काठमाडौं- राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित सोमबार बिहान प्रहरीले एकजनालाई पक्राउ गर्यो। प्रहरीको फन्दामा परेका मनोज अधिकारी सुन बोकेको गाडी बा१७च ६४२७का चालक हुन्।
उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जनाए। सुराकीका आधारमा एयरपोर्टबाट आएर बिहान २ बजे क्षेत्रपाटीमा पार्किङ गरेको अवस्थामा गाडीबाट सुन बरामद गरिएको हो। गाडीमा भिआइपी लोगो टाँसेर सुन ल्याइएको भेटिएको छ। प्रहरीले सुनको मुख्य तस्करीबारे अनुसन्धान जारी राखेको जनाएको छ। गाडीबाट ८८ केजी सुन फेला पारेपछिका तस्विर यस्ता छन्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।