यहुदीहरूको अवस्था कस्तो थियो? कल्पना गर्दा आङ सिरिंग हुन्छ। 

किशोरी एन त्यस समय यहुदी परिवारमा जन्मेकी हुन्। 

युद्धको चपेटामा पनि १४ जुन, १९४२ देखि एनले डायरी लेख्न थालिन्। नाजी सेनाबाट बच्नका लागि ५ जुलाई  १९४२ मा एन परिवार लुक्न गुप्त भवन जान्छन्। तर, एनले डायरी लेख्न छाडिनन्। २ वर्षभन्दा बढी समय गुप्त भवनमै गुजारेकी एनले भवनभित्रका त्रासदीको भरपूर वर्णन गरिन्।

भवनभित्र बितेका दैनिकी, परिवारमा प्रत्येकको स्वभाव, हर दिन आफूमा आएको परिवर्तन, प्रत्येक क्षण बेहोर्नुपरेको पीडा र प्रेम लगायतका प्रसंग उनको डायरीमा छ।

‘मसँग यही लेख्ने कला छ। म यही डायरीमा बाँच्न चाहन्छु,’ एनले डायरीमा भनेकी छन्। 

एनको डायरी १ अगष्ट १९४४ मा अन्त्य भयो। यो डायरी १९४७ मा पहिलो पटक डच भाषामा प्रकाशित भयो।

त्यसपछि आफूले भनेझैं यही डायरीमा बाँचिरहेकी छन् एन। जो भौतिक रुपमा भने १५ वर्षको कलिलै उमेरमा चुँडिन पुगिन्। डायरी लेख्न छाडेका तीन दिनपश्चात् गेस्टापो (नाजी प्रहरी) ले उनीसहित परिवारलाई पक्राउ गर्यो। त्यसपछि परिवारबाट छिन्नभिन्न भएकी एन टाइफसको महामारीमा जुध्न पुगिन्।  सन् १९४५ तिर एक श्रम शिविरमा उनको निधन भयो। 

भवनभित्र बितेका दैनिकी, परिवारमा प्रत्येकको स्वभाव, हर दिन आफूमा आएको परिवर्तन, प्रत्येक क्षण बेहोर्नुपरेको पीडा र प्रेम लगायतका प्रसंग उनको डायरीमा छ।

विश्वयुद्ध सकियो। विस्तारै सबै कुरा शान्त हुँदै गए। तर, एन अझ शान्त छैनन्। हजारौंको छातीमा एनले भोगेको पीडा गढेको छ। वर्षौंदेखि डायरीभित्र बाँचिरहेकी एक किशोरीले आज हजारौंलाई बाँच्न सिकाइरहेकी छन्। 

अजम्बरी प्रेम
खगेन्द्र जोखिमको यात्रामा थिए। किनकि, सांस्कृतिक र ऐतिहासिक रुपमा पनि ठूलो फरक। त्यो बेलाको हल्यान्ड र यो बेलाको हल्यान्ड निकै बद्लिएको थियो। त्यसमाथि नेपालीमा अनुवाद गर्दा मौलिकपना कसरी भित्र्याउने भन्ने समस्या। एनका हर कुरा नेपाली पाठकले बुझ्नेगरी ल्याउनुपर्ने। यी चुनौतीका बाबजुद डेढ महिनामै अनुवाद टुंगियो। तर, एनसँगको प्रेम झन् गाढा भएर गयो खगेन्द्रलाई। ‘साँच्चै मैले त एनलाई आत्मीय रुपमा पाउन थालेछु। कतै न कतै उसँग सम्बन्ध जोडिएको जस्तो भयो, भरखरै भेटेजस्तो,’ अनुभव सुनाए खगेन्द्रले।

विश्वमा राजनीतिक परिवर्तन भइरहेका छन्। समय निकै बद्लिइसकेको छ। ‘यतिबेला एन बाँचेकी भए के लेख्थी होला,’ खगेन्द्र एकाएक भावुक भएर बोल्छन्, 'उसको धारणा के हुन्थ्यो होला। यहुदी जातिले फरक फरक युद्ध भोग्नुपरेको छ। त्यो युद्धलाई कसरी हेर्थी होला?’

उनका मनमा तमाम प्रश्नहरु खेलिरहेका छन्। 

OOO


कुराकानीको क्रम सकियो। गुप्त भवनझैं लाग्ने साँघुरो गल्लीको चिया पसलमा थियौं हामी। पिउँदै गरेका चिया पनि सकियो। अन्त्यमा, छुट्ने क्रममा खगेन्द्रले मुस्कुराउँदै भने, ‘कथा सामान्य बनाउनु है।’ 

युद्धको रापलाई नजिकबाट छिचोलेर आएका र भरखरै युद्धकथा उतारेका उनको हाँसो भने निकै असामान्य थियो। सोचेँ, ‘यदि एन बाँचेकी भए, के उनको हाँसो पनि यस्तै असामान्य हुन्थ्यो?'

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्